# Save Himalayas - Greeconomy https://greeconomy.com Economy with environment Wed, 13 Nov 2024 04:01:12 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png # Save Himalayas - Greeconomy https://greeconomy.com 32 32 विश्व बचाउन हिमाल जोगाऔः राष्ट्रपति पौडेल https://greeconomy.com/save-himalayas-save-earth/?utm_source=rss&utm_medium=rss&utm_campaign=save-himalayas-save-earth https://greeconomy.com/save-himalayas-save-earth/#respond Wed, 13 Nov 2024 04:01:12 +0000 https://greeconomy.com/?p=6532 कु: राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीको रक्षाका लागि हिमालको सुरक्षा गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । जलवायु परिर्वतनको […]

The post विश्व बचाउन हिमाल जोगाऔः राष्ट्रपति पौडेल first appeared on Greeconomy.

]]>
कु:

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीको रक्षाका लागि हिमालको सुरक्षा गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।
अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् ।

जलवायु परिर्वतनको मारबाट पृथ्वीनै सङ्कटमा रहेको भन्दै पौडेलले विशेषगरी गरिब, अल्पविकसित, विकासशील तथा साना टापु मुलुकहरू यसको पीडाबाट बढी प्रभावित रहेको भनाइ उनले राखे ।

पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुँदा त्यसको क्षति ती मुलुकमा मात्र नभएर तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पु‍र्याउनेमा विश्वले अलि बढी हेक्का राख्न पौडेलले आग्रह गरे । राष्ट्रपति पौडेलले भने, “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ।”

उनले यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत उनले प्रस्ताव गरे । साथै, नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको उनले जानकारी दिए।

राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको बताउँदै भने, “हतियार तथा गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीरकण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्दछ ।”

 

The post विश्व बचाउन हिमाल जोगाऔः राष्ट्रपति पौडेल first appeared on Greeconomy.

]]>
https://greeconomy.com/save-himalayas-save-earth/feed/ 0