#Deposit - Greeconomy https://greeconomy.com Economy with environment Thu, 21 Aug 2025 05:12:23 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Deposit - Greeconomy https://greeconomy.com 32 32 बैंकहरुको कर्जा र निक्षेप दुवै घट्यो https://greeconomy.com/loan-and-deposit-decreased-in-srawan/?utm_source=rss&utm_medium=rss&utm_campaign=loan-and-deposit-decreased-in-srawan https://greeconomy.com/loan-and-deposit-decreased-in-srawan/#respond Thu, 21 Aug 2025 05:06:52 +0000 https://greeconomy.com/?p=9561 काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार महिनाको तुलनामा साउनमा निक्षेप संकलन ५२ अर्ब र कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह […]

The post बैंकहरुको कर्जा र निक्षेप दुवै घट्यो first appeared on Greeconomy.

]]>
काठमाडौं ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार महिनाको तुलनामा साउनमा निक्षेप संकलन ५२ अर्ब र कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन ।

असारमा भुक्तानी र राफसाफको दबाब पर्ने भएकाले कर्जा लगानी र निक्षेप संकलन केही बढेको थियो । तथापि, साउनमा सरकारी खर्चदेखि विकास निर्माणको काममा सुस्तता आउँने भएकाले पनि यो महिना निक्षेप संकलन र कर्जा लगानी घटेको जानकारहरुको भनाइ छ । सरकारले वर्षको सुरुवातदेखिनै पुँजीगत खर्च बढाएर विकास निर्माणको काममा गती लिन सकेको खण्डमा अगामी दिनमा कर्जा प्रवाह बढेर अर्थतन्त्र चलायमान बन्ने जानकारहरुले बताउँदै आएका छन् ।

१५ बैंकको निक्षेप संकलन घट्यो, ५ बैंकको बढ्यो

असारको तुलनामा साउन मसान्तसम्म आइपुग्दा १५ बैंकको निक्षेप संकलन घटेको छ भने ५ बैंकको बढेको छ । यसअवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । एक महिनामा यसको निक्षेप संकलन ७ अर्ब ९६ करोड रुपैयाँले बढेर ५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा समग्रमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५२ अर्ब २२ करोड रुपैयाँले घटेर ६४ अर्ब ७८ करोड रुपैयाँमा आएको छ । असार महिनामा वाणिज्य बैंकले ६५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

The post बैंकहरुको कर्जा र निक्षेप दुवै घट्यो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/loan-and-deposit-decreased-in-srawan/feed/ 0