#American-chamber-of-commerce - Greeconomy https://greeconomy.com Economy with environment Fri, 25 Oct 2024 05:59:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png #American-chamber-of-commerce - Greeconomy https://greeconomy.com 32 32 नेपामा लगानी ल्याउन अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह https://greeconomy.com/fncci-american-chamber/?utm_source=rss&utm_medium=rss&utm_campaign=fncci-american-chamber https://greeconomy.com/fncci-american-chamber/#respond Fri, 25 Oct 2024 05:59:50 +0000 https://greeconomy.com/?p=6340 वासिङ्टन डिसी : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा व्यापारका कारण नेपाल लगानीको आकर्षक गन्तब्य बनेको बताएका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष […]

The post नेपामा लगानी ल्याउन अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह first appeared on Greeconomy.

]]>
वासिङ्टन डिसी :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा व्यापारका कारण नेपाल लगानीको आकर्षक गन्तब्य बनेको बताएका छन् ।

अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह समेत गरेका छन् । उनले नेपालमा उत्पादन गरी यहाँको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्पm लगानीकर्ताको ध्यानाकर्षण पनि गराए ।

यसैगरि भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना उजागर गरेको भन्दै जलस्रोतमा लगानीको अवसर रहेकोमा पनि अमेरिकी लगानीकर्ताहरुलाई आश्वस्त पारे ।

नेपालकोे प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उहाँले लगानीकर्ताहरुलाई देखाए ।

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्क मार्पmत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको वताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको वताए । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए । अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागि हुने क्रममा वासिंगटनमा छन् । यसअघि उनले अन्तराष्टिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गरेका थिए ।

The post नेपामा लगानी ल्याउन अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह first appeared on Greeconomy.

]]>
https://greeconomy.com/fncci-american-chamber/feed/ 0