Greeconomy https://greeconomy.com Economy with environment Fri, 23 May 2025 10:19:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Greeconomy https://greeconomy.com 32 32 हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग https://greeconomy.com/hetauda-industrial-zone-expanding/?utm_source=rss&utm_medium=rss&utm_campaign=hetauda-industrial-zone-expanding https://greeconomy.com/hetauda-industrial-zone-expanding/#respond Fri, 23 May 2025 10:16:53 +0000 https://greeconomy.com/?p=8562 मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै मात्र त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकका बोरा उत्पादन थालेका छन् । गएको माघदेखि थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस […]

The post हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग first appeared on Greeconomy.

]]>
मकवानपुर ।

हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै मात्र त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकका बोरा उत्पादन थालेका छन् । गएको माघदेखि थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका थिए ।

औद्योगिक क्षेत्रमा हाल १० वटा उद्योगका संरचना निर्माणाधीन छन् । तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि बन्द रहेका ६ वटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले पनि फलामको काँटी उत्पादन सुरु गरेको छन्  ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेस्टी डिस्टिलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकहरूबाट जानकारी प्राप्त भएको छ ।

अमेरिकी सरकारको सहयोगमा २०२० मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा हाल १४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । तीन हजार २२८ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग र कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउविजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड सञ्चालनमा छन् ।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५९७ रोपनी छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा छन् ।

The post हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग first appeared on Greeconomy.

]]>
https://greeconomy.com/hetauda-industrial-zone-expanding/feed/ 0
पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह https://greeconomy.com/tourism-promotion-by-infructure-development/?utm_source=rss&utm_medium=rss&utm_campaign=tourism-promotion-by-infructure-development https://greeconomy.com/tourism-promotion-by-infructure-development/#respond Fri, 23 May 2025 07:29:29 +0000 https://greeconomy.com/?p=8558 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा […]

The post पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह first appeared on Greeconomy.

]]>
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालको लागि ब्रान्डको रूपमा विकास गर्नु पर्नेमा जोड दिए । “हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ,” उनले भने ।

उनले बौद्ध पर्यटन प्रवद्र्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नु पर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई कम्तिमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोही अनुरुप पर्यटक आगमन बढाउन सकेमा नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राखे ।

अर्बौंको लागतमा गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकोले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसंग आग्रह गरे । “गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ । यो कुरा पोखरा विमानस्थलमा पनि लागू हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ,” उनल भने ।

बिआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा राखे । “लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्नको लागि उपयुक्त छ । आजको द्रुत गतिको संसारमा, धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौं ,” अध्यक्ष ढकालले भने ।

उनले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गरे ।

नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनको लागि गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्दै उनले नेपालको सीमावर्ती क्षेत्रहरूमा लगभग १५ करोड भारतीयहरू मध्यम वर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटकहरूले नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकहरूले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै, सरकार र निजी क्षेत्रले मिलेर यसबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकोले लगानी गर्न आग्रह गरे ।

The post पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह first appeared on Greeconomy.

]]>
https://greeconomy.com/tourism-promotion-by-infructure-development/feed/ 0
खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय https://greeconomy.com/actionplan-to-implement-economic-reform/?utm_source=rss&utm_medium=rss&utm_campaign=actionplan-to-implement-economic-reform https://greeconomy.com/actionplan-to-implement-economic-reform/#respond Fri, 23 May 2025 06:52:38 +0000 https://greeconomy.com/?p=8555 काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवदेन क्रमिक कार्यान्वयन गर्न समयसिमा सहितको कार्ययोजना तयार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको उक्त कार्ययोजना अनुसार आयोगले दिएको सुझावहरु विभिन्न चरणमा अधिकतम तीन वर्षभित्र कार्यान्वयनमा ल्याइसकिने जनाइएको छ । प्रतिवेदन कार्यान्वयन गर्न तत्कालीन, ६ महिने, एक वर्षे, दुई वर्ष […]

The post खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय first appeared on Greeconomy.

]]>
काठमाडौं ।

सरकारले पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवदेन क्रमिक कार्यान्वयन गर्न समयसिमा सहितको कार्ययोजना तयार गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको उक्त कार्ययोजना अनुसार आयोगले दिएको सुझावहरु विभिन्न चरणमा अधिकतम तीन वर्षभित्र कार्यान्वयनमा ल्याइसकिने जनाइएको छ । प्रतिवेदन कार्यान्वयन गर्न तत्कालीन, ६ महिने, एक वर्षे, दुई वर्ष र तीन वर्षसम्मको कार्यायोजना बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव चुडामणि पौडेल संयोजकत्वको समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४ आवधिक कार्यायोजना तयार पारेर सार्वजनिक गरेको हो ।

कार्ययोजना अनुसार १४ वटा कानून खारेज गर्ने सुझावलाई २ वर्षभित्र कार्यान्वयन गरिनेछ । यसका लागि सम्बन्धित मन्त्रालयले तयारी गर्नुपर्ने छ । विभिन्न मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल पर्यटन बोर्ड, नपाल दूरसञ्चार प्राधिकरण, विश्वविद्यालयहरुसहितलाई जिम्मेवार निकाय तोकेर कार्ययोजना तयार पारिएको छ ।
कार्ययोजनामा आयोगको प्रतिवेदनमा औल्याइएका सुधारका सुझावहरुलाई ४०८वटा क्रियाकलापका रुपमा सूचिकृत गरी ती कार्यान्वयन गर्ने निकाय, अनुगमन गर्ने निकाय, कार्यान्वयनमा ल्याइसक्ने अवधि र लक्षित उपलब्धी समेत तोकिएको छ ।

 

 

The post खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय first appeared on Greeconomy.

]]>
https://greeconomy.com/actionplan-to-implement-economic-reform/feed/ 0
सान्भी इनर्जीको आईपीओ आवेदन खुला https://greeconomy.com/ipo-sanvey-energy/?utm_source=rss&utm_medium=rss&utm_campaign=ipo-sanvey-energy https://greeconomy.com/ipo-sanvey-energy/#respond Fri, 23 May 2025 04:12:03 +0000 https://greeconomy.com/?p=8553 काठमाडौं । सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) शुक्रबारदेखि आवेदन  खुलेको छ । सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।  न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । कम्पनीले […]

The post सान्भी इनर्जीको आईपीओ आवेदन खुला first appeared on Greeconomy.

]]>
काठमाडौं ।

सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) शुक्रबारदेखि आवेदन  खुलेको छ ।

सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।  न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेकोमध्ये  २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो

सान्भी इनर्जीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ । केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले जोखिम मध्यमस्तरमा रहेको जनाउँछ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ , प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा र १२ करोड रुपैयाँ सञ्चित नोक्सानी छ ।

The post सान्भी इनर्जीको आईपीओ आवेदन खुला first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ipo-sanvey-energy/feed/ 0
नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने https://greeconomy.com/naima-auto-show/?utm_source=rss&utm_medium=rss&utm_campaign=naima-auto-show https://greeconomy.com/naima-auto-show/#respond Thu, 22 May 2025 08:32:12 +0000 https://greeconomy.com/?p=8550 काठमाडौं ।  अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको छ । यो अटो शो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार ४४ स्टल उपलब्ध रहेकोमा ४८ वटा स्टलका लागि आवेदन दिएका थिए । त्यसैले सबै उद्योग सहभागीहरूलाई समेट्नका लागि […]

The post नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने first appeared on Greeconomy.

]]>
काठमाडौं ।  अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको छ ।

यो अटो शो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार ४४ स्टल उपलब्ध रहेकोमा ४८ वटा स्टलका लागि आवेदन दिएका थिए । त्यसैले सबै उद्योग सहभागीहरूलाई समेट्नका लागि अतिरिक्त स्टल स्थानहरू सिर्जना गर्नु परेको नाइमाले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने उनले बताइन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।

The post नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/naima-auto-show/feed/ 0
प्युठानमा गतवर्षभन्दा घट्यो बेरुजु https://greeconomy.com/annual-audit-report-of-pyuthan/?utm_source=rss&utm_medium=rss&utm_campaign=annual-audit-report-of-pyuthan https://greeconomy.com/annual-audit-report-of-pyuthan/#respond Thu, 22 May 2025 08:22:37 +0000 https://greeconomy.com/?p=8547 प्युठान। महालेखा परीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदन अनुसार प्युठान जिल्लामा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । अघिल्लो वर्षको तुलनामा पाँच करोड २१ लाख एक हजार कम बेरुजु आएको हो । जिल्लाको नौ वटा स्थानीय तहमा गरी ३१ करोड ९३ लाख ३४ हजार रुपियाँ बेरुजु देखिएको छ । अघिल्लो वर्ष ३७ करोड २१ […]

The post प्युठानमा गतवर्षभन्दा घट्यो बेरुजु first appeared on Greeconomy.

]]>
प्युठान।

महालेखा परीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदन अनुसार प्युठान जिल्लामा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । अघिल्लो वर्षको तुलनामा पाँच करोड २१ लाख एक हजार कम बेरुजु आएको हो ।

जिल्लाको नौ वटा स्थानीय तहमा गरी ३१ करोड ९३ लाख ३४ हजार रुपियाँ बेरुजु देखिएको छ । अघिल्लो वर्ष ३७ करोड २१ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

सकैभन्दा बढी स्वर्गद्वारी नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाको बेरुजु रहेको छ । स्वर्गद्वारीमा पाँच करोड २६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । मल्लरानी गाउँपालिकाको १ करोड ९३ लाख ३७ हजार रुपियाँ बेरुजु रहेको छ ।

ऐरावती गाउँपालिकाको चार करोड ६९ लाख ६२ हजार, झिमरुक गाउँपालिकाको चार करोड ४९ लाख ७९ हजार, माण्डवी गाउँपालिकाको तीन करोड ७१ लाख ९१ हजार, सरुमारानी गाउँपालिकाको तीन करोड २४ लाख बेरुजु रहेको छ ।

The post प्युठानमा गतवर्षभन्दा घट्यो बेरुजु first appeared on Greeconomy.

]]>
https://greeconomy.com/annual-audit-report-of-pyuthan/feed/ 0
जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता https://greeconomy.com/flood-alart-system-in-hydro-power/?utm_source=rss&utm_medium=rss&utm_campaign=flood-alart-system-in-hydro-power https://greeconomy.com/flood-alart-system-in-hydro-power/#respond Wed, 21 May 2025 16:45:26 +0000 https://greeconomy.com/?p=8543 काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधवार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीके उपस्थितीमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी […]

The post जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता first appeared on Greeconomy.

]]>

काठमाडौं । 

जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

बुधवार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीके उपस्थितीमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानकातर्फबाट अध्यक्ष गणेश कार्कीले एमओयूमा हस्ताक्षर गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले यस ऐतिहासिक सम्झौताको सफल कार्यान्वयन ऊर्जा क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताए । यसको कार्यान्वयनका क्रममा आयोजनाको केही लागत बढेपनि पूर्वसूचनाबाट पाइने लाभको अगाडि त्यो नगन्य हुने हुनाले सबै आयोजनाले यसलाई सहज रुपमा लिने पनि खड्काले विश्वास व्यक्त गरे ।

ऊर्जा सचिव सुरेश आचार्यले आयोजनामा हुने क्षति न्युनिकरणका लागि इप्पान र डिएचएमबीच भएको सम्झौताले निकै ठूलो अर्थ राख्ने बताए । जलस्रोत तथा सिंचाइ सचिव सरिता दवाडी र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले यो सम्झौता ऐतिहासिक हुने बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको मौसम विज्ञान विभाग र निजी क्षेत्रका ६०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरुको छाता संस्था इप्पानबीच भएको यो समझदारीले जलविद्युत आयोजनामा हुने बाढी पहिरोको क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्ने विभागका महानिर्देशक कमलराम जोशीले बताए ।

उनले निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजनामा जडान गरीएका र आगामी दिनमा जडान हुने बाढी पहिरोको पूर्वसूचना प्रणालीलालाई जल तथा मौसम विज्ञान विभागको नेटवर्कसँग आवद्ध गर्दै विद्युत आयोजना स्थलमा वर्षा, बाढी र पहिरोको जोखिमको सूचना समयमै प्रवाह गरी सुरक्षा सतर्कता अपनाउने र मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले इप्पान र विभागबीच यो सम्झौता भएको बताए ।

इप्पानका अध्यक्ष गणेश कार्कीले यस सम्झौतापछि जलविद्युत आयोजनामा विगतको जस्तो बाढी पहिरोको असरले ठूलो भौतिक तथा मानवीय क्षति हुन नपाउने विश्वास व्यक्त गरे । उनले गत वर्ष काठमाडौंमा आएको बाढीले २८ किलोमिटर पर रहेको एउटा जलविद्युत आयोजनासमेत बचाउन नसकिएको बताउँदै बाढीपहिरोपछि बीमा दाबी भुक्तानीका सन्दर्भमा पनि अर्को समस्या रहिरहेको बताए । पूर्वसूचना प्रणालीले आयोजनामा क्षति कम भई बीमा कम्पनीमा दाबी पनि कम पर्ने उनले विश्वास व्यक्त गरे ।

‘१ दिन अघिको सूचनाले त धेरै क्षति कम गर्न सकिन्छ भने यहाँ त ७ दिन अघिको पूर्वसूचना पाउने प्रविधि आइसकेको अवस्था छ । यसले पक्कै पनि आयोजनामा हुने क्षति निकै कम हुने विश्वास छ ,’ उनले भने ।

५ वर्षका लागि गरिएको यो समझदारी पत्र कार्यान्वयनका लाग इप्पान र विभागबाट १/१ जना प्रतिनिधि तोकिने छ । दुवै पक्ष सहमत भएमा यसको समय थप हुनुका साथै कुनै एक पक्ष सहमत नभएमा यो सम्झौता खारेज गर्न सकिनेछ । दुवै पक्षको आपसी सहमतीबाट एक महिनाको पूर्वसूचना दिएर जुनसुकै बेला समझदारीक पत्र संशोधन गर्न सकिने भएपनि समझदारी पत्र संशोधन गर्दा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सहमती लिनुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौता अनुसार विभागले बाढी आउने सम्भावित समय जेठ १५ देखि असोज १५ गतेसम्म नदी बेसिनका आधारमा वर्षा र जलसतह सम्बन्धी रियल टायम तथ्याङ्क एप्लीकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत इप्पान तथा यसका सदस्य आयोजनालाई उपलब्ध गराउने छ । यसमा नदी बेसिन अनुसार वर्गिकरण गरिएको डाटा र सम्बन्धित ठाउँको ३ दिन वा उपलबुध भएसम्मको मौसम पूर्वानुमानको तथ्याङ्क फाइल ट्रान्सफर पोर्टोकल (एफटीएफ) लिङ्कमार्फत विभागले इप्पानलाई उपलब्ध गराउने छ ।

The post जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/flood-alart-system-in-hydro-power/feed/ 0
भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात https://greeconomy.com/electricity-export-to-india-begains/?utm_source=rss&utm_medium=rss&utm_campaign=electricity-export-to-india-begains https://greeconomy.com/electricity-export-to-india-begains/#respond Wed, 21 May 2025 16:36:25 +0000 https://greeconomy.com/?p=8541 काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले छिमेकी राष्ट्र भारतमा विद्युत् बिक्री गर्न थालेको छ । केहीदिन यता परेको वर्षाका कारण विद्युत् उत्पादन बढेपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो । गत शनिबारदेखि दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले जानकारी दिए । भारतको प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेञ्ज (आइइएक्स)को रियल टाइम […]

The post भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात first appeared on Greeconomy.

]]>
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले छिमेकी राष्ट्र भारतमा विद्युत् बिक्री गर्न थालेको छ । केहीदिन यता परेको वर्षाका कारण विद्युत् उत्पादन बढेपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो ।

गत शनिबारदेखि दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले जानकारी दिए । भारतको प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेञ्ज (आइइएक्स)को रियल टाइम मार्केटमा रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात भइरहेको छ ।

अहिले आन्तरिक उत्पादन करिब १५०० मेगावाटको हाराहारीमा छ । तर, पिक आवरमा डिमाण्ड भने २००० मेगावाटको हाराहारीमा पुग्छ । नेपालले पिक आवरमा भारतबाट आयात गर्ने रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात गर्ने गरेको छ ।

The post भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात first appeared on Greeconomy.

]]>
https://greeconomy.com/electricity-export-to-india-begains/feed/ 0
नीतिगत स्थायित्व प्राथमिकतामाः गभर्नर पौडेल https://greeconomy.com/policy-stability-on-priority-governer/?utm_source=rss&utm_medium=rss&utm_campaign=policy-stability-on-priority-governer https://greeconomy.com/policy-stability-on-priority-governer/#respond Wed, 21 May 2025 14:04:12 +0000 https://greeconomy.com/?p=8538 काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए। “निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । […]

The post नीतिगत स्थायित्व प्राथमिकतामाः गभर्नर पौडेल first appeared on Greeconomy.

]]>
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् ।

निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए।

“निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरु पूर्वानूमानयोग्य हुनु पर्दछ । बैकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरुसंग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,” उनले भने । गभर्नर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए ।

नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिंदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए ।

“चालु आवमा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थीरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका निितहरु प्नि स्थीर हुन आवश्यक छ,” अध्यक्ष ढकालले भने ।

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामिण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउु पर्ने सुझाव दिए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पंूजी कर्जा सम्बन्धि मार्ग दर्शन रहेको हँुँदा यसलाई क्षेत्र हेरी सहज बनाउनु पर्ने बताए ।

महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आवमा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हँुदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बंैकले भूमिका खेल्नु पर्ने बताए ।

यस्तै महासंघको प्रतिनिधीमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

 

The post नीतिगत स्थायित्व प्राथमिकतामाः गभर्नर पौडेल first appeared on Greeconomy.

]]>
https://greeconomy.com/policy-stability-on-priority-governer/feed/ 0
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता https://greeconomy.com/governor-and-finmin/?utm_source=rss&utm_medium=rss&utm_campaign=governor-and-finmin https://greeconomy.com/governor-and-finmin/#respond Wed, 21 May 2025 06:54:57 +0000 https://greeconomy.com/?p=8535 काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता  गरेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता  गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि […]

The post अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता first appeared on Greeconomy.

]]>
काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता  गरेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता  गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए ।

The post अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/governor-and-finmin/feed/ 0