#Gurash Hydro - Greeconomy https://greeconomy.com Economy with environment Tue, 10 Dec 2024 04:30:22 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Gurash Hydro - Greeconomy https://greeconomy.com 32 32 संखुवाखोला जलविद्युतमा जुट्यो लगानी https://greeconomy.com/gurash-hydro-limited-fc/?utm_source=rss&utm_medium=rss&utm_campaign=gurash-hydro-limited-fc https://greeconomy.com/gurash-hydro-limited-fc/#respond Tue, 10 Dec 2024 04:23:13 +0000 https://greeconomy.com/?p=6892 काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको छ । गुराँस हाइड्रो लिमिटेडले संखुवासभा र भोजपुरको सिमाना क्षेत्रमा बनाउन लागेको ४१.०६ मेगावाटको सो […]

The post संखुवाखोला जलविद्युतमा जुट्यो लगानी first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको छ ।

गुराँस हाइड्रो लिमिटेडले संखुवासभा र भोजपुरको सिमाना क्षेत्रमा बनाउन लागेको ४१.०६ मेगावाटको सो आयोजना निर्माणका प्रारम्भिक कार्य सुरु भइसकेको कम्पनीले जनाएको छ । सम्झौताअनुसार आयोजनामा सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो ।


सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष शिव प्रसाद घिमिरेले हस्ताक्षर गरे ।

 

यो आयोजना निर्माण सम्पन्न गर्न ८ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी रहनेछ ।

जलप्रवाही यो आयोजनाको काम २०८५ कात्तिक २० गतेभित्र सम्पन्न गर्ने तालिका छ । तर, तालिकाभन्दा ६ महिना अगावै विद्युत् उत्पादन थाल्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए ।“ हामीले स्वपुँजीमार्पmत निर्माणका विभिन्न कार्यहरु गरिरहेको छौ,” उनले भने, “निर्धारित समय भन्दा ६ महिना अघि नै आयोजना तयार गर्ने लक्ष्य राखेका छौ ।”

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले उद्यमशीलतामा अनुभवी समूह अयोजना निर्माणमा लागेकोले आयोजना निर्धारित समय भित्रै बन्ने विश्वास व्यक्त गरे ।

विद्युत् विकास विभागले २०७६ असार २४ मा अध्ययन अनुसन्धान, ईआईए समेत गरी सरकारको बास्केटमा राखेको थियो । आयोजनाबाट उत्पादित विद्युत् २२०÷१३२ केभी शितलपाटी सबस्टेसनमा जोडिने छ । कम्पनीले यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग २०७६ माघ ९ गते कनेक्सन एग्रिमेन्ट लिइसकेको छ ।

कम्पनीका अध्यक्ष घिमिरेका अनुसार आयोजनालाई आवश्यक पर्ने जग्गा खरिद गरिसकेको छ । साथै, पावरहाउस, हेडवक्र्स , अडिट, सर्जसाफ्ट, आउटलेट लगायत आवश्यक ठाउँमा पुग्ने पहुँचमार्ग, खानेपानी विद्युत्लगायत सुविधा उपलब्ध भइसकेको छ ।

The post संखुवाखोला जलविद्युतमा जुट्यो लगानी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/gurash-hydro-limited-fc/feed/ 0