सूर्य नेपाल उत्कृष्ट करदाता , व्यक्तिगतमा राजबहादुर उत्कृष्ट

अर्थतन्त्र खोज ताजा समाचार धेरै पढिएका समाचार

काठमाडौँ १ मंसिर। सरकारले पन्ध्रौँ राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा उत्कृष्ट करदाता व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको हो।

सरकारले व्यक्तिगततर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालिलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ। त्यसैगरी, एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधि सेवा निर्याततर्फ इनफाइनाइट सर्भिसेज सम्मानित भएका छन्।

कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स प्रालि, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल र वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।

त्यसैगरी, वार्षिक ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहबाट फुड एन्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आइएमई पे, ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहतर्फ इम्पेरियल सेक्युरिटी, विशेष उद्योगतर्फ बरुण बेभरेज नेपाल, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ बीमा कम्पनी, लघुवित्ततर्फ छिमेक लघुवित्त र मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिस्टिलरी सम्मानित भएका छन्। यसैगरी, भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरिएको छ।नेपालमा विसं २०६९ मंसिर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन सुरु गरिएको हो।

कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै सरकारले करप्रति सकारात्मक सोचको विकास र कर अनुपालनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ