काठमाडाै, १ मसिर समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ लाई सरकारले आगामी काठमाडौं उपत्यकामा कडाइका साथ कार्यान्वयनमा ल्याउन लागेको हो । रोगी र मरेका पशुपन्छी (खसी, बोका, भेडा, च्याङ्ग्रा, सुँगुर, बंगुर, भैंसी, बँदेल, खरायो, कुखुरा, हाँस) को मासु बिक्री गर्न नपाइने व्यवस्था गर्दै सरकारले पहिलो चरणमा आजदेखि उपत्यकाका सम्पूर्ण स्थानीय तहमा यो ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन लागेको हो ।
सरकारले भदौं १ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ । उपत्यकाको जनघनत्व र मासुको अत्यधिक खपत मध्यनजर गर्दै पहिलो चरणमा उपत्यकाका दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका गरी २१ वटै स्थानीय तहमा सुरु हुने पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताए ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय गर्न सहसचिवस्तरको उच्चस्तरीय संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।
साथै, काठमाडौँ र ललितपुरमा तीन–तीन जना तथा भक्तपुरमा दुई जना सहसचिवले यसको संयोजन गरिरहेको र ३ जिल्लामा २४० जना दक्ष मासु निरिक्षक पनि परिचालन गर्न लागेको उनले बताए ।
उनका अनुसार, स्वास्थ्य जाँच र पसलमा बिक्री हुनु अघिको मासुको निरीक्षणसम्मको प्रक्रियालाई नियमन गर्नका लागि उपत्यकामा २५ जना सुपरिवेक्षक परिचालन गरिने तयारी भएको छ । त्यस्तै स्थलगत अनुगमन तथा प्राविधिक सहजीकरणका लागि वरिष्ठ पशु चिकित्सकहरूको नेतृत्वमा १२ वटा विशेष ‘कार्यदल’ समेत गठन गरेर काम थालिसकेको महानिर्देशक दाहालको भनाई छ ।
ऐन कार्यान्वयनसँगै अब जथाभावी रूपमा पशुपन्छी काट्न पाइने छैन । सरकारले तोकेका निश्चित वधस्थलमा मात्र पशु वध गर्नुपर्ने व्यवस्था लागू हुनेछ । उपत्यकामा सुविधासम्पन्न र आधुनिक वधशालाको पर्याप्त अभाव रहे पनि ऐन कार्यान्वयन नरोकिने विभागले जनाएको छ । आधुनिक वधशाला निर्माण नभएसम्मका लागि मासु सुपरिवेक्षकले तोकेका निश्चित स्थानमा पशु वध गर्न सकिने व्यवस्था मिलाइनेछ ।
यसका लागि स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका वधस्थलको पहिचान तथा व्यवस्थापन गर्नुपर्नेछ । पशु वधस्थलमा सरसफाइ, पानीको व्यवस्था, फोहोर व्यवस्थापन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भए÷नभएको विषयमा समेत अनुगमन गरिनेछ ।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad