#Nepal Electricity Authority - Greeconomy https://greeconomy.com Economy with environment Sat, 03 May 2025 01:14:19 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Nepal Electricity Authority - Greeconomy https://greeconomy.com 32 32 प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती https://greeconomy.com/nepal-electricity-authority-white-paper/?utm_source=rss&utm_medium=rss&utm_campaign=nepal-electricity-authority-white-paper https://greeconomy.com/nepal-electricity-authority-white-paper/#respond Fri, 02 May 2025 16:14:56 +0000 https://greeconomy.com/?p=8305 काठमाडौँ । ७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था भन्दै सार्वजनिक गरिएको स्वेतपत्रमा सञ्चित घाटा देखाइएको हो । स्वेतपत्रमा कुल सञ्चित नाफा ४६ अर्ब […]

The post प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था भन्दै सार्वजनिक गरिएको स्वेतपत्रमा सञ्चित घाटा देखाइएको हो ।

स्वेतपत्रमा कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपयाँ पुगेको पनि उल्लेख गरिएको छ । त्यतिमात्र होइन चालु आवमा फागुन मसान्तसम्म प्राधिकरणले नौ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ पनि भनिएको छ । विद्यमान लेखा प्रणालीले पनि यहि नै मान्दछ । प्राधिकरणलाई अख्तियारप्राप्त निकाय महालेखा परिक्षकको कार्यालयले अनुमति दिएको एनएफआरएस प्रणालीका आधारमा लेखापरिक्षण गर्ने गरेको प्राधिकरणकै लेखा समूहका कर्मचारीहरुको भनाई छ ।  तर शाक्यले आयकर ऐनको प्रावधान भिडाएर प्राधिकरण नोक्सानीमा रहेको भाष्य निर्माण गर्न ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानी देखाएका छन् ।

 

शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहित नाफा गणना गर्दा हालसम्म कुल पाँच अर्ब २६ करोड रुपियाँ नोक्सानीमा रहेको देखाए । आयकर ऐनको कम्पनीको नाफा घाटा गणनामा प्रयोग नहुने विज्ञहरुको भनाई छ । आयकर प्रयोजनमा सम्पत्तीको बर्सेनि मूल्य घटाउँदै लगिन्छ र घटेको विवरणलाई नोक्सानीमा जोडिन्छ । जुन यथार्थमा सम्पत्तीमा नोक्सानी नभएको हुन सक्छ । यसकै आधारमा उनले ४६ अर्व ४७ करोड त नाफा होइन नै थप ५ अर्व ६० करोड त नोक्सानी नै भएको जिकीर गरेका छन् ।

“सार्वजनिक गरिएको स्वेतपत्रमा उल्लेखित घाटा आन्तरिक लेखा परिक्षण प्रतिवेदनमा समावेश गर्न सक्ने अवस्था छैन,” प्राधिकरणको आन्तरिक लेखा परिक्षणमा अनुभवी सेवा निवृत एक उच्च अधिकारी भन्छन्,” संस्थाको ख्याती टुँगाउन तथ्यमा तोडमोड भएको देखियो । विद्युतीकरण गणना र चुहावटको गणनामा पनि स्थापित मान्यता प्रतिकुल हुने गरी तथ्य स्थापित गर्न खोजिएको छ ।”

पत्रकार सम्मेलनमा चालु पुँजी अभावको आँकडालाई पनि अभिव्यक्तिको व्यञ्जनामार्फत केहि अतिरञ्जित गरेर खाता शुन्य भएको बताए । जव की उनले उपलब्ध गराएको स्वेतपत्रको साराशंमै चालु खातामा २ अर्ब ४७ करोड बाँकी रहेको उल्लेख गरेका छन् । श्वेतपत्र अनुसार प्राधिकरणको केन्द्रीय कोषमा १० अर्ब १० करोड रुपैयाँ रकम छ । यसमध्ये डलर तथा नेरु मुद्दती खातामा तीन अर्ब ६८ करोड रुपैयाँ र धरौटी खातामा तीन अर्ब ९५ करोड छ । यस अनुसार चालु खातामा दुई अर्ब ४७ करोड रुपैयाँ बाँकी नै हुन्छ ।

यो रकम दैनिक कार्य सञ्चालनका लागि पनि न्यूनतम जगेडा रहेको र दायित्व भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको शाक्यले बताए । श्वेतपत्र अनुसार चालु आव २०८१/८२ को फागुन मसान्तसम्म भएका ठेक्का पट्टा भुक्तानीकै लागि ११ अर्ब ६१ करोड रुपियाँको बिल प्राप्त भएको छ । भुक्तानीका लागि रकम नभएपछि सरकारसँग १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिन प्रस्ताव गरिएको शाक्यले पत्रकार सम्मेलनमा बताए । “दैनिक कार्य सञ्चालन तथा निर्माणाधीन परियोजनाका लागि भुक्तानी दिन भनेर १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिन थालिएको उनले सुनाए । र यो ऋण आर्थिक वर्षको अन्त्यसम्ममा हुने जगेडा नाफाले नै तिर्न पुग्ने पनि उनको जिकीर छ । उक्त अल्पकालीन ऋण तिर्ने योजना रहेको शाक्यले बताए ।

स्वेतपत्रमा महालेखा प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा संस्थाले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको, चार अर्ब ७२ करोड वढी आम्दानी लेखाएको र  र २९ करोड ९१ लाख रुपैयाँ आम्दानी नबाँधेको औँल्याइएको छ । प्राधिकरणको बास्तविक अवस्था पत्ता लगाउन डिउ डेलिजियन्स अडिट नै गराउन प्रकृयामा लागेको उनको भनाई छ ।

The post प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती first appeared on Greeconomy.

]]>
https://greeconomy.com/nepal-electricity-authority-white-paper/feed/ 0
विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज https://greeconomy.com/nea-to-focus-on-pumpstorage-project/?utm_source=rss&utm_medium=rss&utm_campaign=nea-to-focus-on-pumpstorage-project https://greeconomy.com/nea-to-focus-on-pumpstorage-project/#respond Sun, 02 Mar 2025 15:01:19 +0000 https://greeconomy.com/?p=7438 काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको थियो । त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरु छनोट  र स्तरीकरण गरिएको छ । […]

The post विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज first appeared on Greeconomy.

]]>
काठमाडौं।

नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको थियो ।

त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरु छनोट  र स्तरीकरण गरिएको छ । रुकुम (पश्चिम)स्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।

 

काठमाडौं उपत्यकाका एवम् विद्युत भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आयोजना विकास विभागले हाल आयोजनाको डेक्स अध्ययन गरिरहेको छ ।

 

आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमश ः करिब ४५ र १०३ मि. अग्लो बाँध बनाई दुईवटा जलाशय निर्माण गरिने छ । विद्युतगृह मोवा खोलामा रहनेछ । हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ । विद्युत उत्पादनपछि मोवा खोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसालिने छ । आयोजनालाई विद्युतको बढी माग हुने समय (पिक)मा ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ ।

 

पम्प स्टोरेज आयोजनाहरुमा विद्युतको न्यूनतम माग भएको (अफ पिक) अथवा  ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ । यसरी, भण्डार गरिएको पानीलाई  पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । विद्युत प्रणाली स्थिरता, पिक डिमाण्ड एवम् खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्वपूर्ण मानिन्छ । अफ पिक समयमा  पम्प गरी भण्डारण गरिएको पानीको प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रुपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महंगोमा बिक्री गर्न सकिन्छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभागका निर्देशक नसिबमान प्रधानलगायतको टोलीले शनिबार  धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाको जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले भौगोलिक अवस्थिति, वातावरणीय तथा समाजिक अवस्था, उक्त स्थलसम्म पुग्न आवश्यक पहुँच पूर्वाधारको सुगमता, उत्पादित विद्युत प्रवाहका लागि प्रसारण लाइनको उपलब्धता, र विद्युत् भार केन्द्रभन्दा नजिक रहेकाले प्रारम्भिक अध्ययनबाट अन्य आयोजनाहरुको तुलनामा हुलिङटार–दुकिम आयोजना निर्माणका लागि आकर्षक देखिएको बताए ।

आयोजनालाई पहिलो चरणमा करिब ५१० मेगावाटमा निर्माण गर्ने र क्रमशः बढाउँदै पूर्ण क्षमताको बनाउन सकिने उल्लेख गर्दै उनले बताए ,‘यो आयोजना निर्माणलाई प्राथमिकतामा राखी सर्वेक्षण अनुमतिपत्र लिने प्रक्रिया तत्काल अगाडि बढाइने छ ।’ आयोजनाबाट वार्षिक रुपमा करिब ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाको प्रति मेगावाट लागत करिब ५ लाख ८७ हजार अमेरिकी डलर (करिब ७ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

The post विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज first appeared on Greeconomy.

]]>
https://greeconomy.com/nea-to-focus-on-pumpstorage-project/feed/ 0
मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ https://greeconomy.com/ghising-working-in-same-spirit/?utm_source=rss&utm_medium=rss&utm_campaign=ghising-working-in-same-spirit https://greeconomy.com/ghising-working-in-same-spirit/#respond Sat, 01 Mar 2025 07:58:01 +0000 https://greeconomy.com/?p=7427 काठमाडौं, तारन्तरको स्पष्टिकरण तथा मनोवज्ञानिक दबावका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमनलाई भने छाडेका छैनन् । नियमित र स्वभाविक खालका यस्ता स्थलगत अनुगमनमा समेत ऊर्जामन्त्रीको अनुमति नलिई हिड्ने गरेकोआरोप समेत जोडेरै सोमबार मात्रै उनलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले स्पष्टिकरण सोध्न लगाएका थिए । विभिन्न फरक फरक […]

The post मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ first appeared on Greeconomy.

]]>
काठमाडौं,
तारन्तरको स्पष्टिकरण तथा मनोवज्ञानिक दबावका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमनलाई भने छाडेका छैनन् । नियमित र स्वभाविक खालका यस्ता स्थलगत अनुगमनमा समेत ऊर्जामन्त्रीको अनुमति नलिई हिड्ने गरेकोआरोप समेत जोडेरै सोमबार मात्रै उनलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले स्पष्टिकरण सोध्न लगाएका थिए । विभिन्न फरक फरक बहानामा उनलाई मन्त्रालयले हतोत्साही गर्दै आएको स्वयम घिसिडले स्पष्टिकरणमा उल्लेख गरेका छन् ।
शुक्रबार सार्वजनिक विदाका अवसरमा घिसिङ काठमाडौ उपत्यकाका विद्युत् आपूर्ति दिगो र भरपर्दो बनाउने गरी निर्माण गर्न थालिएका विभिन्न सबस्टेसन निर्माणको प्रगति बुझन् अनुगमनमा गएका थिए । अनुमगनमा सहभागी प्राविधिक अधिकारीका अनुसार स्पस्टीकरण तथा अन्य मनोवैज्ञानिक दबावका बीच पनि घिसिडले आप्mनो नियमित कार्यशैली खस्कन दिएका छैनन् ।
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ वटा सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने
काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२÷११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।
यसमध्ये काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ ।  फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन् । दुवै सबस्टेसनलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसनलाई सञ्चालन (चार्ज)मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् ।
प्रत्येक सबस्टेसनको क्षमता ९०/९० एमभिए रहेको छ । सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौं उपत्यकाको विद्युत माग ५ सय मेगावाटको हाराहारीमा छ ।
भविश्यमा बृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्ररुमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्व तयारीका काम सम्पन्न भइसकेका छन् । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/ ११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।
काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार निर्माणाधीन सबस्टेसनको अनुगमन गरी काठमाडौं उपत्यकाभित्रको विद्युत बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्म्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे ।
निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौंको विद्युत् माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई विद्युत् आपूर्ति थप भरपर्दो एवम् गुणस्तरीय हुने घिसिङले उल्लेख गरे ।
काठमाडौंको दक्षिण–पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा १३२÷११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मुलपानी सबस्टेसनमा छिराएर विद्युत् आपूर्ति दिइने छ । उक्त सबस्टेसनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मुलपानी, जोरपाटी, साँघु, ठिमीलगायतका क्षेत्रमा विद्युत आपूर्तिका लागि ११ केभीका ८ वटा फिडर निकालिएको छ । सबस्टेसन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
फुटुङमा १३२÷११ केभीको नयाँ सबस्टेसन निर्माण अन्तिम चरणमा छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । दुई महिनाभित्र उक्त सबस्टेसन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त सबस्टेसन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुङ्गालगायतका क्षेत्रको विद्युत् आपूर्ति थप सुधार हुनेछ ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनमा मातातीर्थ सबस्टेसनबाट विद्युत् आपूर्ति दिइनेछ । उक्त सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यकासाथ काम भइरहेको छ ।
चोभारमा सबस्टेसनबाट  चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइने छ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।

The post मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ghising-working-in-same-spirit/feed/ 0
भत्किएको ८८औ दिनमा मुर्झायो माथिल्लो तामाकोशी https://greeconomy.com/upper-tamakoshi-came-back-in-operation/?utm_source=rss&utm_medium=rss&utm_campaign=upper-tamakoshi-came-back-in-operation https://greeconomy.com/upper-tamakoshi-came-back-in-operation/#respond Tue, 24 Dec 2024 15:23:31 +0000 https://greeconomy.com/?p=7062 काठमाडौं . नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको […]

The post भत्किएको ८८औ दिनमा मुर्झायो माथिल्लो तामाकोशी first appeared on Greeconomy.

]]>

काठमाडौं .

नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।

गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न  गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।

पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।

जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए।

‘डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन, विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं’, घिसिङले भने, ‘देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’
कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावहरुलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाकासाथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगनबाट तोकिएको दिनभन्दा अगाडिनै विद्युत् उत्पादन गर्न सफल भएको बताए । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको सिइओ गौतमले उल्लेख गरे ।

जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो । कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।

The post भत्किएको ८८औ दिनमा मुर्झायो माथिल्लो तामाकोशी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/upper-tamakoshi-came-back-in-operation/feed/ 0