Back To Top

February 20, 2026

जलवायु विपतले महिलालाई थप चुनौति

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ ।

राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताइन् ।

पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने भएकाले पनि विपतले उनीहरु बढी प्रभावित हुने गरेको उनको भनाइ थियो । होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले ‘रेजिलेन्ट फन्ड’ हरुपूर्वाधार विकासमा मात्र केन्द्रित रहेको र यसलाई लैङ्गििक रुपले समावेशी पनि उत्तरदायी बनाउन आवश्यक रहेको औल्याइन् ।

जलवायु परिवर्तनले बसाइसराइ बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको त्रिपक्षीय बोझ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।

United long banner ad
Prev Post

नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा १० भिजन

Next Post

घोषणापत्रमा ऊर्जाः समृद्धिको मूख्य आधार,यस्ता छन् लक्ष्य

post-bars

Leave a Comment