#Kp oli - Greeconomy https://greeconomy.com Economy with environment Mon, 02 Dec 2024 05:40:42 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Kp oli - Greeconomy https://greeconomy.com 32 32 बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली https://greeconomy.com/pm-oli-chin-visit-on-bri/?utm_source=rss&utm_medium=rss&utm_campaign=pm-oli-chin-visit-on-bri https://greeconomy.com/pm-oli-chin-visit-on-bri/#respond Mon, 02 Dec 2024 05:03:49 +0000 https://greeconomy.com/?p=6718 काठमाडौं । विभिन्न विरोधाभाष, कुटनीतिक र राजनीतिक असमझदारीका बीच चीन सरकारको विश्वव्यापी कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभमा एक कदम अघि बढ्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको ८६ जनाको टोली आज चीनको राजधानी बेइजिङ लागेको हो । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा […]

The post बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली first appeared on Greeconomy.

]]>
काठमाडौं ।
विभिन्न विरोधाभाष, कुटनीतिक र राजनीतिक असमझदारीका बीच चीन सरकारको विश्वव्यापी कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभमा एक कदम अघि बढ्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको ८६ जनाको टोली आज चीनको राजधानी बेइजिङ लागेको हो ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्नेगरी नेपाल तयार भएको छ ।

चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजना सम्झौताबारे सरकारले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको कार्यदल नै बनाएर अध्ययन तथा सुझाव लिएको थियो ।

नेपालले सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा संझौता गरेको थियो । त्यसैलाई आधारमान्दै सो सम्बन्धि कार्ययोजनामा संसोधनसहित संझौता गर्न नेपाल तयार भएको हो । चीनिया पक्षले पठाएको मस्यौदामा कार्यदलले सामान्य संसोधन गर्न सुझाएको छ जुन प्रस्ताव चिनिया पक्षलाई यस अघि नै पठाइसकेको छ । चीनमै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यो विषयमा आफ्ना समकक्षीलाई जनकारी पनि गराइसकेको जनाएइएको छ ।

नेपालले माग्ने यी हुन सहायता परियोजना

मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय संझौता तथा सहयोगका क्षेत्र, छलफलका विषयबस्तु लगायत कार्यसूची निर्धारण गरेको छ । जसमा बीआरआई बारे केहि बोलिएको छैन । र सहयोगका क्षेत्रहरुलाई अन्तिमरुपमा दिइसकेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना सहायताको अपेक्षासहित अगाडि सारिने भएको छ ।

यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् ।

एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको जनाइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

 

The post बीआरआई बोकेर चीन यात्रामा प्रधानमन्त्री ओली first appeared on Greeconomy.

]]>
https://greeconomy.com/pm-oli-chin-visit-on-bri/feed/ 0
चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली https://greeconomy.com/pm-breefing-on-china-visit/?utm_source=rss&utm_medium=rss&utm_campaign=pm-breefing-on-china-visit https://greeconomy.com/pm-breefing-on-china-visit/#respond Mon, 25 Nov 2024 11:16:00 +0000 https://greeconomy.com/?p=6651 काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । यही मङ्सिर १७ गतेदेखि हुने चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नै नभएको धारणा […]

The post चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली first appeared on Greeconomy.

]]>
काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् ।

यही मङ्सिर १७ गतेदेखि हुने चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नै नभएको धारणा राखे ।

“हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ ।, छलफलमा ओलीले भने, ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।”

यो भ्रमण सफल हुने र सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउन खोजिएको बताए । ओलीले भने, “वश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।”

उनले चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा धारणा राखेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

The post चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली first appeared on Greeconomy.

]]>
https://greeconomy.com/pm-breefing-on-china-visit/feed/ 0