२९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टीमेटम

प्राधिकरणले इन्टरनेट तथा अन्य दूरसञ्चार सेवा प्रयोग गर्ने उपभोक्तालाई सेवा प्रदायकको अनुमतिपत्रको अवस्था यकिन गरेर मात्रै सेवा लिन आग्रह गरेको छ

Continue Reading

दुई पूर्वमन्त्रीसहित ६ उच्च अधिकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ

काठमाडौं ३ मंसिर। वैदेशिक रोजगारका नाममा करोडौं रुपैयाँ ठगी तथा संगठित अपराध गरेको कसुरमा नेपाल सरकारका पूर्वमन्त्री तथा उच्च अधिकारीहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने कामदारसँग जोडिएको करोडौं रकम अपचलन तथा गैरकानूनी असुली प्रकरणमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जनालाई पक्राउ गरेको हो। सीआईबीले आज एक […]

Continue Reading

ऊर्जामा आधारित अर्थतन्त्रका लागि विश्व बैंकसँग छलफल

काठमाडाै ०२ मंसिर , ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन । विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षाका […]

Continue Reading

टेलिफोन सुविधाबाट काेही वञ्चित नहुने सञ्चारमन्त्रीकाे दाबी

काठमाडौँ, २ मङ्सिर : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताएका छन ।सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालयमा पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा […]

Continue Reading

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं , २ मङ्सिर। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) डे अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न अनुमति दिएको हो । यससँगै दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न सकिने अनुमतिप्राप्त भएको […]

Continue Reading

नबिल बन्याे नवौँ पटक सर्वाधिक आयकरदाता बैंक

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।

Continue Reading

सूर्य नेपाल उत्कृष्ट करदाता , व्यक्तिगतमा राजबहादुर उत्कृष्ट

काठमाडौँ १ मंसिर। सरकारले पन्ध्रौँ राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा उत्कृष्ट करदाता व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको हो। सरकारले व्यक्तिगततर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालिलाई उत्कृष्ट करदाताका रूपमा […]

Continue Reading

उपत्यकामा परीक्षणबिनाको मासु बिक्रीमा रोक

काठमाडाै, १ ‍म‌‌‌‌‌‍सिर समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ लाई सरकारले आगामी काठमाडौं उपत्यकामा कडाइका साथ कार्यान्वयनमा ल्याउन लागेको हो । रोगी र मरेका पशुपन्छी (खसी, बोका, भेडा, च्याङ्ग्रा, सुँगुर, बंगुर, भैंसी, बँदेल, खरायो, कुखुरा, हाँस) को मासु बिक्री गर्न नपाइने व्यवस्था गर्दै सरकारले पहिलो चरणमा आजदेखि उपत्यकाका सम्पूर्ण स्थानीय […]

Continue Reading

सञ्चयकोषले ल्यायो अटाे लाेन

काठमाडौ, १ मङ्सिर। कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारी साधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ । कोषमा कम्तिमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाँग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ । कोषका प्रशासक विजयराज श्रेष्ठले कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार […]

Continue Reading

साञ्जेन जलविद्युत् कम्पनीलाइ डेढ महिनामै ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी

काठमाडाै २९ कार्तिक । गत भदौ १० गते आएको बाढीले चिलिमे हब र त्रिशूली-३ बी हबका प्रसारण संरचना बगाएपछि विद्युत् उत्पादन ठप्प भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले करिब डेढ महिनाकै अवधिमा ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। भदौ १० देखि असोज मसान्तसम्म उत्पादन बन्द हुँदा विद्युत् बिक्रीबाट हुने आम्दानी प्रभावित भए पनि बैंक […]

Continue Reading