#world Bank - Greeconomy https://greeconomy.com Economy with environment Wed, 06 Nov 2024 10:53:43 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #world Bank - Greeconomy https://greeconomy.com 32 32 आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने https://greeconomy.com/wb-project-on-fast-track/?utm_source=rss&utm_medium=rss&utm_campaign=wb-project-on-fast-track https://greeconomy.com/wb-project-on-fast-track/#respond Wed, 06 Nov 2024 10:53:43 +0000 https://greeconomy.com/?p=6473 काठमाडौं | विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी […]

The post आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने first appeared on Greeconomy.

]]>
काठमाडौं |
विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरुको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन् भने आवशयकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।
बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरु पेश गरिने योजना छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए। उनले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए ।

बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीहरुको उपस्थिति थियो ।

The post आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/wb-project-on-fast-track/feed/ 0
विपद् व्यवस्थापनका लागि थपियो २० अर्ब ऋण https://greeconomy.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%a6%e0%a5%8d-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25aa%25e0%25a4%25a6%25e0%25a5%258d-%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25a8%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25bf https://greeconomy.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%a6%e0%a5%8d-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/#respond Thu, 24 Oct 2024 05:17:21 +0000 https://greeconomy.com/?p=6319 काठमाडौ: अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहितको अर्थमन्त्रालयको टोलीले विश्व बैंकबाट नेपालको विपत व्यवस्थापनका लागि भन्दे १५ करोड अमेरिकी डलर (२० अर्ब १७ करोड रुपैयाँ)ऋण लिने संझौता गरेको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुन अमेरिका पुगेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव […]

The post विपद् व्यवस्थापनका लागि थपियो २० अर्ब ऋण first appeared on Greeconomy.

]]>
काठमाडौ:

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहितको अर्थमन्त्रालयको टोलीले विश्व बैंकबाट नेपालको विपत व्यवस्थापनका लागि भन्दे १५ करोड अमेरिकी डलर (२० अर्ब १७ करोड रुपैयाँ)ऋण लिने संझौता गरेको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुन अमेरिका पुगेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनस्र्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ अर्थमन्त्रालयले जनाएको छ ।

The post विपद् व्यवस्थापनका लागि थपियो २० अर्ब ऋण first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%a6%e0%a5%8d-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/feed/ 0