#Machapuchhre Bank - Greeconomy https://greeconomy.com Economy with environment Tue, 17 Dec 2024 04:26:59 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Machapuchhre Bank - Greeconomy https://greeconomy.com 32 32 बैंकर्स संघकोअध्यक्षमा सन्तोष कोइराला पक्का https://greeconomy.com/nepal-bankers-associations/?utm_source=rss&utm_medium=rss&utm_campaign=nepal-bankers-associations https://greeconomy.com/nepal-bankers-associations/#respond Tue, 17 Dec 2024 04:26:59 +0000 https://greeconomy.com/?p=6973 काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला उनि हाल बैंकर्स संघका उपाध्यक्ष छन् । संघको पुस ३ गते ३८ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि (आज) सोमबारसम्म मनोनयन दर्ताको […]

The post बैंकर्स संघकोअध्यक्षमा सन्तोष कोइराला पक्का first appeared on Greeconomy.

]]>
काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला उनि हाल बैंकर्स संघका उपाध्यक्ष छन् ।

संघको पुस ३ गते ३८ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि (आज) सोमबारसम्म मनोनयन दर्ताको समय थियो ।

सोहीअनुसार अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अघिकृत अशोक शेरचनले उम्मेदवारी दिएका थिए । तर, सोमबार बसेको संघका पूर्व अध्यक्षहरुको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । शेरचनको दाबेदारी फिर्ता भएसङ्गै कोइराला सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने भएका हुन् ।

पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएपनि यसपटक भने दुई जनाको उम्मेदवारी दिएका हुन्।

यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मी चयन हुने भएका छन् । खाली रहेको तीन जना कार्यसमिति सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङ चुनिने भएका छन् । खालिङ यसअघि पनि कार्यसमितिमा सदस्य थिए ।

The post बैंकर्स संघकोअध्यक्षमा सन्तोष कोइराला पक्का first appeared on Greeconomy.

]]>
https://greeconomy.com/nepal-bankers-associations/feed/ 0