#Civil-avation-authority-nepal - Greeconomy https://greeconomy.com Economy with environment Mon, 28 Oct 2024 01:03:44 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #Civil-avation-authority-nepal - Greeconomy https://greeconomy.com 32 32 थाई एयर एसियाको जहाजलाई प्रतिबन्ध https://greeconomy.com/thai-air-asia-band-in-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=thai-air-asia-band-in-nepal https://greeconomy.com/thai-air-asia-band-in-nepal/#respond Mon, 28 Oct 2024 01:00:31 +0000 https://greeconomy.com/?p=6374 काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ । उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कात्तिक ११ देखि […]

The post थाई एयर एसियाको जहाजलाई प्रतिबन्ध first appeared on Greeconomy.

]]>
काठमाडौँ:

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।

उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कात्तिक ११ देखि चैत २४ सम्म सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।

वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको हेा । थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो ।

The post थाई एयर एसियाको जहाजलाई प्रतिबन्ध first appeared on Greeconomy.

]]>
https://greeconomy.com/thai-air-asia-band-in-nepal/feed/ 0