#Green Nepal - Greeconomy https://greeconomy.com Economy with environment Wed, 30 Apr 2025 11:51:39 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Green Nepal - Greeconomy https://greeconomy.com 32 32 हरित वित्तः नेपाल रूपान्तरणको रणनीतिक आधार https://greeconomy.com/green-finance-as-baseline-stratigy-for-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=green-finance-as-baseline-stratigy-for-nepal https://greeconomy.com/green-finance-as-baseline-stratigy-for-nepal/#respond Sun, 27 Apr 2025 06:46:00 +0000 https://greeconomy.com/?p=8220     –हरिगोपाल रिसाल उप-प्राध्यापक, काठमाडौ विश्वविद्यालय   हिमाली मुलुक नेपाल जलवायु परिवर्तनको असरबाट अत्यधिक प्रभावित राष्ट्रहरू मध्ये एक हो । तापक्रम वृद्धिले यहाँका हिमतालहरू फुटिरहेका छन, बाढी र पहिरोका घटनाहरू बढिरहेका छन् र कृषिमा प्रतिकूल असर परेको छ । यस बीच, काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर पनि अत्यधिक चिन्ताजनक बन्दै आएको छ । यी […]

The post हरित वित्तः नेपाल रूपान्तरणको रणनीतिक आधार first appeared on Greeconomy.

]]>

 

 

हरिगोपाल रिसाल

उप-प्राध्यापक, काठमाडौ विश्वविद्यालय

 

हिमाली मुलुक नेपाल जलवायु परिवर्तनको असरबाट अत्यधिक प्रभावित राष्ट्रहरू मध्ये एक हो । तापक्रम वृद्धिले यहाँका हिमतालहरू फुटिरहेका छन, बाढी र पहिरोका घटनाहरू बढिरहेका छन् र कृषिमा प्रतिकूल असर परेको छ । यस बीच, काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर पनि अत्यधिक चिन्ताजनक बन्दै आएको छ । यी समस्याहरूले नेपालमा दिगो विकासका लागि हरित रूपान्तरणको (Green Transition)  आवश्यकता अझ टड्कारो बन्दै आएको छ । नेपालको आर्थिक स्थितिमा हरित वित्त (Green Finance) एक महत्वपूर्ण साधन बन्न सक्छ, जसले जलवायु परिवर्तनसँग जुध्न मद्दत पुर्याउनुका साथै दीर्घकालीन दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत पनि उपलब्ध गराउँछ ।

नेपालको वर्तमान आर्थिक र वित्तीय सन्दर्भ

नेपालले पहिलोपटक सार्वभौम क्रेडिट रेटिङ  ‘BB-गरेको छ । यसले  लगानीकर्तालाई जोखिमको संकेत गरेतापनि उच्च प्रतिफल चाहने लगानीकर्ताहरुका लागि अवसरको रूपमा पनि लिन सकिन्छ ।  नेपालका सरकारी र निजी संस्थाहरूका लागि प्रत्यक्ष वैदेशिक लगानी (FDI) र विदेशी हरित ऋणको अवसर खोलेको छ । नेपालको औसत ऋणको लागत हाल ८ देखि १० प्रतिशतको  को स्तरमा छ, जसले पूर्वाधार निर्माणमा महँगो परेको छ ।  सीमित वित्तीय स्रोत र जलवायु मैत्री पूर्वाधारमा लगानीको आवश्यकता रहेको वेलामा, हरित वित्तको रणनितिक सहारा लिनु उपयुक्त विकल्प हुन्छ ।  यसले नेपाललाई जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न र दिगो अर्थव्यवस्था निर्माण गर्न मद्दत पुर्याउन सक्छ ।

सर्व विदित नै छ, व्यापार घाटा नेपालको एक प्रमुख समस्या हो । आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा रू.९ खर्ब ८७.३९ अर्ब अर्ब पुगेको छ। पेट्रोलियम पदार्थको आयातमा मात्रै बर्सेनि ३ खर्ब रुपैयाँभन्दा बढी बराबरको विदेशी मुद्रा बाहिरिने गरेको छ । यस्तो अवस्थामा यदि नेपालले स्वदेशी हरित ऊर्जा र उपकरण उत्पादन गर्न सक्ने हो भने आयात प्रतिस्थापन गर्दै दीर्घकालीन आर्थिक लाभ सुनिश्चित गर्नेछ । हरित ऋणपत्रको माध्यमबाट नेपालले सस्तो वित्तीय स्रोत प्राप्त गर्ने र कार्बन उत्सर्जन न्यूनिकरणका लागि  प्रभावकारी कदम चाल्ने ठूलो अवसर छुटिरहेको छ ।

नेपालमा जलविद्युत् उत्पादनको सैद्धान्तिक सम्भावना ८३,००० मेगावाटभन्दा बढी भए तापनि हालसम्म प्रयोगमा आएको अंश अत्यन्तै सानो छ । त्यसै गरी, सौर्य र वायो ऊर्जामा पनि उल्लेखनीय वृद्धिको सम्भावना भए पनि दीर्घकालीन लगानीको अभावले त्यो सम्भावनालाई उपलब्धीमा रुपान्तर गर्न सकिएको छैन ।

नयाँ विकल्पः हरित ऋणपत्र 

हरित अर्थतन्त्रमैत्री परियोजनाहरूमा पूँजी प्रवाह सुनिश्चित गर्न हरित ऋणपत्र अत्यन्तै उपयोगी माध्यमकारुपमा विश्व परिवेशमा स्थापित भइसकेको उपकरण हो ।

नेपालले पनि हरित ऋणपत्रमार्फत लगानी जुटाएर ठूला नवीकरणीय ऊर्जा परियोजनाहरू कार्यान्वयन गर्न सकेमा ऊर्जामा आत्मनिर्भरता, विद्युत् निर्यातमार्फत राजस्व वृद्धि,व्यापार घाटा न्यूनीकरण, रोजगार सिर्जनामार्पmत दिगो आर्थिक रूपान्तरण सुनिश्चित गर्न सक्ने अवसर छ ।

हरित वित्त भन्नाले वातावरणीय र सामाजिक दृष्टिकोणबाट सकारात्मक प्रभाव पार्ने परियोजनाहरूमा लगानीलाई जनाउँछ । यसमा नवीकरणीय ऊर्जा, जलवायु उथ्थानशील पूर्वाधार, हरित यातायात, फोहोर व्यवस्थापन र दिगो कृषि परियोजनाहरू समावेश हुन्छन् । यसको मुख्य उद्देश्य आर्थिक विकाससँगै वातावरणीय र सामाजिक सन्तुलन कायम गर्नु हो । जलवायु परिवर्तन र प्राकृतिक स्रोतको संरक्षणको आवश्यकता बढ्दै गएको सन्दर्भमा, हरित वित्तले नेपालको दिगो रूपान्तरणमा महत्तवपूर्ण भूमिका खेल्नेछ ।

नेपालमा हरित वित्तको आवश्यकता

१. जलवायु परिवर्तन र पर्यावरणीय संकट

नेपालमा जलवायु परिवर्तनको असर निकै तीव्र छ । हिमतालहरू पग्लने, अनियमित वर्षा, अत्यधिक बाढी र पहिरोका घटनाहरूले जनजीवनमा गम्भीर असर परिरहेका छन् । यसले जलवायु अनुकूल पूर्वाधार र ऊर्जा स्रोतहरूको आवश्यकता बढाएको छ । हरित वित्तका माध्यमबाट नेपालले यी समस्याहरूको समाधान गर्न सक्छौ। चीन जापानले हरित बन्ड जारी गरेर ठूलो सफलता प्राप्त गरेका छन्। चीनले रेल्वे, सौर्य पवन ऊर्जा, इलेक्ट्रिक बसमा लगानीका लागि हरित बन्ड जारी गरेको यस्तै जापानले ¥२० ट्रिलियन बराबरको हरित रूपान्तरण बन्ड जारी गरेर दीर्घकालीन लगानी आकर्षित गरेको छ।

२. पूर्वाधारको आवश्यकता

जलवायु परिवर्तनसँग जुध्न र पारिस्थितिक संकट कम गर्न लाखौं नेपालीलाई स्वच्छ ऊर्जा, सुरक्षित बासस्थान र जल स्रोतमा पहुँच आवश्यक छ । यसका लागि जलविद्युत, सौर्य ऊर्जा र विद्युतीय यातायातमा ठूला पूँजी स्रोतहरूको आवश्यकता छ। नेपालका लागि हरित वित्तले यी क्षेत्रहरूमा लगानी गर्न उपयुक्त अवसर प्रदान गर्न सक्छ ।

३. विदेशी लगानी र सस्तो ऋण

हरित वित्तले नेपाललाई विदेशी लगानी आकर्षित गर्न र सस्तो ब्याजमा ऋण प्राप्त गर्न मद्दत पुर्याउन सक्छ । यसले निजी क्षेत्रको सहभागिता बढाउन र सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्न सक्छ । नेपालका लागि विदेशी हरित ऋण र अनुदान एक महत्वपूर्ण स्रोत हुन सक्छ, जसले स्वच्छ ऊर्जा र जलवायु अनुकूल पूर्वाधारको विकासमा मद्दत पुर्याउँछ ।

४. निजी क्षेत्रको संलग्नता

नेपालका निजी क्षेत्रलाई हरित वित्तका माध्यमबाट व्यवसायिक र सामाजिक लाभ प्राप्त गर्नका लागि अवसरहरू खुल्छ। सौर्य प्लान्ट,  विद्युतीय सवारी चार्जिङ स्टेशन, ईको पर्यटन र जैविक कृषि परियोजनामा लगानी गर्ने अवसरहरू प्राप्त गर्न सकिन्छ । यसले नेपालका आर्थिक र वित्तीय क्षेत्रलाई थप समृद्ध बनाउन सक्छ ।

हरित वित्तमा स्ट्राथक्लाइड विश्वविद्यालयको अध्ययन 

विद्यावारिधी अध्ययनका क्रममा मैले बेलायतमा ‘Green and Sustainable Finance’ सम्बन्धी अनुसन्धान  गरेको छुँ । वेलायतको स्ट्राथक्लाइड विश्वविद्यालय,  लेखा तथा वित्त विभागबाट ‘हरित र दिगो वित्त’ विषयमा विद्यावारिधी अध्ययन भएको थियो ।  २०१३ देखि २०२२ सम्मको विश्वव्यापी हरित ऋणपत्रहरूको तथ्यांकमा आधारित सो अनुसन्धानका क्रममा वृहतस्तरमा नमुना आकार समेटिएको थियो ।

Propensity Score Matching  साथै अन्य उपयुक्त  प्रविधिहरू तथा १० हजार र्यान्डम परीक्षणहरू प्रयोग गरेर अध्ययनका निश्कर्ष निकालिएका हुन् । यस कारण सो अनुसन्धानका निश्कर्षहरु अत्यधिक सामान्यीकरण गर्न सकिने अवस्थाका छन् ।

सो अध्ययन मुलतः  के लगानीकर्ताले हरित ऋणपत्रप्रति बढी आकर्षण देखाएका छन् ?  हरित ऋणपत्रको लोकप्रियता के कस्ता कारणले बढाउँदै छ ? कम्पनीहरूले स्वेच्छिक रूपमा प्रभाव रिपोर्टिङ किन गर्छन? भन्ने तिन प्रश्नमा केन्द्रित छ ।

व्यावहारिक (empirical) अनुसन्धानका अनुसार, हरित ऋणपत्रको लोकप्रियता सामान्य ऋणपत्रको तुलनामा ३५ देखि ४४ प्रतिशत बढी छ। यसले देखाउँछ कि लगानीकर्ताहरू अब केवल वित्तीय प्रतिफल मात्र होइन, सामाजिक र वातावरणीय प्रभावलाई पनि महत्व दिन थालेका छन । यो तथ्यले नेपाल सरकार, स्थानीय निकाय र ठुला संस्थाहरुलाई वातावरणमैत्री लगानीका लागि स्रोत जुटाउन सजिलो हुने देखिन्छ ।

यस्तै ग्रिन बण्ड जारी गर्ने कम्पनीहरुले न्युनतम कार्बनडाईअक्साइड उत्सर्जन,  हरित नवप्रवर्तनमा उच्च लगानी, र न्युनतम वातावरणीय, सामाजिक शुशासन (ESG) कायम भएमा लगानी गर्न आकृषित हुने देखिएको छ ।

नेपालमा यी दुई पक्षमा सुनिश्चिता दिनका लागि संभावित नेपाली ऋणपत्र जारीकर्ताहरूले आफ्नो रणनीति सुधार गर्न र बजारको आवश्यकता अनुसार योजना बनाउन आवश्यक छ । यसले दीर्घकालीन वातावरणीय दिगोपनतर्फ योगदान  पुर्याउने मात्र नभई हरित अर्थतन्त्र निर्माणका लागि हरित वित्त निर्माण गर्न सक्दछ ।

दोस्रो व्यावहारिक अनुसन्धानका अनुसार, हरित बन्धपत्रको मागमा कम्पनीस्तरमा देखिने भिन्नताहरू खासगरी पूर्व-घोषित वातावरणीय प्रदुषण र प्रभाव (जस्तै: न्युनतम CO₂ उत्सर्जन,  हरित नवप्रवर्तनमा उच्च लगानी, र न्युनतम वातावरणीय, सामाजिक तथा शासन (ESG) जोखिम घटनाहरूले स्पष्ट पार्दछन्। यी निष्कर्षहरूले हालका र भविष्यका ऋणपत्र जारीकर्ताहरूलाई आफ्नो रणनीति सुधार गर्न र बजारको आवश्यकता अनुसार योजना बनाउन सहयोग पुर्‍याउँछन्, जसले दीर्घकालीन वातावरणीय दिगोपनतर्फ योगदान पुर्‍याउँछ।

तेस्रो व्यावहारिक अनुसन्धानमा विश्वव्यापी रूपमा संकलित तथ्यांक प्रयोग गरी ग्रिन बण्डकेा प्रभाव प्रतिवेदन अभ्यास ती प्रतिवेदनहरू सार्वजनिकरूपमा प्रकाशित गर्ने प्रेरणाको अध्ययन गरेकेा छुं ।

  प्रभाव प्रतिवेदन स्वेच्छिक हुने हुँदा यसलाई एक किसिमकोमहँगो सिग्नल’ (costly signal) को रूपमा पनि हेरिन्छ, जसअनुसार उच्च वातावरणीय प्रभाव प्रदर्शन गरेका अधिक वातावरणिय जोखिम बोकेका कम्पनीहरू आफ्नो वातावरणीय प्रतिबद्धता देखाउन यस्ता प्रतिवेदन प्रकाशित गर्न अधिक इच्छुक देखिन्छन्।

चीन र जापानले हरित बन्ड जारी गरेर ठूलो सफलता प्राप्त गरिसकेका छन् । चीनले रेल्वे, सौर्य र वायु ऊर्जा, र विद्युतीय ठूला बसमा लगानीका लागि हरित बन्ड जारी गरेको छ । यस्तै जापानले २० ट्रिलियन जापानी एन बराबरको हरित रूपान्तरण बन्ड जारी गरेर दीर्घकालीन लगानी आकर्षित गरेको छ ।

 

ग्रिन बण्ड र यसको उपयोगिता

हरित ऋणपत्र भनेको एक वित्तीय उपकरण हो जसले जलवायु संवेदनशील र दिगो परियोजनाहरूमा पूँजी प्रवाह सुनिश्चित गर्न काम गर्छ। यसमा संकलित रकम जलविद्युत, सौर्य ऊर्जा, कार्बन न्यूनीकरण र वातावरणीय संरक्षणमा लगानी गर्न प्रयोग हुन्छ । नेपालमा हरित ऋणपत्रमार्फत ठूला नवीकरणीय ऊर्जा परियोजनाहरूमा पूँजी लगानी गर्न सकिन्छ । यसले नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउन, विद्युत निर्यात गर्न, व्यापार घाटा घटाउन र रोजगार सिर्जना गर्न मद्दत पुर्याउन सक्छ ।

वास्तवमा यी तथ्यहरुले नेपालको वित्तीय निकाय र सरकारी एजेन्सीहरूका लागि नीति निर्माणमा मार्गदर्शन गर्न सक्छन् । यो असन्धानले स्पष्ट पारेको  कुरा के हो भने अव केवल वित्तीय प्रतिफलमा मात्र नभएर दिगोपन र पारदर्शिता पनि लगानी निर्णयको केन्द्रमा पुगेका छन् । नेपाल सरकारले हरित अर्थतन्त्र निर्माणका सन्दर्भमा केहि पहल भने गरिरहेको देखिन्छ ।

Green, Resilient, Inclusive Development (GRID) Framework , हरित वित्त वर्गीकरण (Green Finance Taxonomy) जस्ता कुरा हरु अहिले क्रमिक रुपमा कार्यान्वयनमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई वातावरण मैत्री बनाउने ध्येय सहित वातावरणीय तथा समाजिक जोखीम व्यवस्थापन निर्देशिका(Environmental and Social Risk Management (ESRM) Guidelines पनि कार्यान्वयनमा ल्याएको छ । ग्रिन फाइनान्स ट्याक्सोनोपी पनि मार्गदर्शनका रुपमा प्रयोग गर्न बैंकहरुलाई उपलब्ध गराएको छ ।  नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पनि संसदीय प्रकृयामा प्रवेश गरिसकेको छ ।

नेपालले हरित ऋणपत्रको प्रभावकारी उपयोगिताका लागि केही रणनीतिक कार्यदिशाहरू अपनाउनु पर्ने हुन्छ । यसका लागि निम्न पक्षमा केन्द्रित हुन आवश्यक छ ।

नीतिगत स्पष्टता र स्थायित्व:  हरित ऋणपत्रसम्बन्धी स्पष्ट मार्गनिर्देशन र नियमन संरचना तयार गर्नुपर्छ। नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको सहकार्यमा एक हरित वित्तीय रूपरेखा तयार गर्न सकिन्छ ।

परियोजना वर्र्गीरण र प्राथमिकता:  कुन परियोजना हरित हो भन्ने मापदण्ड स्पष्ट गर्दै जलविद्युत, सौर्य ऊर्जा र स्मार्ट सहर जस्ता क्षेत्रहरूमा प्राथमिकता दिनुपर्छ ।

लगानीकर्ता आकर्षण:  कर प्रोत्साहन, रेटिङ प्रणाली र पारदर्शी रिपोर्टिङमार्फत स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सकिन्छ ।

संस्थागत प्रभाव रिपोर्टिङः स्वेच्छिक रिपोर्टिङलाई अनिवार्य बनाउँदै प्रभाव मापनलाई संस्थागत गर्नुपर्छ, जसले लगानीकर्तामा विश्वास अभिवृद्धि गर्छ ।

सार्वभौम हरित बन्ड जारी गर्ने: नेपालको पहिलो हरित बन्ड राष्ट्रिय गौरवको आयोजनामा लगानी गर्न प्रयोग गर्न सकिन्छ।

स्वदेशी उत्पादनमा आत्मनिर्भरता प्रवद्र्धन: सौर्य ऊर्जा उपकरण र विद्युतीय सवारी साधन उत्पादन, मास ट्रान्सपोर्टजस्ता क्षेत्रमा यस्तो लगानी गर्ने नीति ल्याउनु पर्छ ।

हरित वित्तका उपकरण विस्तार: बैंक र बीमा कम्पनीमार्फत हरित ऋण, हरित बीमा तथा र म्युचुअल फन्डहरू विकास गर्नुपर्छ ।

पर्यावरणमैत्री र दिगो पर्यटन प्रवद्र्धन: हरित र वातावरणमैत्री पर्यटन ग्रिन फाइनान्सको महत्वपूण लगानी क्षेत्र बनाएर नेपालको पर्यावरणीय उपलब्धताको रक्षा गर्दै लाभ सृजना गर्न सकिन्छ । यो आम्दानीको मुख्य स्रोत बन्न सक्छ।

दिगो वित्तीय शिक्षा र क्षमता अभिवृद्धि:   सरकारी कर्मचारी र निजी क्षेत्रका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

 

निष्कर्ष

हरित वित्त नेपालका लागि केवल एक वित्तीय उपकरण मात्र होइन—यो नेपालको ऊर्जा स्वावलम्बन, जलवायु प्रतिरोध क्षमता र दिगो समावेशी अर्थतन्त्र निर्माणको लागि एक रणनीतिक अवसर हो । नेपालको हरित वित्तीय प्रणालीमा ठूलो रूपान्तरणको आवश्यकता छ । नेपालले यदि सही नीतिहरू र वित्तीय संयन्त्र लागू गर्न सक्ने हो भने, हरित ऋणपत्रको सहायताले समृद्ध र सुरक्षित भविष्य सम्भव छ।

नेपालमा भइरहेका आधारभूत प्रयासहरुलाई विश्व पुँजी बजारमा प्रचलित हरित वित्तका उपकरण नेपाल भित्राएर हाम्रा विकासलाई तिव्रता दिने र वातावरणीय जोखीम तथा जलवायु परितर्वनका असर न्यूनीकरणमा  लाग्नु श्रेयष्कर हुन्छ ।

The post हरित वित्तः नेपाल रूपान्तरणको रणनीतिक आधार first appeared on Greeconomy.

]]>
https://greeconomy.com/green-finance-as-baseline-stratigy-for-nepal/feed/ 0