Back To Top

August 9, 2024

इटहरीमा चल्नेछन् विद्युतीय बस

Global Ime Bank AD
Insourance

सुनसरी ।
जनसेवालाई प्रभावकारी बनाउने र वातावरणमैत्री सार्वजनिक यातायात प्रवर्दनको सन्देश दिने गरी सुनसरीमा स्थानीय सरकारले विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले सहुलियतपूर्ण दरमा सार्वजनिक विद्युतीय बस सेवा सञ्चालन गर्न चार वटा बस खरिद गरिसकेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।“ स्थानीय नागरिकलाई यात्राका लागि सहज हुन गरी इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ,” उनले भने ।

आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना उममहानगरको छ छ करोड ३६ लाख ८६ हजारको लागतमा खरिद गरिएको ती बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएको छ ।
नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

United long banner ad
Prev Post

पुन र आचार्यलाई कारवाही रोक्दै सर्बोच्चको अन्तरिम आदेश

Next Post

प्राधिकरणको ८ वर्ष: नाफामा निरन्तर प्रगति

post-bars

Leave a Comment