इँटा उद्योग रूपान्तरण गर्न गुड ब्रिक्स प्रविधि भित्र्याउने याेजना

अन्तर्राष्ट्रिय अर्थतन्त्र खोज ताजा समाचार प्रविधि स्वास्थ्य

काठमाडाै‌ २९ कार्तिक । नेपालको परम्परागत इँटा उत्पादन प्रणालीलाइ वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने गरी ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ।

जलवायुमैत्री प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा हुलास इको ब्रिक्सले यो कार्यक्रम अघि बढाउने भएको हो। गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० वटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य साे कार्यक्रमकाे लक्ष्य छ ।

कार्यक्रममार्फत इँटा उद्योगलाई हाइड्रोलिक इँटा प्रेस गर्ने मेसिन उपलब्ध गराउने र बजार व्यवस्थापनमा समेत सहयोग गरिनेछ। प्रत्येक उत्पादन केन्द्रमा करिब २ लाख अमेरिकी डलर बराबरको मेसिन तथा बजार सहयोग उपलब्ध गराउने योजना छ। यसका लागि आवश्यक वित्तीय स्रोत भविष्यमा प्राप्त हुने कार्बन क्रेडिटलाई आधार बनाएर जुटाइने उल्लेख छ। एसियाली विकास बैंक (एडीबी), एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज तथा कोरिया वेस्टर्न पावरजस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताबाट कार्बन वित्तीयकरण उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

कार्यक्रम पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक करिब ३ अर्ब वटा पोल्नुनपर्ने इँटा उत्पादन गर्न सकिने अनुमान गरिएको छ। यसबाट परम्परागत रूपमा भट्टामा इँटा पोल्दा उत्सर्जन हुने कार्बनडाइअक्साइडमध्ये वार्षिक १५ लाख टनसम्म उत्सर्जन रोक्न सकिने कम्पनीको दाबी छ। 


परम्परागत इँटा उद्योगमा माटोबाट बनेका इँटालाई भट्टामा पोल्न कोइला तथा अन्य इन्धन प्रयोग गरिन्छ। यसले वायु प्रदूषण तथा कार्बन उत्सर्जन बढाउँदै आएको छ। तर, गुड ब्रिक्स प्रविधिमा स्थानीय रूपमा उपलब्ध माटो, सिमेन्ट र इन्नोसीएसआरको विशेष गुड सोल स्टेबलाइजर प्रयोग गरी इँटा उत्पादन गरिन्छ। 

यस प्रविधिमा हाइड्रोलिक मेसिनबाट कच्चा पदार्थलाई उच्च दबाबमा थिचेर इँटा तयार गरिन्छ। त्यसैले परम्परागत इँटाजस्तो भट्टामा पोल्नुपर्ने आवश्यकता पर्दैन। कम्पनीका अनुसार यसले मूल्य, गुणस्तर र उत्पादन क्षमताका हिसाबले परम्परागत इँटा उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने विकल्प प्रदान गर्छ। 

नेपालभर यो प्रविधिको विस्तारका लागि हुलास इको ब्रिक्सले दिवाकर गोल्छा अर्गनाइजेसनको स्थापित औद्योगिक सञ्जाल उपयोग गर्नेछ भने प्रविधि उपलब्ध गराउने जिम्मेवारी इन्नोसीएसआरको हुनेछ। 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ