Main - Greeconomy https://greeconomy.com Economy with environment Sun, 26 Apr 2026 07:59:56 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Main - Greeconomy https://greeconomy.com 32 32 जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो https://greeconomy.com/insurance-business-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=insurance-business-nepal https://greeconomy.com/insurance-business-nepal/#respond Sun, 26 Apr 2026 07:56:19 +0000 https://greeconomy.com/?p=11271 काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले […]

The post जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले बढेको हो ।अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ भित्र्याएका थिए ।

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षका भन्दा ११.६४ प्रतिशतले बढी हो ।गत आर्थिक वर्ष नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । यो कम्पनीले चैतसम्म १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ९.२० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष चैतसम्म कम्पनीले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ८.०८ प्रतिशतले बढेर १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी चैतसम्म हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५.३१ प्रतिशत बढी हो ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो ।

यसैगरी, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ (११.६७ प्रतिशत) बढी, एसियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ ( १२.११ प्रतिशत बढी) र सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ (१९.२६ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै चालु वर्षको चैतसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

३०.६१ प्रतिशतले बढ्यो प्रथम बीमा शुल्क संकलन

जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार बढेको छ । जीवन बीमा कम्पनीले चालु वर्षको चैतसम्म ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। जुन गत वर्षको तुलनामा ३०.६१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चैतसम्म कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख रुपैयाँ नयाँ व्यापार गरेका थिए । समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ ।

चालु वर्षको चैतसम्म नेपाल लाइफले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नयाँ व्यपार गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३८.४३ प्रतिशतले बढेको हो ।

The post जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/insurance-business-nepal/feed/ 0
यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/?utm_source=rss&utm_medium=rss&utm_campaign=government-creating-sattlemet-of-actual-homless https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/#respond Sat, 25 Apr 2026 07:47:26 +0000 https://greeconomy.com/?p=11266 काठमाडौं । राजधानीका नदी किनारका बहुमूल्य सरकारी तथा सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउने तयारी सरकारले तीव्र बनाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती लक्षित गर्दै अभियान अघि बढाइएको हो। सरकारले यसपटक सार्वजनिक जग्गा फिर्ता लिनु मात्र नभई ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने मुख्य उद्देश्यसहित काम अघि बढाएको जनाएको छ। […]

The post यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन first appeared on Greeconomy.

]]>

काठमाडौं ।

राजधानीका नदी किनारका बहुमूल्य सरकारी तथा सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउने तयारी सरकारले तीव्र बनाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती लक्षित गर्दै अभियान अघि बढाइएको हो।

सरकारले यसपटक सार्वजनिक जग्गा फिर्ता लिनु मात्र नभई ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने मुख्य उद्देश्यसहित काम अघि बढाएको जनाएको छ। यसका लागि भावनात्मक आधारभन्दा तथ्य र लगत (डाटा) का आधारमा स्थायी समाधान खोज्ने रणनीति लिइएको छ।

बागमती सभ्यता लगायतका निकायले संकलन गरेको लगतअनुसार बस्तीमा बसोबास गर्ने धेरै व्यक्तिको अन्यत्र घरजग्गा रहेको पुष्टि भइसकेको छ। सोही आधारमा सरकारले अन्यत्र सम्पत्ति भएका तर सुकुम्वासीको नाममा सार्वजनिक जग्गा कब्जा गर्ने ‘नक्कली’ पात्रलाई कुनै पनि हालतमा विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

अब प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर विस्तृत प्रोफाइल तयार पारिनेछ। यसले वास्तविक भूमिहीन र ‘हुनेखाने’ बीच स्पष्ट छुट्याउन सहयोग पुग्ने सरकारी विश्वास छ।

यता, कतै पनि जायजेथा नभएका वास्तविक भूमिहीन सुकुम्वासीका लागि भने सरकारले मानवीय आधारमा तत्काल पुनर्स्थापनाका लागि पाँच सुरक्षित विकल्प तय गरेको छ। नागार्जुन (इचङ्गु) मा ४२ वटा व्यवस्थित आवास युनिट, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवन, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, तथा खरीपाटी र चाँदबागका सरकारी भवन र खाली जग्गामा बसोबासको व्यवस्था मिलाइने भएको छ।

बस्ती हटाउने कार्यसँगै सरकारले ‘साइट’मै आवश्यक राहत र व्यवस्थापनसमेत सुरु गरेको छ। स्थानान्तरण हुनेहरूका लागि आज र भोलि प्याकेटमा खाना उपलब्ध गराइनेछ भने पुनर्स्थापनाका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ।

सरकारका अनुसार यी संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्वासी व्यवस्थापनका लागि पूर्ण रूपमा उपयोगमा ल्याइनेछ।

The post यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/feed/ 0
सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा https://greeconomy.com/11256-2/?utm_source=rss&utm_medium=rss&utm_campaign=11256-2 https://greeconomy.com/11256-2/#respond Mon, 20 Apr 2026 09:14:58 +0000 https://greeconomy.com/?p=11256 काठमाडौँ । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । विभागका अनुसार अब […]

The post सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।
सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।

विभागका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ । यसअन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउन सक्नेछन् । साथै, ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले सबै नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्नेछन् ।

वेबसाइटमा राखिएका सबै महत्वपूर्ण तस्वीर, लोगो, चिह्न तथा सेवा सम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ राखिएको विभागले जनाएको छ । जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ । त्यस्तै, फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी तयार पारिएको छ ।
सर्च, सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई सजिलै प्रयोग गर्न मद्दत पु¥याउने विभागले जनाएको छ । त्यस्तै, किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य संकेतहरू पनि समावेश गरिएको छ ।

यसैगरी, फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने गरी व्यवस्था गरिएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै देखिने परिवर्तन नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने विभागको भनाइ छ ।
यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास गरिएको महानिर्देशक साहले बताउनुभयो । साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

The post सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/11256-2/feed/ 0
ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन https://greeconomy.com/32-point-directive-by-birajbhakta/?utm_source=rss&utm_medium=rss&utm_campaign=32-point-directive-by-birajbhakta https://greeconomy.com/32-point-directive-by-birajbhakta/#respond Fri, 17 Apr 2026 05:14:08 +0000 https://greeconomy.com/?p=11246 काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ मातहतका निकायलाई समयसीमा सहित निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले विद्युत् बजारको सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका लागि बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी गरेका हुन् । कार्ययोजना अनुसारका काम तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकिएको छ […]

The post ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन first appeared on Greeconomy.

]]>
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ मातहतका निकायलाई समयसीमा सहित निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले विद्युत् बजारको सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका लागि बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी गरेका हुन् ।

कार्ययोजना अनुसारका काम तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकिएको छ । साथै नियमितरूपमा सघन अनुगमनसमेत गरिने मन्त्री श्रेष्ठले बताएका छन् ।

‘लामो गृहकार्य, सरोकार पक्षहरूसँगको घनिभूत छलफलपछि जलस्रोत तथा ऊर्जा क्षेत्रको सुदृढीकरण गर्न यो निर्देशन जारी भएको छ,’ उनले भने, ‘यसकै आधारमा अब हाम्रा नीति, योजना र कार्यक्रमको मार्गचित्र निर्माण हुने भएकाले समयसीमाभित्रै काम पूरा गर्न मातहतका निकाय तथा कर्मचारीलाई निर्देशन पनि दिन्छु ।’

निर्देशनअनुसार विद्युत् क्षेत्र सुधारतर्फ, विद्युत् नियमन आयोगलाई ‘ओपन एक्सेस’ प्रणाली कार्यान्वयनका लागि ३० दिनभित्र आवश्यक ‘ह्विलिङ चार्ज’ निर्धारण गर्न भनिएको छ । यसले निजी तथा सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धात्मक विद्युत् कारोबारको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

साथै, सोही अवधिभित्र जलाशय तथा पम्प–जलाशय आयोजनाका लागि मौसमी र उच्च माग (पिक डिमान्ड)का आधारमा फरक महसुल संरचना तयार पार्न निर्देशन दिइएको छ । यसले विद्युत् उत्पादन र खपत व्यवस्थापनलाई सन्तुलित बनाउने अपेक्षा छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणलाई हालसम्मका सबै विद्युत् खरिद सम्झौता (पिपिए) विवादहरूको सूची र समाधानका विकल्पसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । विद्यमान पिपिएमध्ये सञ्चालनमा रहेका, ढिलाइ भएका र जोखिममा रहेका आयोजनामा वर्गीकरण गरी स्पष्ट अवस्थासहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

यस निर्णयले लगानीकर्ताको विश्वास बढाउने र अवरुद्ध आयोजनाहरूको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जलाशय आयोजनाहरूमा निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले यस्ता आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्ने गरी नीति ल्याइने भएको छ ।

विद्युत् नियमन आयोग, विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) लाई कार्यसम्पादन, जिम्मेवारीमा रहेको दोहोरोपन र सुधारका आवश्यक पक्षहरू पहिचान गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसैगरी, विद्युत् विकास विभागलाई ६० दिनभित्र देशभरका सबै जलविद्युत् आयोजनाका सर्वेक्षण तथा निर्माण अनुमतिपत्रहरूको विस्तृत विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ । यसमा अनुमतिपत्र जारी मिति, प्रगति, कोसेढुंगा र अनुपालन अवस्था समावेश हुनेछ । नियम पालना नगर्ने कम्पनीहरूलाई ‘क्योर नोटिस’ जारी गर्ने र समीक्षा नगरी नयाँ अनुमतिपत्र जारी नगरिने व्यवस्था गरिएको छ ।

सार्वजनिक रूपमा पहुँचयोग्य ‘लाइसेन्स पर्फर्मेन्स ड्यासबोर्ड’ स्थापना गरी मासिक अद्यावधिक गर्ने योजना पनि अघि सारिएको छ । नयाँ जलविद्युत् आयोजना अघि बढाउँदा ‘ग्रिड इभ्याकुएसन’ अर्थात् उत्पादित विद्युत् प्रसारण गर्न सक्ने पूर्वाधारलाई अनिवार्य पूर्वशर्त बनाइएको छ ।

अब प्राधिकरण र आरपिजिसिएलले आवश्यक प्रसारण लाइन र सबस्टेसनको क्षमता सुनिश्चित गरेपछि मात्र नयाँ निर्माण अनुमतिपत्र जारी गर्नुपर्ने छ ।

आर्थिक पारदर्शितातर्फ, विद्युत् रोयल्टी सङ्कलन र वितरण प्रक्रियाको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नुपर्ने छ । यसबाट प्रदेश र स्थानीय तहलाई कानुनअनुसार प्राप्त हुने हिस्सा सही रूपमा हस्तान्तरण भए÷नभएको पनि यकिन हुनेछ ।

ऊर्जा क्षेत्रको नयाँ आयामका रूपमा ‘कार्बन रेभिन्यु युनिट’ स्थापना गरिने भएको छ, यसले कार्बन व्यापारसम्बन्धी परियोजनाको दर्ता, प्रमाणीकरण र लाभ बाँडफाँटको मापदण्ड तयार गर्नुपर्ने छ । साथै साना आयोजनाहरूको लागत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

आन्तरिक विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा राष्ट्रिय माग तथा खपत योजना तयार गर्नेछन् । नेपाल पावर ट्रेडिङ कम्पनीलाई पूर्ण रूपमा सक्रिय बनाउँदै दीर्घकालीन विद्युत् निर्यात मार्गचित्र तयार गरिने छ ।

नवीन प्रविधि प्रयोगलाई प्राथमिकता दिँदै चाैबीसै घण्टा सञ्चालन हुने ‘एआई च्याटबोट’ मार्फत उपभोक्ताका गुनासा र विद्युत् अवरोधसम्बन्धी समस्या समाधान गर्ने व्यवस्था गरिनेछ ।

‘ग्रीन हाइड्रोजन’ पाइलट परियोजना अघि बढाई अनुसन्धान तथा विकासलाई प्रोत्साहन गरिने भएको छ ।

निर्देशन अनुसार नदी प्रवाहमा हुने परिवर्तनलाई समेटेर ‘हाइड्रोलोजिकल सिरिज’ तयार गरिने र त्यसले विद्युत् उत्पादनमा पार्ने असर अनुसार जरिवाना प्रणाली पुनरावलोकन गरिने छ ।

जलस्रोत व्यवस्थापनतर्फ नदी बेसिन गुरुयोजना कार्यान्वयन, अन्तर्देशीय जलस्रोत एकाइ स्थापना, प्रमाणित जल तथा मौसमसम्बन्धी तथ्याङ्क प्रणाली विकास तथा भूमिगत जल अनुगमन कार्यक्रम सञ्चालन गरिने छ । विशेष गरी तराई क्षेत्रमा डिजिटल निगरानी प्रणालीसहित भूमिगत जल व्यवस्थापनलाई सुदृढ बनाइने भएको छ ।

सिँचाइ क्षेत्रतर्फ, बबई, भेरी–बबई डाइभर्सन र सिक्टा जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न विशेष जोड दिइएको छ । महाकाली सिँचाइ आयोजनाका लागि भारतसँग कूटनीतिक पहल तीव्र पारिने छ भने सुनकोसी–मरिण आयोजना पुनः ठेक्का प्रक्रियामार्फत अघि बढाइने भएको छ ।

सिँचाइ प्रणालीलाई दिगो बनाउन ‘सिँचाइ सेवा शुल्क’ लागु गर्ने, कृषि–सिँचाइ–उद्योग एकीकृत योजना कार्यान्वयन गर्ने तथा तराई–मधेस क्षेत्रका लागि खडेरी प्रतिरोधी रणनीति तयार गर्ने व्यवस्था गरिने भएको छ ।

The post ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/32-point-directive-by-birajbhakta/feed/ 0
राष्ट्रिय आर्थिक गणनाको तथ्यांक संकलन सुरु https://greeconomy.com/economic-survey-stared/?utm_source=rss&utm_medium=rss&utm_campaign=economic-survey-stared https://greeconomy.com/economic-survey-stared/#respond Thu, 16 Apr 2026 03:53:51 +0000 https://greeconomy.com/?p=11241 काठमाडौं । ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न राष्ट्रिय आर्थिक गणना गर्न लागिएको हो । स्थलगत गणना २ वैशाख २०८३ […]

The post राष्ट्रिय आर्थिक गणनाको तथ्यांक संकलन सुरु first appeared on Greeconomy.

]]>
काठमाडौं । ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न राष्ट्रिय आर्थिक गणना गर्न लागिएको हो ।

स्थलगत गणना २ वैशाख २०८३ देखि ७ असार २०८३ सम्म चल्ने छ । यो दोस्रो राष्ट्रिय आर्थिक गणना हो । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रम समावेश गरेको थियो । यसबीच कार्यालयले दुई दर्जन संघसंस्थासँग अन्तर्क्रिया गरी आर्थिक गणना सहजीकरण गर्न आग्रह गरेको थियो ।

कार्यालयले आर्थिक गणना प्रयोजनका लागि १ चैत २०८२ देखि ३० असार २०८३ सम्म रहने गरी जिल्ला स्तरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

आर्थिक गणनाबाट प्राप्त विवरणका आधारमा आव २०८३/८४  सुरुदेखि नै तथ्यांक प्रशोधन र विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने तयारी कार्यालयको छ ।

कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण संकलन हुँदैछन् ।

किन गरिन्छ आर्थिक गणना ?

राष्ट्रिय तथ्या‌ंक कार्यालयले देशको आर्थिक संरचना बुझ्न, रोजगारीको अवस्था थाहा पाउन र भविष्यका आर्थिक योजनाहरू बनाउन आर्थिक गणना गर्न लागेको जनाएको छ ।

यस गणनाले देशभरिका सबै उद्योग, व्यापार, सेवा क्षेत्र र साना–ठूला व्यवसायको विवरण संकलन गर्ने कार्यालयले जनाएको छ । देशभरिका उद्यमी तथा व्यवसायीले दिएको तथ्यांकले नै देशको समृद्धिको बाटो तय गर्ने हुनाले सही र पूर्ण विवरण उपलब्ध गराउन कार्यालयले सबैलाई अनुरोध पनि गरेको छ ।

 

गणनामा संकलन हुने व्यक्तिगत वा व्यावसायिक विवरणहरू तथ्यांक ऐन २०७० अनुसार पूर्णरूपमा गोप्य रहने र त्यसलाई केवल योजना तर्जुमा र सांख्यिकीय प्रयोजनका लागिमात्र प्रयोग गरिने पनि कार्यालयले जनाएको छ । आर्थिक गणना तथ्यांकले नीतिनिर्माता, लगानीकर्ता र समुदायलाई तथ्यांकमा आधारित निर्णय गर्न मद्दत गर्ने कार्यालयको भनाइ छ ।

गणनाका आधारमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमान अझ सुदृढ हुने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्यांक उत्पादन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीतिमार्फत लिएका लक्ष्य मापनमा सहयोग गर्ने उद्देश्य समेत राखिएको छ ।

राज्यले लिने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण समेत यस गणनाका माध्यमबाट प्राप्त हुनेछन् ।

The post राष्ट्रिय आर्थिक गणनाको तथ्यांक संकलन सुरु first appeared on Greeconomy.

]]>
https://greeconomy.com/economic-survey-stared/feed/ 0
मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स https://greeconomy.com/rutten-dry-fruits-by-bagmati-sweets/?utm_source=rss&utm_medium=rss&utm_campaign=rutten-dry-fruits-by-bagmati-sweets https://greeconomy.com/rutten-dry-fruits-by-bagmati-sweets/#respond Wed, 15 Apr 2026 04:44:17 +0000 https://greeconomy.com/?p=11235 काठमाडौँ । गत आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई निम्त्याइयो । कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीलाई खाजाको प्याकेट वितरण गरियो । मन्त्री चौधरीलाई पनि खाजा उपलब्ध गराइयो तर जब मन्त्री चौधरीको खाजाको प्याकेट खोल्दा मन्त्री नै चकित परिन […]

The post मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स first appeared on Greeconomy.

]]>
काठमाडौँ । गत आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई निम्त्याइयो ।

कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीलाई खाजाको प्याकेट वितरण गरियो । मन्त्री चौधरीलाई पनि खाजा उपलब्ध गराइयो तर जब मन्त्री चौधरीको खाजाको प्याकेट खोल्दा मन्त्री नै चकित परिन । नजिकै बबरमहलमा रहेको बागमती स्विट्स प्रालिबाट खरिद गरी ल्याइएको थियो खाजाका प्याकेट । मन्त्री चौधरीकै प्याकेटमा रहेको ड्राइफ्रुट्समा किरा भेटियो ।

मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सो मिठाई पसलमा अनुगमन गर्न निर्देशन दिइन । खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त टोलीले विशेष अनुगमन ग¥यो । अनुगमनका क्रममा उक्त स्विट्स प्रालिले मिठाई उत्पादन गर्दा लापर्बाही गरेको पाइएपछि उत्पादन र बिक्रीवितरणमा तत्कालका लागि रोक लगाएको छ ।

विभागका अनुसार अनुगमनका क्रममा बागमती स्विट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइको अवस्था सन्तोषजनक नपाइएको र कीट नियन्त्रणको व्यवस्थापन पनि फितलो रहेको पाइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २0८१ बमोजिम विभागले अर्को आदेश नभएसम्मका लागि उक्त कारखाना उत्पादनबाट हुने सम्पूर्ण उत्पादन र बिक्रीवितरण रोक लगाएको छ ।

अनुगमन टोलीले बजार पठाउन प्याकिङ गरेका प्याकेटमा किरा फेला परेको ठुलो परिणामको बदाम जफत गरी नष्ट गरेको जनाएको छ । विभागको अनुगमन टोलीले बागमती स्विट्सलाई आफ्ना सबै कैफियत सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

The post मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स first appeared on Greeconomy.

]]>
https://greeconomy.com/rutten-dry-fruits-by-bagmati-sweets/feed/ 0
एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन https://greeconomy.com/ipo-apolo-hydropower/?utm_source=rss&utm_medium=rss&utm_campaign=ipo-apolo-hydropower https://greeconomy.com/ipo-apolo-hydropower/#respond Wed, 15 Apr 2026 04:35:00 +0000 https://greeconomy.com/?p=11233 काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा […]

The post एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन first appeared on Greeconomy.

]]>
काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले यसअघि स्थानीय बासिन्दाका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ। त्यस्तै सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर पनि छुट्याइएको छ।

हाल कम्पनीले बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल मूल्य ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबर हुन्छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना करिब १ अर्ब ३७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष तथा छुटदर (डिस्काउन्ट) सहितको अवधि १६.४३ वर्ष रहेको छ।

आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

The post एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ipo-apolo-hydropower/feed/ 0
स्वर्णीमको साता: कति निर्णय कति बाचा? https://greeconomy.com/swarnim-wagle-weekly-review/?utm_source=rss&utm_medium=rss&utm_campaign=swarnim-wagle-weekly-review https://greeconomy.com/swarnim-wagle-weekly-review/#respond Sun, 05 Apr 2026 05:22:13 +0000 https://greeconomy.com/?p=11222 काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेको एक साताभित्रै अर्थतन्त्रमा संरचनागत सुधारको स्पष्ट खाका र कार्यशैलीमा परिवर्तनको संकेत दिएका छन् । चैत्र १३ गते शुक्रबार शपथ ग्रहण गरी मन्त्रालय सम्हाल्नुभएका डा. वाग्लेले यो अवधिमा नीतिगत निर्णय, प्रशासनिक सुधार, निजी क्षेत्रसँगको सहकार्य र आगामी वर्षको बजेट तयारीलाई तीव्र बनाएका हुन् । मन्त्रालयमा कार्यभार […]

The post स्वर्णीमको साता: कति निर्णय कति बाचा? first appeared on Greeconomy.

]]>
काठमाडौं ।

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेको एक साताभित्रै अर्थतन्त्रमा संरचनागत सुधारको स्पष्ट खाका र कार्यशैलीमा परिवर्तनको संकेत दिएका छन् । चैत्र १३ गते शुक्रबार शपथ ग्रहण गरी मन्त्रालय सम्हाल्नुभएका डा. वाग्लेले यो अवधिमा नीतिगत निर्णय, प्रशासनिक सुधार, निजी क्षेत्रसँगको सहकार्य र आगामी वर्षको बजेट तयारीलाई तीव्र बनाएका हुन् ।

मन्त्रालयमा कार्यभार सम्हाल्ने बित्तिकै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक गर्ने र सुधारका लागि तीनवटा नीतिगत निर्णय गरे । उनले आर्थिक स्थितिपत्र र कार्ययोजना सार्वजनिक गर्ने योजनाअनुसार चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने निर्णय गरे । यसैगरी निर्वाचनका वाचा पूरा गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना निर्माण गर्ने निर्णय गरेका थिए ।

साथै ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१’ को सिफारिसका आधारमा राजस्व अनुसन्धान विभाग लगायत १५ वटा पुराना र असान्दर्भिक ऐनहरू खारेजीको प्रक्रिया अघि बढाउने निर्णय उनको थियो । साथै निजी क्षेत्रको सुरक्षा, उद्यम प्रवर्द्धन र ठूला आयोजना सहजीकरणका लागि नयाँ विधेयक ल्याउने वा विद्यमान कानून संशोधनको प्राथमिकता तय गर्ने निर्णय उनले गरेका थिए ।

प्रशासनिक क्षेत्रमा राजनीतिक दबाब अन्त्य गर्ने संकेत दिँदै अर्थमन्त्री वाग्लेले ३० जना उपसचिवहरूको मेरिट (योग्यता) का आधारमा पदस्थापन गरे । नियमित बढुवा भएका राजस्व समूहका यी अधिकृतहरूलाई उनीहरूको दक्षता र योग्यताका आधारमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

एक साताको अवधिमा अर्थमन्त्रीले मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण ६ वटा महाशाखा, २ विभाग, २ कार्यालय र एक प्राधिकरणको विस्तृत ब्रिफिङ लिए । उनले बजेट कार्यान्वयन, राजस्वव संकलनको अवस्था र राजस्व चुहावट नियन्त्रणका उपायबारे कर्मचारीहरूसँग छलफल गरे । ब्रिफिङ लिने निकायहरूमा बजेट महाशाखा, भन्सार विभाग, आन्तरिक राजश्व विभाग र नेपाल बीमा प्राधिकरण लगायत रहेका छन् ।

राजस्व लक्ष्य भन्दा न्यून संकलन भइरहेको अवस्थालाई मध्यनजर गर्दै मन्त्री वाग्लेले उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक मार्फत सुरक्षा निकाय र प्रशासनलाई सक्रिय हुन निर्देशन दिएका छन् । उनले सेवाग्राहीलाई अनावश्यक हैरानी नदिई, तर कडाइका साथ राजस्व संकलन गर्न र तोकिएको लक्ष्यभन्दा बढी उठाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

अर्थतन्त्रमा शिथिलता छाएको बेला निजी क्षेत्रको मनोबल बढाउन मन्त्री वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरे । सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिमा स्पष्ट रहेको भन्दै उनले व्यवसायीहरूलाई ढुक्क भएर लगानी बढाउन र रोजगारी सिर्जना गर्न आग्रह गरे । अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि गृहकार्य सुरु गरिसकेका छन् । सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरिएको छ । यसका साथै उनले एक साताभित्रै मन्त्रिस्तरीय तीन दर्जन बढी निर्णयहरू गरेका छन् ।

बजेट निर्माणमा सरोकारवालाको सुझाव समेट्न मन्त्री वाग्ले शुक्रबार देशकै ठूलो भन्सार नाका वीरगन्ज पुगे । त्यहाँ उनले वीरगन्ज एकीकृत भन्सार जाँचपास केन्द्र (आईसीपी), आन्तरिक राजस्व कार्यालय पर्सा र बाराको निरीक्षण गरे । साथै, वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्रियामा सहभागी भई आगामी बजेटका लागि स्थानीय उद्योगी व्यवसायीका सुझावहरू संकलन गरे ।

The post स्वर्णीमको साता: कति निर्णय कति बाचा? first appeared on Greeconomy.

]]>
https://greeconomy.com/swarnim-wagle-weekly-review/feed/ 0
शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ https://greeconomy.com/sankarlal-agrawal-arrested/?utm_source=rss&utm_medium=rss&utm_campaign=sankarlal-agrawal-arrested https://greeconomy.com/sankarlal-agrawal-arrested/#respond Sat, 04 Apr 2026 06:46:26 +0000 https://greeconomy.com/?p=11217 काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको बताइएको छ । दीपक भट्टका […]

The post शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ first appeared on Greeconomy.

]]>

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको बताइएको छ ।

दीपक भट्टका व्यावसायिक साझेदार शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवालपनि  भैरहवाबाट पक्राउ परेका छन्। भट्टसँग आवद्ध शंकर समूहका चेयरम्यान शंकर अग्रवाल शुक्रबार पक्राउ परेसँगै उक्त समूहका भाइस चेयरम्यान सुलभ अग्रवाल पनि पक्राउ परेका हुन्। सुलभ शंकर अग्रवालका छोरा हुन् ।

भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदारमाथि पनि धरपकड सुरु भएको हो । शंकर अग्रवालपछि प्रहरीले सुलभको खोजी गरेका थिए । प्रहरीले खोजी गर्दै गर्दा सुलभ भारत पुगेको जानकारी पाएका थिए । उच्च प्रहरी अधिकारीका अनुसार सुलभको व्हाट्सअपमा फोन गरेर नेपाली सीमामा बोलाइएको थियो । भैरहवामा आइपुगेपछि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीको भनाई छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई पक्राउ गरेको हो। भट्टसँगको सम्बन्धको आधारमा उनलाई पक्राउ गरिएको हो । भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप अघि बढाएको प्रहरीको भनाई छ ।

 

The post शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/sankarlal-agrawal-arrested/feed/ 0
७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा https://greeconomy.com/margin-landing-captured-by-high-profile/?utm_source=rss&utm_medium=rss&utm_campaign=margin-landing-captured-by-high-profile https://greeconomy.com/margin-landing-captured-by-high-profile/#respond Fri, 03 Apr 2026 10:35:26 +0000 https://greeconomy.com/?p=11213 काठमाडौँ ।  सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा जाने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा भने वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार सेयर कर्जा प्रवाह १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बजारमा तरलता सहज हुँदै गएका कारण कर्जा प्रवाह बढे पनि यसको […]

The post ७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा first appeared on Greeconomy.

]]>
काठमाडौँ ।  सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा जाने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा भने वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार सेयर कर्जा प्रवाह १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

बजारमा तरलता सहज हुँदै गएका कारण कर्जा प्रवाह बढे पनि यसको ठुलो हिस्सा अझै पनि सीमित ठुला लगानीकर्ताहरूकै नियन्त्रणमा रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा बैंकहरूले थप १५ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्। यो गत असार मसान्तको तुलनामा ११.१ प्रतिशतको वृद्धि हो ।

कर्जाको सीमा कुल रकम (फागुन मसान्त) वृद्धिदर (८ महिनामा) हिस्सा (%)
१ करोडमाथि (ठुला) रु. १ खर्ब ९ अर्ब ६४ करोड १०.८% ७०.१६%
५० लाख – १ करोड रु. १८ अर्ब ८१ करोड १७.४% १२.०३%
२५ लाख – ५० लाख रु. १९ अर्ब ०६ करोड ९.६% १२.२०%
२५ लाख मुनि (साना) रु. ८ अर्ब ७५ करोड ७.१% ५.६१%

 

तथ्याङ्क अनुसार कुल सेयर कर्जाको ७० प्रतिशतभन्दा बढी हिस्सा १ करोड रुपैयाँभन्दा बढी ऋण लिने ठुला लगानीकर्ताले ओगटेका छन् । बजार जतिसुकै घटे पनि ‘हाइ नेटवर्थ’ भएका घराना र संस्थागत लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्ने क्रम नरोकेको यसले पुष्टि गर्छ ।

अर्कोतर्फ, करिब ७० लाख हितग्राही खाता रहेको बजारमा साना लगानीकर्ताको पहुँच भने निकै कमजोर देखिएको छ । २५ लाखभन्दा कम ऋण लिने साना लगानीकर्ताको हिस्सा कुल कर्जामा जम्मा ५.६ प्रतिशत मात्र छ ।

यो वर्षको रोचक पक्ष भनेको ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा लिने मध्यम वर्गीय लगानीकर्ताको सङ्ख्यामा १७.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यसले बजारमा मध्यम स्तरका लगानीकर्ताहरू बिस्तारै आक्रामक बन्दै गएको संकेत गर्छ ।

The post ७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/margin-landing-captured-by-high-profile/feed/ 0