तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा एकैपटक ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा झरेको छ।
महासंघका अनुसार यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार तिहारपछि पहिलोपटक मूल्य समायोजन गर्दा नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट देखिएको हो।सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँ घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
What do you feel about this post?
0%
Like
0%
Love
0%
Happy
0%
Haha
0%
Sad
0%