ग्रिकोनोमी - Greeconomy https://greeconomy.com Economy with environment Wed, 29 Apr 2026 04:35:01 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png ग्रिकोनोमी - Greeconomy https://greeconomy.com 32 32 अब करका दर घटाउँछौँ : अर्थमन्त्री https://greeconomy.com/tax-rate-to-be-amemded/?utm_source=rss&utm_medium=rss&utm_campaign=tax-rate-to-be-amemded https://greeconomy.com/tax-rate-to-be-amemded/#respond Wed, 29 Apr 2026 03:51:44 +0000 https://greeconomy.com/?p=11274 काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक […]

The post अब करका दर घटाउँछौँ : अर्थमन्त्री first appeared on Greeconomy.

]]>
काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो ।

चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ । चेम्बरले कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, ऊर्जा, वैदेशिक लगानी, निर्यात प्रवर्द्धन तथा कर प्रणाली सुधारलगायत सबै क्षेत्र समेटेर आफ्नो धारणा प्रस्तुत गरेको हो ।

कृषि क्षेत्रमा आधुनिकीकरण, सहुलियत कर्जा र बजार पहुँच विस्तार, पर्यटन क्षेत्रमा पूर्वाधार विकास र अन्तरराष्ट्रिय प्रवर्धन, उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने र प्रक्रियागत सहजता, सूचना प्रविधिमा कर छुट तथा ‘डिजिटल’ पूर्वाधार विस्तार, ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्धन तथा जलविद्युत विकासलाई तीव्रता दिनुपर्ने सुझाव चेम्बरले दिएको छ ।

त्यस्तै, कर प्रणाली सरल बनाउँदै एकद्वार प्रणाली लागू गर्न, निर्यातलाई प्रोत्साहन गर्न र ‘मेड इन नेपाल’ उत्पादनलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिइएको छ । आगामी बजेटमा कृषिलाई उच्च प्राथमिकतामा राखी आधुनिकीकरण एवं यान्त्रिकीरणका लागि पहल गरिनुपर्ने तथा बाँझो जमिन सदुपयोग नीति लिई कृषि उत्पादन गर्नेलाई ‘लिज’को व्यवस्था एवं लगानीका लागि सहजीकरण गरिनुपर्ने चेम्बरको सुझाव छ ।

अर्थ मन्त्रालयलाई चेम्बरले दिएको सुझावमा निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाइनुपर्ने र निर्यात अनुदानलाई एकद्वार प्रणालीअन्तर्गत निकासीकर्ताहरूलाई सरल र सहज ढंगले प्रदान गरिनुपर्ने उल्लेख छ ।

यस्तै, वैदेशिक रोजगारीबाट फर्किनेहरूको सीप दक्षता उपयोगका लागि स्वदेशी लगानी प्रोत्साहित गर्ने भनिएको छ । यसका लागि वैदेशिक रोजगारीबाट फर्किनेहरूको सीप र दक्षता सहितको सम्पूर्ण विवरण अध्यागमन विभागमा अभिलेखीकरणको व्यवस्था गरिनुपर्ने जनाइएको छ ।

‘रेमिट्यान्स’ बापत नेपालमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोगमा मात्र खर्च भइरहेको परिस्थितिमा नेपालमा भित्रिने रेमिट्यान्सलाई ऊर्जालगायत अन्य पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने चेम्बरको सुझाव छ ।

यस्तै, घरेलु, साना तथा मझौला उद्योगहरूलाई स्थायित्व स्थायी ब्याजदरमा ऋण उपलब्ध हुने नीतिगत व्यवस्था हुनुपर्ने पनि चेम्बरको सुझावमा उल्लेख छ । सबै प्रकारको करमा तीन तहको सरकारबीच एकद्वार प्रणाली लागू गरिनुपर्ने भन्दै चेम्बरले दोहोरो करको मापदण्ड अन्त्य गरिनुपर्ने उल्लेख गरेको छ । विश्व व्यापार संगठनबाट निर्धारित मूल्यांकनमा ‘अनलाइन डाटाबेस’ प्रणालीलाई प्रभावकारी बनाइनुपर्ने चेम्बरले जनाएको छ ।

देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा नै निर्भर हुनु परेकाले एमआरपी लेबलको व्यवस्था आयातित वस्तुहरूको हकमा लागू गर्न निकै कठिन रहेको उल्लेख गर्दै सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिका आधारमा मात्रै एमआरपीलाई कार्यान्वयनमा लैजानुपर्ने चेम्बरले जनाएको छ ।

यस्तै, आगामी बजेटमा कृषिलाई उच्च प्राथमिकतामा राखी आधुनिकीकरण एवं यन्त्रिकीकरणका लागि पहल गरिनुपर्ने तथा बाँझो जमिन सदुपयोग नीति लिई कृषि उत्पादन गर्नेलाई लिजको व्यवस्था एवं लगानीका लागि सहजीकरण गरिनुपर्ने चेम्बरले सुझाव पेस गरेको छ ।

सो अवसरमा अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुधारका विभिन्न कदम अघि बढाइसकेको उल्लेख गरे । उनले राजस्व अनुसन्धान विभाग खारेज गरिसकिएको, करका दर घटाउने योजना रहेको भन्दै अब राजस्व बढ्न, रोजगारी सिर्जना हुन र अर्थतन्त्रको आकार विस्तार हुन आवश्यक रहेको बताए ।

मन्त्री डा. वाग्लेले सरकारले उदार नीति अवलम्बन गर्दै सबैलाई काम गर्न सक्ने वातावरण तयार गर्ने दिशामा अघि बढिरहेको प्रसंग उल्लेख गर्दै आगामी बजेट व्यवसायी तथा आम नागरिकलाई हौसला मिल्ने खालको हुने उल्लेख गरे । साथै, निजी क्षेत्रबाट आएका रचनात्मक सुझावहरूलाई बजेट निर्माणमा समेटिने पनि उनले प्रतिबद्धता जनाए ।

The post अब करका दर घटाउँछौँ : अर्थमन्त्री first appeared on Greeconomy.

]]>
https://greeconomy.com/tax-rate-to-be-amemded/feed/ 0
जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो https://greeconomy.com/insurance-business-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=insurance-business-nepal https://greeconomy.com/insurance-business-nepal/#respond Sun, 26 Apr 2026 07:56:19 +0000 https://greeconomy.com/?p=11271 काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले […]

The post जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले बढेको हो ।अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ भित्र्याएका थिए ।

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षका भन्दा ११.६४ प्रतिशतले बढी हो ।गत आर्थिक वर्ष नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । यो कम्पनीले चैतसम्म १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ९.२० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष चैतसम्म कम्पनीले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ८.०८ प्रतिशतले बढेर १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी चैतसम्म हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५.३१ प्रतिशत बढी हो ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो ।

यसैगरी, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ (११.६७ प्रतिशत) बढी, एसियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ ( १२.११ प्रतिशत बढी) र सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ (१९.२६ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै चालु वर्षको चैतसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

३०.६१ प्रतिशतले बढ्यो प्रथम बीमा शुल्क संकलन

जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार बढेको छ । जीवन बीमा कम्पनीले चालु वर्षको चैतसम्म ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। जुन गत वर्षको तुलनामा ३०.६१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चैतसम्म कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख रुपैयाँ नयाँ व्यापार गरेका थिए । समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ ।

चालु वर्षको चैतसम्म नेपाल लाइफले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नयाँ व्यपार गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३८.४३ प्रतिशतले बढेको हो ।

The post जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/insurance-business-nepal/feed/ 0
यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/?utm_source=rss&utm_medium=rss&utm_campaign=government-creating-sattlemet-of-actual-homless https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/#respond Sat, 25 Apr 2026 07:47:26 +0000 https://greeconomy.com/?p=11266 काठमाडौं । राजधानीका नदी किनारका बहुमूल्य सरकारी तथा सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउने तयारी सरकारले तीव्र बनाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती लक्षित गर्दै अभियान अघि बढाइएको हो। सरकारले यसपटक सार्वजनिक जग्गा फिर्ता लिनु मात्र नभई ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने मुख्य उद्देश्यसहित काम अघि बढाएको जनाएको छ। […]

The post यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन first appeared on Greeconomy.

]]>

काठमाडौं ।

राजधानीका नदी किनारका बहुमूल्य सरकारी तथा सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउने तयारी सरकारले तीव्र बनाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती लक्षित गर्दै अभियान अघि बढाइएको हो।

सरकारले यसपटक सार्वजनिक जग्गा फिर्ता लिनु मात्र नभई ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने मुख्य उद्देश्यसहित काम अघि बढाएको जनाएको छ। यसका लागि भावनात्मक आधारभन्दा तथ्य र लगत (डाटा) का आधारमा स्थायी समाधान खोज्ने रणनीति लिइएको छ।

बागमती सभ्यता लगायतका निकायले संकलन गरेको लगतअनुसार बस्तीमा बसोबास गर्ने धेरै व्यक्तिको अन्यत्र घरजग्गा रहेको पुष्टि भइसकेको छ। सोही आधारमा सरकारले अन्यत्र सम्पत्ति भएका तर सुकुम्वासीको नाममा सार्वजनिक जग्गा कब्जा गर्ने ‘नक्कली’ पात्रलाई कुनै पनि हालतमा विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

अब प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर विस्तृत प्रोफाइल तयार पारिनेछ। यसले वास्तविक भूमिहीन र ‘हुनेखाने’ बीच स्पष्ट छुट्याउन सहयोग पुग्ने सरकारी विश्वास छ।

यता, कतै पनि जायजेथा नभएका वास्तविक भूमिहीन सुकुम्वासीका लागि भने सरकारले मानवीय आधारमा तत्काल पुनर्स्थापनाका लागि पाँच सुरक्षित विकल्प तय गरेको छ। नागार्जुन (इचङ्गु) मा ४२ वटा व्यवस्थित आवास युनिट, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवन, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, तथा खरीपाटी र चाँदबागका सरकारी भवन र खाली जग्गामा बसोबासको व्यवस्था मिलाइने भएको छ।

बस्ती हटाउने कार्यसँगै सरकारले ‘साइट’मै आवश्यक राहत र व्यवस्थापनसमेत सुरु गरेको छ। स्थानान्तरण हुनेहरूका लागि आज र भोलि प्याकेटमा खाना उपलब्ध गराइनेछ भने पुनर्स्थापनाका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ।

सरकारका अनुसार यी संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्वासी व्यवस्थापनका लागि पूर्ण रूपमा उपयोगमा ल्याइनेछ।

The post यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/feed/ 0
सोलारको पिपिए गर्न आह्वान https://greeconomy.com/nea-calls-for-solar-ppa/?utm_source=rss&utm_medium=rss&utm_campaign=nea-calls-for-solar-ppa https://greeconomy.com/nea-calls-for-solar-ppa/#respond Sat, 25 Apr 2026 07:25:33 +0000 https://greeconomy.com/?p=11264 काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट […]

The post सोलारको पिपिए गर्न आह्वान first appeared on Greeconomy.

]]>
काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ ।
प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत् आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय गरेको थियो ।
स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाको प्रतियुनिट चार रुपैयाँ ९९ कायम गरिएको छ । त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्री सम्झौता चालु आवको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय यसअघि नै भएको छ ।
प्राधिकरणको यही वैशाख २ गतेको निर्णयअनुसार, यसै महिनाको अन्तिमसम्म आवश्यक कागजातसहितको निवेदन दिन आग्रह गरिएको छ । आयोजनालाई प्राधिकरणको ३३÷११ केभी क्षमताको ग्रीड वा वितरण सवस्टेशनमा जडान गरिनेछ । प्रवद्र्धकले अनुुरोध गरेमा प्राधिकरणको ११ केभी वितरण लाइनमा आवश्यक व्यवस्थासहित जडान गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाणपत्र, स्थानीय तहको कम्तीमा पनि ५१ प्रतिशत शेयर रहेको अद्यावधिक शेयर लगत विवरण, सञ्चालकको लगतसहितको विवरण पेश गर्नुपर्नेछ । कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, कर चुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत् सर्वेक्षणको अनुमतिपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, आयोजना निर्माण गर्ने जग्गाको लिज सम्झौता वा भोगाधिकार वा कम्पनीको नाममा भएको प्रमाणसहितको कागजात पेश गर्नुपर्नेछ ।
त्यस्तै, विद्युत् खरिद सम्झौताको मस्यौदा तथा विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्न कम्पनीको तर्फबाट हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा पत्र र आयोजनाको निर्माण तालिकासहितको विवरण पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

The post सोलारको पिपिए गर्न आह्वान first appeared on Greeconomy.

]]>
https://greeconomy.com/nea-calls-for-solar-ppa/feed/ 0
स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि https://greeconomy.com/smartphone-import-increased/?utm_source=rss&utm_medium=rss&utm_campaign=smartphone-import-increased https://greeconomy.com/smartphone-import-increased/#respond Wed, 22 Apr 2026 04:54:30 +0000 https://greeconomy.com/?p=11261 काठमाडौं । नेपालमा स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा साढे ३३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो तथ्यांकले […]

The post स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि first appeared on Greeconomy.

]]>
काठमाडौं । नेपालमा स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा साढे ३३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि देखाउँछ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरका १५ लाख ८४ हजार थान स्मार्टफोन आयात भएका थिए। यस आधारमा चालु वर्षमा स्मार्टफोन आयात संख्या करिब ९० हजार थानले बढेको छ भने मूल्यका हिसाबले झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

तथ्यांकले नेपाली बजारमा महँगा तथा अत्याधुनिक स्मार्टफोनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको संकेत गर्छ। साथै, सरकारले विलासिताका वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउनु र बजारमा नयाँ-नयाँ मोडल उपलब्ध हुनुले पनि आयात वृद्धि हुन सहयोग गरेको देखिन्छ ।

The post स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि first appeared on Greeconomy.

]]>
https://greeconomy.com/smartphone-import-increased/feed/ 0
सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा https://greeconomy.com/11256-2/?utm_source=rss&utm_medium=rss&utm_campaign=11256-2 https://greeconomy.com/11256-2/#respond Mon, 20 Apr 2026 09:14:58 +0000 https://greeconomy.com/?p=11256 काठमाडौँ । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । विभागका अनुसार अब […]

The post सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।
सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।

विभागका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ । यसअन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउन सक्नेछन् । साथै, ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले सबै नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्नेछन् ।

वेबसाइटमा राखिएका सबै महत्वपूर्ण तस्वीर, लोगो, चिह्न तथा सेवा सम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ राखिएको विभागले जनाएको छ । जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ । त्यस्तै, फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी तयार पारिएको छ ।
सर्च, सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई सजिलै प्रयोग गर्न मद्दत पु¥याउने विभागले जनाएको छ । त्यस्तै, किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य संकेतहरू पनि समावेश गरिएको छ ।

यसैगरी, फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने गरी व्यवस्था गरिएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै देखिने परिवर्तन नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने विभागको भनाइ छ ।
यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास गरिएको महानिर्देशक साहले बताउनुभयो । साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

The post सरकारी वेबसाइटमा नयाँ वेब पहुँच सुविधा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/11256-2/feed/ 0
३० प्रजातिका नयाँ चरा थपिए https://greeconomy.com/new-species-of-birds-found/?utm_source=rss&utm_medium=rss&utm_campaign=new-species-of-birds-found https://greeconomy.com/new-species-of-birds-found/#respond Mon, 20 Apr 2026 06:31:31 +0000 https://greeconomy.com/?p=11253 गुल्मी । गुल्मी जिल्लामा फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण संघले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले […]

The post ३० प्रजातिका नयाँ चरा थपिए first appeared on Greeconomy.

]]>
गुल्मी । गुल्मी जिल्लामा फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको हो ।

नेपाल पन्छी संरक्षण संघले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण संघका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।

यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुईपटक चरा सर्वेक्षण गरिँदै आएको थियो । सर्वेक्षणका क्रममा नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए ।

गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती क्षेत्र आजभोलि दुर्लभ चराको मुख्य बासस्थान बनेको छ । विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा छ प्रजातिका चरा फेलापरेका हुन् ।

दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।

नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ४० प्रतिशत चरा फेलापरेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए ।

The post ३० प्रजातिका नयाँ चरा थपिए first appeared on Greeconomy.

]]>
https://greeconomy.com/new-species-of-birds-found/feed/ 0
सिक्टा सिँचाइ: २० वर्षमा ४६ प्रतिशत प्रगति https://greeconomy.com/sikta-irrigation-project/?utm_source=rss&utm_medium=rss&utm_campaign=sikta-irrigation-project https://greeconomy.com/sikta-irrigation-project/#respond Sun, 19 Apr 2026 04:43:58 +0000 https://greeconomy.com/?p=11248 बाँके: राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको करिब दुई दशक बितिसक्दा पनि हालसम्म ४६ प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही वर्षदेखि निर्माण सुरु भएको आयोजनाले अपेक्षित गति लिन नसकेको देखिएको छ । आयोजनाका निर्देशक राजु आचार्य का अनुसार हालसम्म कुल रु २३ अर्ब ७७ करोड २९ […]

The post सिक्टा सिँचाइ: २० वर्षमा ४६ प्रतिशत प्रगति first appeared on Greeconomy.

]]>
बाँके: राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको करिब दुई दशक बितिसक्दा पनि हालसम्म ४६ प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही वर्षदेखि निर्माण सुरु भएको आयोजनाले अपेक्षित गति लिन नसकेको देखिएको छ ।

आयोजनाका निर्देशक राजु आचार्य का अनुसार हालसम्म कुल रु २३ अर्ब ७७ करोड २९ लाख खर्च भइसकेको छ, जुन कुल गुरुयोजनाको ४४.९५ प्रतिशत वित्तीय प्रगति हो । चालु आर्थिक वर्षका लागि रु ३ अर्ब ३० करोड ५९ लाख बजेट प्रस्ताव गरिए पनि रु १ अर्ब ५७ करोड मात्र विनियोजन भएको उनले बताए ।

चालु आवको चैत मसान्तसम्म रु ८५ करोड ७७ लाखभन्दा बढी खर्च भइसकेको छ । यस अवधिमा ७६.३१ प्रतिशत भौतिक र ५४.४८ प्रतिशत वित्तीय प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । तर हालसम्म करिब २४ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साह का अनुसार प्रारम्भिक गुरुयोजना रु १२ अर्ब ८० करोडमा आव २०७०/७१ भित्र सम्पन्न गर्ने लक्ष्यसहित स्वीकृत गरिएको थियो । पछि संशोधित गुरुयोजना अनुसार लागत बढाएर रु २५ अर्ब २ करोड पुर्‍याइयो र २०७६/७७ भित्र सम्पन्न गर्ने लक्ष्य राखियो ।

तर लक्ष्यअनुसार काम सम्पन्न हुन नसकेपछि पुनः अद्यावधिक गरी लागत बढाएर रु ५२ अर्ब ६४ करोड पुर्‍याइएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विसं २०७९ भदौमा स्वीकृत गरेको नयाँ गुरुयोजनाअनुसार अब आयोजनाको सम्पूर्ण काम आव २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट बाँकेका करिब १७ हजार परिवारका चार लाख कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ । बाली सघनता १६८ प्रतिशतबाट २४२ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ भने अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहने बताइएको छ ।

इञ्जिनियर तनोज दुलाल का अनुसार आयोजना अन्तर्गत पश्चिमी र पूर्वी गरी दुई मुख्य नहरमार्फत सिँचाइ वितरण गरिनेछ। पश्चिमी नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ ।

हाल पश्चिमी मूल नहरअन्तर्गत डुडुवा शाखा नहर निर्माण भइरहेको छ, जसले करिब १६ हजार हेक्टर क्षेत्रलाई सिँचाइ सुविधा दिनेछ । यस शाखामा हालसम्म करिब २५ प्रतिशत प्रगति भएको छ भने डुडुवा क्याप निर्माण सम्पन्न भइसकेको छ ।

नहर विस्तारका लागि आवश्यक ४४० हेक्टर जग्गामध्ये हालसम्म १८३.२५ हेक्टर अधिग्रहण गरिएको छ । साथै सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको छ भने अन्य उपशाखा र पूर्वी नहरका बाँकी कामका लागि तयारी भइरहेको आयोजनाले जनाएको छ ।

दीर्घकालीन रूपमा कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय किसानहरू अझै पूर्ण लाभबाट वञ्चित भइरहेका छन् ।

The post सिक्टा सिँचाइ: २० वर्षमा ४६ प्रतिशत प्रगति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/sikta-irrigation-project/feed/ 0
सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त https://greeconomy.com/citizen-life-iso/?utm_source=rss&utm_medium=rss&utm_campaign=citizen-life-iso https://greeconomy.com/citizen-life-iso/#respond Sun, 19 Apr 2026 04:31:37 +0000 https://greeconomy.com/?p=11276 काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रेजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) तथा यूकेएएस म्यानेजमेन्ट सिस्टम्स मार्फत प्रदान गरिएको हो। यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा […]

The post सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त first appeared on Greeconomy.

]]>
काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रेजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) तथा यूकेएएस म्यानेजमेन्ट सिस्टम्स मार्फत प्रदान गरिएको हो।

यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गर्दछ।

यस प्रमाणिकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ। विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

यस उपलब्धिले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, आन्तरिक प्रक्रिया अझ प्रभावकारी, व्यवस्थित र जवाफदेही बन्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

सिटिजन लाइफले यस उपलब्धिलाई केवल प्रमाणपत्रमा सीमित नराखी ग्राहकको विश्वास, उत्तरदायित्व तथा दीर्घकालीन सेवा उत्कृष्टताप्रतिको दृढ प्रतिबद्धताको रूपमा ग्रहण गरेको जनाएको छ। आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

The post सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त first appeared on Greeconomy.

]]>
https://greeconomy.com/citizen-life-iso/feed/ 0
ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन https://greeconomy.com/32-point-directive-by-birajbhakta/?utm_source=rss&utm_medium=rss&utm_campaign=32-point-directive-by-birajbhakta https://greeconomy.com/32-point-directive-by-birajbhakta/#respond Fri, 17 Apr 2026 05:14:08 +0000 https://greeconomy.com/?p=11246 काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ मातहतका निकायलाई समयसीमा सहित निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले विद्युत् बजारको सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका लागि बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी गरेका हुन् । कार्ययोजना अनुसारका काम तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकिएको छ […]

The post ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन first appeared on Greeconomy.

]]>
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ मातहतका निकायलाई समयसीमा सहित निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले विद्युत् बजारको सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका लागि बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी गरेका हुन् ।

कार्ययोजना अनुसारका काम तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकिएको छ । साथै नियमितरूपमा सघन अनुगमनसमेत गरिने मन्त्री श्रेष्ठले बताएका छन् ।

‘लामो गृहकार्य, सरोकार पक्षहरूसँगको घनिभूत छलफलपछि जलस्रोत तथा ऊर्जा क्षेत्रको सुदृढीकरण गर्न यो निर्देशन जारी भएको छ,’ उनले भने, ‘यसकै आधारमा अब हाम्रा नीति, योजना र कार्यक्रमको मार्गचित्र निर्माण हुने भएकाले समयसीमाभित्रै काम पूरा गर्न मातहतका निकाय तथा कर्मचारीलाई निर्देशन पनि दिन्छु ।’

निर्देशनअनुसार विद्युत् क्षेत्र सुधारतर्फ, विद्युत् नियमन आयोगलाई ‘ओपन एक्सेस’ प्रणाली कार्यान्वयनका लागि ३० दिनभित्र आवश्यक ‘ह्विलिङ चार्ज’ निर्धारण गर्न भनिएको छ । यसले निजी तथा सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धात्मक विद्युत् कारोबारको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

साथै, सोही अवधिभित्र जलाशय तथा पम्प–जलाशय आयोजनाका लागि मौसमी र उच्च माग (पिक डिमान्ड)का आधारमा फरक महसुल संरचना तयार पार्न निर्देशन दिइएको छ । यसले विद्युत् उत्पादन र खपत व्यवस्थापनलाई सन्तुलित बनाउने अपेक्षा छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणलाई हालसम्मका सबै विद्युत् खरिद सम्झौता (पिपिए) विवादहरूको सूची र समाधानका विकल्पसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । विद्यमान पिपिएमध्ये सञ्चालनमा रहेका, ढिलाइ भएका र जोखिममा रहेका आयोजनामा वर्गीकरण गरी स्पष्ट अवस्थासहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

यस निर्णयले लगानीकर्ताको विश्वास बढाउने र अवरुद्ध आयोजनाहरूको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जलाशय आयोजनाहरूमा निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले यस्ता आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्ने गरी नीति ल्याइने भएको छ ।

विद्युत् नियमन आयोग, विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) लाई कार्यसम्पादन, जिम्मेवारीमा रहेको दोहोरोपन र सुधारका आवश्यक पक्षहरू पहिचान गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसैगरी, विद्युत् विकास विभागलाई ६० दिनभित्र देशभरका सबै जलविद्युत् आयोजनाका सर्वेक्षण तथा निर्माण अनुमतिपत्रहरूको विस्तृत विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ । यसमा अनुमतिपत्र जारी मिति, प्रगति, कोसेढुंगा र अनुपालन अवस्था समावेश हुनेछ । नियम पालना नगर्ने कम्पनीहरूलाई ‘क्योर नोटिस’ जारी गर्ने र समीक्षा नगरी नयाँ अनुमतिपत्र जारी नगरिने व्यवस्था गरिएको छ ।

सार्वजनिक रूपमा पहुँचयोग्य ‘लाइसेन्स पर्फर्मेन्स ड्यासबोर्ड’ स्थापना गरी मासिक अद्यावधिक गर्ने योजना पनि अघि सारिएको छ । नयाँ जलविद्युत् आयोजना अघि बढाउँदा ‘ग्रिड इभ्याकुएसन’ अर्थात् उत्पादित विद्युत् प्रसारण गर्न सक्ने पूर्वाधारलाई अनिवार्य पूर्वशर्त बनाइएको छ ।

अब प्राधिकरण र आरपिजिसिएलले आवश्यक प्रसारण लाइन र सबस्टेसनको क्षमता सुनिश्चित गरेपछि मात्र नयाँ निर्माण अनुमतिपत्र जारी गर्नुपर्ने छ ।

आर्थिक पारदर्शितातर्फ, विद्युत् रोयल्टी सङ्कलन र वितरण प्रक्रियाको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नुपर्ने छ । यसबाट प्रदेश र स्थानीय तहलाई कानुनअनुसार प्राप्त हुने हिस्सा सही रूपमा हस्तान्तरण भए÷नभएको पनि यकिन हुनेछ ।

ऊर्जा क्षेत्रको नयाँ आयामका रूपमा ‘कार्बन रेभिन्यु युनिट’ स्थापना गरिने भएको छ, यसले कार्बन व्यापारसम्बन्धी परियोजनाको दर्ता, प्रमाणीकरण र लाभ बाँडफाँटको मापदण्ड तयार गर्नुपर्ने छ । साथै साना आयोजनाहरूको लागत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

आन्तरिक विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा राष्ट्रिय माग तथा खपत योजना तयार गर्नेछन् । नेपाल पावर ट्रेडिङ कम्पनीलाई पूर्ण रूपमा सक्रिय बनाउँदै दीर्घकालीन विद्युत् निर्यात मार्गचित्र तयार गरिने छ ।

नवीन प्रविधि प्रयोगलाई प्राथमिकता दिँदै चाैबीसै घण्टा सञ्चालन हुने ‘एआई च्याटबोट’ मार्फत उपभोक्ताका गुनासा र विद्युत् अवरोधसम्बन्धी समस्या समाधान गर्ने व्यवस्था गरिनेछ ।

‘ग्रीन हाइड्रोजन’ पाइलट परियोजना अघि बढाई अनुसन्धान तथा विकासलाई प्रोत्साहन गरिने भएको छ ।

निर्देशन अनुसार नदी प्रवाहमा हुने परिवर्तनलाई समेटेर ‘हाइड्रोलोजिकल सिरिज’ तयार गरिने र त्यसले विद्युत् उत्पादनमा पार्ने असर अनुसार जरिवाना प्रणाली पुनरावलोकन गरिने छ ।

जलस्रोत व्यवस्थापनतर्फ नदी बेसिन गुरुयोजना कार्यान्वयन, अन्तर्देशीय जलस्रोत एकाइ स्थापना, प्रमाणित जल तथा मौसमसम्बन्धी तथ्याङ्क प्रणाली विकास तथा भूमिगत जल अनुगमन कार्यक्रम सञ्चालन गरिने छ । विशेष गरी तराई क्षेत्रमा डिजिटल निगरानी प्रणालीसहित भूमिगत जल व्यवस्थापनलाई सुदृढ बनाइने भएको छ ।

सिँचाइ क्षेत्रतर्फ, बबई, भेरी–बबई डाइभर्सन र सिक्टा जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न विशेष जोड दिइएको छ । महाकाली सिँचाइ आयोजनाका लागि भारतसँग कूटनीतिक पहल तीव्र पारिने छ भने सुनकोसी–मरिण आयोजना पुनः ठेक्का प्रक्रियामार्फत अघि बढाइने भएको छ ।

सिँचाइ प्रणालीलाई दिगो बनाउन ‘सिँचाइ सेवा शुल्क’ लागु गर्ने, कृषि–सिँचाइ–उद्योग एकीकृत योजना कार्यान्वयन गर्ने तथा तराई–मधेस क्षेत्रका लागि खडेरी प्रतिरोधी रणनीति तयार गर्ने व्यवस्था गरिने भएको छ ।

The post ऊर्जा मन्त्रीले जारी गरे ३२ बुँदे निर्देशन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/32-point-directive-by-birajbhakta/feed/ 0