सञ्चयकोषले ल्यायो अटाे लाेन

अर्थतन्त्र खेलकुद ताजा समाचार धेरै पढिएका समाचार पठन मुख्य समाचार

काठमाडौ, १ मङ्सिर। कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारी साधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ । कोषमा कम्तिमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाँग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ ।

कोषका प्रशासक विजयराज श्रेष्ठले कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार सुविधा दिने र सञ्चयकोषको लगानीलाई विस्तारित गर्ने योजना अनुसार यस्तो सापटी योजना ल्याइएको हाे। यस्तो सापटी प्रदान गर्न सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली २०८२ स्वीकृत भइसकेको छ । सेही विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले अब स्कुटर,मोटरसाइकल तथा कार खरिद गर्न ऋण सुविधा पाउने छन् । विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले नयाँमात्र नभई प्रयोगमा रहिरहेका(सेकेण्ड ह्याण्ड) गाडी पनि खरिद गर्न पाउनेछन् ।

अधिकतम ४५ लाख रुपियाँसम्म लिन पाइने यो सापटी सुविधाका लागि चालु आर्थिक वर्षका लागि ६.६ प्रतिशत व्याजदर निर्धारण गरिएकोे सञ्चयकर्ता कर्जा विभागका प्रमुख पवन देउजाले बताए ।उनका अनुसार हाललाई यो सुविधा कोषको लगनखेल कार्यालयबाट मात्र उपलब्ध गराइएको छ । मासिक किस्ताबन्दी योजना हुने सो कार्यक्रमका लागि नयाँ गाडीको सात वर्ष र पुरानोका लागि ५ वर्षे सापटी सुविधा उपलब्ध हुनेछ।

नयाँ गाडी खरिद गर्दा सोही गाडी धितोका रुपमा रहने भए पनि सेकेण्ड ह्याण्डका लागि भने घर वा जग्गा समेत धितो राख्नु पर्ने व्यवस्था गरिएको छ । २ हजार रुपियाँ सेवा सुल्क लाग्ने यो सापटी योजनाअन्तरगत खरिद गरिने सेकेण्ड ह्याण्ड गाडी भने स्वतन्त्र मुल्याङ्कनकर्ता बाट मूल्याङ्कन गराउनु पर्ने व्यवस्था गरिएको छ । यसका लागि थप खरिदकर्ताले थप ५ हजार रुपियाँ खर्चनुपर्ने छ ।

What do you feel about this post?

0%
like

Like

100%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ