#Kathmandu - Greeconomy https://greeconomy.com Economy with environment Fri, 27 Dec 2024 09:39:20 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Kathmandu - Greeconomy https://greeconomy.com 32 32 सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ:बालेन https://greeconomy.com/balen-koteshwor-speech/?utm_source=rss&utm_medium=rss&utm_campaign=balen-koteshwor-speech https://greeconomy.com/balen-koteshwor-speech/#respond Fri, 27 Dec 2024 09:33:32 +0000 https://greeconomy.com/?p=7087 काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए । उनले भने,‘५० औं वर्षदेखि जग्गाको समस्या […]

The post सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ:बालेन first appeared on Greeconomy.

]]>
काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए ।

उनले भने,‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन् । केही काम भएको छैन् ।’

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।

उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’

The post सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ:बालेन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/balen-koteshwor-speech/feed/ 0