साञ्जेन जलविद्युत् कम्पनीलाइ डेढ महिनामै ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी

अर्थतन्त्र ताजा समाचार मुख्य समाचार

काठमाडाै २९ कार्तिक । गत भदौ १० गते आएको बाढीले चिलिमे हब र त्रिशूली-३ बी हबका प्रसारण संरचना बगाएपछि विद्युत् उत्पादन ठप्प भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले करिब डेढ महिनाकै अवधिमा ७ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

भदौ १० देखि असोज मसान्तसम्म उत्पादन बन्द हुँदा विद्युत् बिक्रीबाट हुने आम्दानी प्रभावित भए पनि बैंक ऋणको ब्याज तथा अन्य वित्तीय दायित्व यथावत् रहँदा कम्पनी नाफाबाट घाटामा पुगेको हो।आयोजनाका उत्पादन संरचनामा प्रत्यक्ष क्षति नपुगे पनि प्रसारण पूर्वाधार अवरुद्ध हुँदा विद्युत् उत्पादन तथा बिक्री प्रभावित भएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिमा १५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। तर यस वर्षको पहिलो त्रैमासिकमा कम्पनीले ७ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो त्रैमासिकमा पनि कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियाे ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विद्युत् बिक्रीबाट २५ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। यसमध्ये साञ्जेन जलविद्युत् आयोजनाबाट १९ करोड ४ लाख रुपैयाँ र माथिल्लो साञ्जेनबाट ६ करोड ८४ लाख रुपैयाँ आम्दानी भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले विद्युत् बिक्रीबाट ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्षको पहिलो त्रैमासिकमा यस्तो आम्दानी ५३.६ प्रतिशतले घटेको छ।

कम्पनीले विद्युत् बिक्रीबाट २१ करोड ९६ लाख रुपैयाँ कुल मुनाफा कमाएको छ। कर्मचारी सुविधा, सञ्चालन तथा प्रशासनिक खर्च र सम्पत्तिको मूल्यह्रास कटाउँदा सञ्चालन मुनाफा ६ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ