Back To Top

August 7, 2024

एक वर्षमा १७ हजार दुई सय ९७ पर्यटक पुगे रारा

Global Ime Bank AD

मुगु ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो रारा ताल घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।  ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा रारामा १७ हजार दुई सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् । जसमा महिला पुरुष गरेर १७ हजार, सार्क नागरिक ६० जना, बिदेशी नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेका रारा छन् ।

गत वर्ष ११ हजार पर्यटक रारा पुगेका थिए । यो वर्ष ६ हजारले वृद्धि भएको छ । रारा घुम्ने समय फागुनदेखि असार अन्तिमसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ ।  सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला, सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।

रारा आउने पर्यटक घोडा चढेर मुर्माटप, महादेव मन्दिर, लागुडा महादेव, माझघट्, मुमा गाउँसम्म पुगेर फर्किने गरेका छन् ।रारामा आएका पर्यटक घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, रारामा रहेको दुलव असला माछा अवलोकन गर्ने गरेका छन् ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य वर्णन गर्न लाएकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग जस्तो देखिन्छ ।

गत वर्षको साउन देखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुगुले जनाएको छ । सकारात्मक पक्षको साथै यस ठाँउको केही नकारात्म पक्षहरु पनि छन् जसलाई हामीले अन्देखा गर्न सक्दैनौ । कर्णाली राजमार्ग व्यवस्थित नहुदाँ ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान हनु सकेको छैन् । यसले गर्दा रारा पुग्ने पर्यटक एक पटक आईसकेपछि पुन आउन आनाकानी गर्ने गरेको पाइन्छ ।

यसको साथै, नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको पर्यटकहरुको गुनासो छ ।

 

Global Ime Bank
Prev Post

बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः ढकाल

Next Post

तीन उद्योगले तिरे बिजुलीको बक्यौता

post-bars

Leave a Comment