Tourism - Greeconomy https://greeconomy.com Economy with environment Thu, 26 Feb 2026 04:43:45 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Tourism - Greeconomy https://greeconomy.com 32 32 चुनावका दिन यातायात तथा आन्तरिक उडान बन्द रहने https://greeconomy.com/election-preparation/?utm_source=rss&utm_medium=rss&utm_campaign=election-preparation https://greeconomy.com/election-preparation/#respond Thu, 26 Feb 2026 04:43:02 +0000 https://greeconomy.com/?p=11050 काठमाडौँ। आगामी साता हुने प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको सार्वजनिक यातायात तथा आन्तरिक उडानसमेत बन्द रहने भएको छ । पर्यटकको घुमफिरमा रोक लगाइएको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते मतदानका दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशी पर्यटकको घुमफिरमा रोक लगाइएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले   निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उक्त दिन […]

The post चुनावका दिन यातायात तथा आन्तरिक उडान बन्द रहने first appeared on Greeconomy.

]]>

काठमाडौँ।

आगामी साता हुने प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको सार्वजनिक यातायात तथा आन्तरिक उडानसमेत बन्द रहने भएको छ ।

पर्यटकको घुमफिरमा रोक लगाइएको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते मतदानका दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशी पर्यटकको घुमफिरमा रोक लगाइएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले   निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उक्त दिन देशभरको सार्वजनिक यातायात तथा आन्तरिक उडानसमेत बन्द रहने भएकाले पर्यटकीय गन्तव्यमा पर्यटकको घुमफिरमा रोक लगाइएको बताए । निर्वाचन परिवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थाबाट आउने विदेशी पाहुनाको सम्पूर्ण व्यवस्थापन आयोगले नै गर्ने उक्त दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेल र होटेलबाट विमानस्थलसम्म जाने पर्यटकको आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचनको दिन अत्यावश्यक उद्धार तथा चार्टर्ड उडानबाहेक देशभरको आन्तरिक उडान बन्द रहने छन् भने अन्तर्राष्ट्रिय उडान भने नियमित रहने छन् । अन्तर्राष्ट्रिय उडानतर्फ ओहोरदोहोर गर्ने सर्वसाधारणलाई हवाई टिकटका आधारमा यात्रा अनुमति दिने व्यवस्था मिलाइएको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एड्भाइजरी जारी गर्दै नेपाल पर्यटनका लागि खुला रहेको र मतदानको दिन विमानस्थलबाट होटेल तथा होटेलबाट विमानस्थल आवतजावतका लागि सटल बस सेवा सञ्चालन गरिने जनाएको छ । त्यस्तै पर्यटक बोक्ने इच्छुक कम्पनीलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन सिफारिसपत्र दिने व्यवस्था गरिएको जनाएको छ । बोर्डले निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सबै सीमानाका बन्द गरिने जानकारी दिँदै निर्वाचन अविधिभर देशभरका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्वपूर्ण ऐतिहासिक स्थल भने खुला रहने जनाइएको छ ।

The post चुनावका दिन यातायात तथा आन्तरिक उडान बन्द रहने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/election-preparation/feed/ 0
जलवायु विपतले महिलालाई थप चुनौति https://greeconomy.com/climate-indused-disastor-affects-more-to-women/?utm_source=rss&utm_medium=rss&utm_campaign=climate-indused-disastor-affects-more-to-women https://greeconomy.com/climate-indused-disastor-affects-more-to-women/#respond Fri, 20 Feb 2026 12:10:53 +0000 https://greeconomy.com/?p=11007 काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ । राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताइन् […]

The post जलवायु विपतले महिलालाई थप चुनौति first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ ।

राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताइन् ।

पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने भएकाले पनि विपतले उनीहरु बढी प्रभावित हुने गरेको उनको भनाइ थियो । होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले ‘रेजिलेन्ट फन्ड’ हरुपूर्वाधार विकासमा मात्र केन्द्रित रहेको र यसलाई लैङ्गििक रुपले समावेशी पनि उत्तरदायी बनाउन आवश्यक रहेको औल्याइन् ।

जलवायु परिवर्तनले बसाइसराइ बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको त्रिपक्षीय बोझ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।

The post जलवायु विपतले महिलालाई थप चुनौति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/climate-indused-disastor-affects-more-to-women/feed/ 0
अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै https://greeconomy.com/tourist-folw-incresaed-in-annapurna/?utm_source=rss&utm_medium=rss&utm_campaign=tourist-folw-incresaed-in-annapurna https://greeconomy.com/tourist-folw-incresaed-in-annapurna/#respond Tue, 10 Feb 2026 01:48:43 +0000 https://greeconomy.com/?p=10953 काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा […]

The post अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै first appeared on Greeconomy.

]]>

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्। यो संख्या हालसम्मकै उच्च हो। सबैभन्दा कम पर्यटक सन् २०२१ मा मात्र १६ हजार १०५ जना पुगेका थिए, जुन कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभाव थियो।

एक्यापका अनुसार सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम पर्यटक आगमन हुँदै आएकोमा सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटक संख्या एक लाख नाघेको थियो। त्यसपछि सन् २०१५ को गोरखा भूकम्पले पर्यटक आगमनमा असर पारे पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा फर्किएको देखिन्छ।
सन् २०२२ पछि पर्यटक आगमनमा निरन्तर वृद्धि भएको छ ।

सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन्।

एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ जना रहेका छन्। उनका अनुसार पर्यटक आगमन बर्सेनि बढ्दो छ । पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र आकर्षणको केन्द्र बनेको उनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानीलगायतका गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र जीवनशैलीका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।

अन्नपूर्ण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। छोटोदेखि लामो दूरीसम्मका पदमार्ग, पर्यटनमैत्री पूर्वाधार र स्थानीयवासीको आतिथ्यताले अन्नपूर्ण चक्रीय पदमार्गलाई अझ आकर्षक बनाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

The post अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै first appeared on Greeconomy.

]]>
https://greeconomy.com/tourist-folw-incresaed-in-annapurna/feed/ 0
पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने https://greeconomy.com/ntb-photo-expo/?utm_source=rss&utm_medium=rss&utm_campaign=ntb-photo-expo https://greeconomy.com/ntb-photo-expo/#respond Sun, 08 Feb 2026 05:02:05 +0000 https://greeconomy.com/?p=10941 काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’  पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ । तीनदिने यो […]

The post पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने first appeared on Greeconomy.

]]>
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’  पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ ।

तीनदिने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने एनटीबीले जनाएको छ । एनटीबीका अनुसार प्रदर्शनीको उद्देश्य प्रतिभाशाली फोटोग्राफरहरूको सिर्जनात्मक दृष्टिकोणमार्फत नेपालका लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्नु हो ।

यसले आगन्तुकहरूलाई नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको दृश्यात्मक अनुभव प्रदान गर्ने विश्वास बोर्डले लिएको छ । कोञ्ज्योसोम गाउँपालिका वडा नं. ५, भारदेउ र कोञ्ज्योसोम धार्मिक पर्यटन समितिको संयुक्त आयोजनामा प्रदर्शनी गर्न लागिएको हो ।

The post पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ntb-photo-expo/feed/ 0
एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको समानुपातिकमा https://greeconomy.com/sachin-dhakal-on-rsp-list/?utm_source=rss&utm_medium=rss&utm_campaign=sachin-dhakal-on-rsp-list https://greeconomy.com/sachin-dhakal-on-rsp-list/#respond Mon, 29 Dec 2025 20:55:24 +0000 https://greeconomy.com/?p=10742 काठमाडौँ — फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् । सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमासमेत सक्रीय उनको व्यवस्थापन इला कम्फर्ट होटलहरू […]

The post एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको समानुपातिकमा first appeared on Greeconomy.

]]>
काठमाडौँ — फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् ।

सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।

पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमासमेत सक्रीय उनको व्यवस्थापन इला कम्फर्ट होटलहरू सञ्चालनमा छन् ।

The post एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको समानुपातिकमा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/sachin-dhakal-on-rsp-list/feed/ 0
सुदुरपश्चिममा पहिलो पाँचतारे होटल खुल्ने https://greeconomy.com/hotel-holiday-inn-by-ihg-dhangadi/?utm_source=rss&utm_medium=rss&utm_campaign=hotel-holiday-inn-by-ihg-dhangadi https://greeconomy.com/hotel-holiday-inn-by-ihg-dhangadi/#respond Wed, 24 Dec 2025 05:11:19 +0000 https://greeconomy.com/?p=10701 काठमाडौँ सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल धनगढीमा खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेनस्तरको सो होटेल व्यवस्थापनका लागि क्लब चौलानी लिमिटेडसँग मङ्गलबार सम्झौता भएको छ । ४० प्रतिशत निर्माणसम्पन्न भइसकेको सो होटेल व्यवस्थापनको सम्झौतामा क्लब चौलानीका तर्फबाट डा. राजेन्द्र केसी र आइएचजी होटल्सका दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गर्नुभयो । धनगढीमा खुल्ने होटेल होलिडे […]

The post सुदुरपश्चिममा पहिलो पाँचतारे होटल खुल्ने first appeared on Greeconomy.

]]>
काठमाडौँ

सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल धनगढीमा खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेनस्तरको सो होटेल व्यवस्थापनका लागि क्लब चौलानी लिमिटेडसँग मङ्गलबार सम्झौता भएको छ ।

४० प्रतिशत निर्माणसम्पन्न भइसकेको सो होटेल व्यवस्थापनको सम्झौतामा क्लब चौलानीका तर्फबाट डा. राजेन्द्र केसी र आइएचजी होटल्सका दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गर्नुभयो । धनगढीमा खुल्ने होटेल होलिडे इन बाई आइएचजीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पाँच प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहने छन् ।

कुल दुई अर्ब २० करोड रुपियाँ लगानीमा बन्ने सो होटेलमा एक अर्ब ४३ करोड रुपियाँ बैङ्क ऋण र ७७ करोड रुपियाँ प्रवर्धकको स्वपुँजीमार्फत लगानी व्यवस्थापन गर्न लागिएको हस्ताक्षर समारोहमा जानकारी गराइएको छ ।

The post सुदुरपश्चिममा पहिलो पाँचतारे होटल खुल्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/hotel-holiday-inn-by-ihg-dhangadi/feed/ 0
पर्यटकको अनलाइन ट्र्याकिङ हुँदै https://greeconomy.com/online-tracking-of-tourist-begained/?utm_source=rss&utm_medium=rss&utm_campaign=online-tracking-of-tourist-begained https://greeconomy.com/online-tracking-of-tourist-begained/#respond Sun, 30 Nov 2025 01:55:44 +0000 https://greeconomy.com/?p=10542 काठमाडौं । नेपाल आउने सबै पर्यटकको अनलाइन ट्र्याकिङ हुँदैछ । सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा प्रणाली अनिवार्य लागु गरिनेछ । दोस्रो चरणको अभियान १ मार्च २०२६ देखि देशैभरि लागु हुने विभागले जनाएको छ […]

The post पर्यटकको अनलाइन ट्र्याकिङ हुँदै first appeared on Greeconomy.

]]>
काठमाडौं ।

नेपाल आउने सबै पर्यटकको अनलाइन ट्र्याकिङ हुँदैछ । सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा प्रणाली अनिवार्य लागु गरिनेछ ।

दोस्रो चरणको अभियान १ मार्च २०२६ देखि देशैभरि लागु हुने विभागले जनाएको छ । यो प्रणालीले विदेशीको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने छ । साथै आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सहज हुने छ । यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गर्न लागेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

यो प्रणाललीमा देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्ज जोडिनु पर्ने छ । यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशीलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरिएको छ ।

यो प्रणाली कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशीको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ ।

यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदानको प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने प्रवक्ता ढकालले बताए । विभागले आफ्नो वेबसाइटमा यो प्रणालीमा आबद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।

The post पर्यटकको अनलाइन ट्र्याकिङ हुँदै first appeared on Greeconomy.

]]>
https://greeconomy.com/online-tracking-of-tourist-begained/feed/ 0
लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना https://greeconomy.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a1-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b2%25e0%25a5%258b%25e0%25a4%25ac%25e0%25a5%2587%25e0%25a4%259a%25e0%25a5%2587%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2585%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%25bf%25e0%25a4%259a%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a5%2581%25e0%25a4%25a1-%25e0%25a4%258f%25e0%25a4%25af%25e0%25a4%25b0%25e0%25a4%2595 https://greeconomy.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a1-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95/#respond Wed, 29 Oct 2025 05:19:46 +0000 https://greeconomy.com/?p=10215 काठमाडौ । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा कुनै मानवीय क्षति भने […]

The post लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना first appeared on Greeconomy.

]]>
काठमाडौ ।

सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ  ।

पाइलट खड्कालाई कैलास एयरको हेलिमार्फत  लुक्ला ल्याइएको छ । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण विहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए ।

The post लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a1-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95/feed/ 0
हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने https://greeconomy.com/%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a4-%25e0%25a4%25b9%25e0%25a5%258b%25e0%25a4%259f%25e0%25a5%2587%25e0%25a4%25b2-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25a8%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a3 https://greeconomy.com/%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/#respond Mon, 27 Oct 2025 03:43:43 +0000 https://greeconomy.com/?p=10174 काठमाडौँ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्  । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण होटेल बन्द गर्ने सूचना जारी भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले […]

The post हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने first appeared on Greeconomy.

]]>
काठमाडौँ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।

होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्  ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण होटेल बन्द गर्ने सूचना जारी भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने आश्वासन दिइएको थियो । होटेल व्यवस्थापनले उक्त आश्वासनप्रति आभार व्यक्त गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटेलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

होटेल बन्द भएसँगै सम्बन्धित क्रियाशील ट्रेड युनियनले आफूहरूसँग कुनै छलफल नगरी होटेल व्यवस्थापनले अनिश्चितकालका लागि होटेल बन्द गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका थिए ।

 

The post हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/feed/ 0
सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट https://greeconomy.com/tousist-arrival-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=tousist-arrival-nepal https://greeconomy.com/tousist-arrival-nepal/#respond Wed, 08 Oct 2025 04:17:25 +0000 https://greeconomy.com/?p=10043 काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । गत वर्ष सेप्टेम्बरमा ९६ […]

The post सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट first appeared on Greeconomy.

]]>

काठमाडौँ ।

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । गत वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गएको अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको तथ्यांकअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलंकाबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।

The post सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट first appeared on Greeconomy.

]]>
https://greeconomy.com/tousist-arrival-nepal/feed/ 0