News - Greeconomy https://greeconomy.com Economy with environment Fri, 13 Mar 2026 05:31:44 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png News - Greeconomy https://greeconomy.com 32 32 राहदानी वितरण सेवा अवरुद्ध हुने https://greeconomy.com/passport-issuance-to-be-haulted-for-upto-three-week/?utm_source=rss&utm_medium=rss&utm_campaign=passport-issuance-to-be-haulted-for-upto-three-week https://greeconomy.com/passport-issuance-to-be-haulted-for-upto-three-week/#respond Fri, 13 Mar 2026 05:29:26 +0000 https://greeconomy.com/?p=11124 काठमाडौँ । राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा सास्या देखा पर्ने भएकोेले सेवा बन्द गर्न लागेको जनकारी दिएको हो । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ । अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण […]

The post राहदानी वितरण सेवा अवरुद्ध हुने first appeared on Greeconomy.

]]>
काठमाडौँ । राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा सास्या देखा पर्ने भएकोेले सेवा बन्द गर्न लागेको जनकारी दिएको हो ।

अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ ।

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्लारइलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।

विभागले नयाँ प्रणाली सुरू हुने मिति र उक्त अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचनामार्फत जानकारी गराइने बताएको विभागले जनाएको छ । विभागले उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ,’ विभागले भनेको छ ।

The post राहदानी वितरण सेवा अवरुद्ध हुने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/passport-issuance-to-be-haulted-for-upto-three-week/feed/ 0
समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने https://greeconomy.com/vote-counting-completed/?utm_source=rss&utm_medium=rss&utm_campaign=vote-counting-completed https://greeconomy.com/vote-counting-completed/#respond Wed, 11 Mar 2026 08:43:53 +0000 https://greeconomy.com/?p=11113 काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी […]

The post समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने first appeared on Greeconomy.

]]>

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।

पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए ।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।

यसैबीच समानुपातिक निर्वाचनको गणनामा एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४५ हजार ६८१ सहित अग्रता कायम गरेको छ ।

नेपाली काँग्रेसले १७ लाख ५४ हजार ५२, नेकपा (एमाले) ले १४ लाख ५१ हजार ७५९, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख ८ हजार ५८२, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ५९ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउन सकेनन् ।

The post समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/vote-counting-completed/feed/ 0
रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक https://greeconomy.com/rabi-lamichane-election-expences/?utm_source=rss&utm_medium=rss&utm_campaign=rabi-lamichane-election-expences https://greeconomy.com/rabi-lamichane-election-expences/#respond Wed, 11 Mar 2026 06:15:03 +0000 https://greeconomy.com/?p=11111 काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अभियानका लागि उनले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले विभिन्न शीर्षकमा भएको खर्चको […]

The post रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक first appeared on Greeconomy.

]]>

काठमाडौं ।

रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अभियानका लागि उनले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले विभिन्न शीर्षकमा भएको खर्चको विवरण आयोगमा पेश गरेका हुन् । विवरणअनुसार उम्मेदवारी मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ तथा गोष्ठी र भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगको नियमअनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले चुनाव सम्पन्न भएपछि आफ्नो आय-व्ययको विस्तृत विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

The post रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक first appeared on Greeconomy.

]]>
https://greeconomy.com/rabi-lamichane-election-expences/feed/ 0
एलपी ग्यासको आपूर्तिमा समस्या https://greeconomy.com/lp-gas-scarcity-in-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=lp-gas-scarcity-in-nepal https://greeconomy.com/lp-gas-scarcity-in-nepal/#respond Wed, 11 Mar 2026 06:04:00 +0000 https://greeconomy.com/?p=11109 काठमाडौँ ।  खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिन थालेको छ । ग्यासको अभाव सिर्जना हुँदै जादाँ कालोबजारी समेत बढ्दै गएको छ । इजरायलले इरानसहित खाडी मुलुकको इन्धन भण्डारमा गरेको हमलाका कारण अन्तराष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा यसको असर नेपालमा पनि देखिन थालेको हो । यता, नेपाल आयाल निगमले घरायसी प्रयोजनका लागि खपत […]

The post एलपी ग्यासको आपूर्तिमा समस्या first appeared on Greeconomy.

]]>
काठमाडौँ ।  खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिन थालेको छ । ग्यासको अभाव सिर्जना हुँदै जादाँ कालोबजारी समेत बढ्दै गएको छ ।

इजरायलले इरानसहित खाडी मुलुकको इन्धन भण्डारमा गरेको हमलाका कारण अन्तराष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा यसको असर नेपालमा पनि देखिन थालेको हो ।

यता, नेपाल आयाल निगमले घरायसी प्रयोजनका लागि खपत हुने ग्यासलाई पहिलो प्राथमिकतामा राखेर वितरण प्रणाली सुदृढ गरिएको दाबी गरेपनि बजारमा भने त्यस्तो अवस्था देखिन सकेको छैन, व्यवसायीहरूले ग्यास लुकाउने, बढी मूल्य लिने गरेका कारण उपभोक्ताहरू ग्यास अभावको सामना गरिरहेका छन् ।

निगमका अनुसार भारतलको इण्डियस आयल कर्पोरेशन (आईओसी) ले नेपालले मासिक रुपमा पाउने कोटाअनुसार नै ग्यास उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

तर, नेपालमा व्यवसायीहरू तथा खुद्रा व्यापारीहरूले भने ग्यास लुकाउने, आवश्यक भन्दा बढी मूल्न लिने गरेका छन् , नियमीत रुपमा ग्यास किन्ने गरेको पससले नै आफ्ना ग्राहकलाई रित्तो हात फर्काएका छन् ।

निगमले तोकेअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९१० रुपैयाँ भएपनि बजारमा भने उपभोक्ताले त्यसभन्दा बढी मूल्य तिर्न बाध्य भएका छन् । केही ग्यास व्यापारी तथा पसलेहरूले प्रतिसिलिण्डर २३०० रुपैयाँसम्म लिने गरेको ललितपुरवासी रविना धितालले बताईन् ।

‘ग्यासको अभाव हुन्छ भन्ने सुनेपछि म खालि सिलिण्डर लिएर पसल पुगेकी थिएँ । म सधै खाद्यान्नदेखि अन्य समान पनि त्यही पसलबाट किन्ने गर्छु । अरुबेला १९१० पर्ने ग्यास सिलिण्डर अहिले ग्यास छैन भनेर बहाना बनाउँदै २३०० रुपैयाँ लिए । भोलीका दिनमा अझ मूल्य बढ्ला वा ग्यास नै नपाइएला भन्ने डरले मैले पनि २३०० नै तिरेर लिएँ’ उनले भनिन् ।

साथै, अहिले ग्यास अभाव देखाउँदै सिलिण्डर साट्न लगाई ठग्ने काम पनि भइरहेको छ । एलपी ग्यासका धेरै प्रकारका सिलिण्डरहरू बजारमा रहेका छन् । सिलिण्डर साट्दा ५०० देखि एक हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

यसैबीच, बजारमा ग्यास अभाव र महंगो मूल्यमा बिक्री भइरहेको विषयमा ग्यास बिक्रेता महासंघ नेपालको पनि ध्यानाकर्षण भएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै ग्यासको अभाव र केही स्थानमा बिक्रेताले अनियमीत मूल्य लिएर उपभोक्तालाई ग्यास बिक्री गरेको भन्नेप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

महासंघका अनुसार अन्तराष्ट्रिय परिस्थितिका कारण बजारमा ग्यास आपूर्तिबारे उपभोक्तामा चिन्ता देखिनु स्वाभाविक भएपनि सकारले तोकेको मूल्यभन्दा बढी लिएर ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध हो । यस्तो कार्यमा संलग्न जो–कोहीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरिएको महासंघले जनाएको छ ।

साँथै, महासंघले देशभरका ग्यास बिक्रेतालाई सरकारले तोकेको मूल्यभन्दा बढी नलिन आग्रह गरेको छ ।

The post एलपी ग्यासको आपूर्तिमा समस्या first appeared on Greeconomy.

]]>
https://greeconomy.com/lp-gas-scarcity-in-nepal/feed/ 0
बालेनको चुनाव खर्च १४ लाख १७ हजार https://greeconomy.com/balen-election-expences-just-limited-to-1-4-million/?utm_source=rss&utm_medium=rss&utm_campaign=balen-election-expences-just-limited-to-1-4-million https://greeconomy.com/balen-election-expences-just-limited-to-1-4-million/#respond Mon, 09 Mar 2026 08:50:21 +0000 https://greeconomy.com/?p=11100 काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्। उनले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। चुनाबमा अत्यधिक खर्च हुने परम्पारालाई तोड्दै शाहले १५ लाखको सिमा भित्रै निर्वाचन खर्च सिमित गरेका हुन् । शाहले सबैभन्दा धेरै खर्च १५ दिनको […]

The post बालेनको चुनाव खर्च १४ लाख १७ हजार first appeared on Greeconomy.

]]>
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्।

उनले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। चुनाबमा अत्यधिक खर्च हुने परम्पारालाई तोड्दै शाहले १५ लाखको सिमा भित्रै निर्वाचन खर्च सिमित गरेका हुन् ।

शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्। त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन्।

यस्तो छ उनले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च विवरणः

The post बालेनको चुनाव खर्च १४ लाख १७ हजार first appeared on Greeconomy.

]]>
https://greeconomy.com/balen-election-expences-just-limited-to-1-4-million/feed/ 0
ऊर्जा क्षेत्रका आठमध्ये दुई विज्ञ विजयी https://greeconomy.com/energy-sector-representetive/?utm_source=rss&utm_medium=rss&utm_campaign=energy-sector-representetive https://greeconomy.com/energy-sector-representetive/#respond Mon, 09 Mar 2026 05:07:43 +0000 https://greeconomy.com/?p=11090 काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन–२०८२ को पछिल्लो मत परिणाम अनुसार ऊर्जा क्षेत्रबाट २ उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट र ऊर्जा उद्यमी भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ बाट विजयी भएका हुन् । न्यौपाने रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत हुन् । उनले नागढुङ्गा सुरुङमार्गको आयोजना निर्देशक भई […]

The post ऊर्जा क्षेत्रका आठमध्ये दुई विज्ञ विजयी first appeared on Greeconomy.

]]>
काठमाडौँ । 

प्रतिनिधि सभा निर्वाचन–२०८२ को पछिल्लो मत परिणाम अनुसार ऊर्जा क्षेत्रबाट २ उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट र ऊर्जा उद्यमी भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ बाट विजयी भएका हुन् ।

न्यौपाने रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत हुन् । उनले नागढुङ्गा सुरुङमार्गको आयोजना निर्देशक भई काम गरेका थिए । सुरुङ निर्माणको समेत विज्ञता हासिल गरेका उनी ऊर्जाविज्ञ तथा ऊर्जा उद्यeमीसमेत हुन् ।

उनी ३२ हजार ६८७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका शङ्‌कर भण्डारीले १४ हजार १३५ मत पाएका छन् ।

त्यस्तै, पराजुली स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को केन्द्रीय सदस्य हुन् । लामो समयदेखि ऊर्जा क्षेत्र तथा समाजसेवामा सक्रिय रहँदै आएका उनी एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्षसमेत हुन् ।

ऊर्जा क्षेत्रबाट उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशकसमेत रहेका ऊर्जाविज्ञ डा. मुकेशराज काफ्ले, ऊर्जाविज्ञ कुशल गुरुङ, ऊर्जा विज्ञ तथा व्यवसायी श्रीराम न्यौपाने, नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक दीपक चौधरी, ऊर्जा व्यवसायी भरतप्रसाद पराजुली र इन्जिनियर तथा ऊर्जा व्यवसायी सुरज पाण्डे चुनावी मैदानमा उत्रिएका थिए।

The post ऊर्जा क्षेत्रका आठमध्ये दुई विज्ञ विजयी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/energy-sector-representetive/feed/ 0
६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता https://greeconomy.com/%e0%a5%ac%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%96/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a5%25ac%25e0%25a5%25a6-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a4%25a4-%25e0%25a4%2589%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25ae%25e0%25a5%2587%25e0%25a4%25a6%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%2596 https://greeconomy.com/%e0%a5%ac%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%96/#respond Thu, 26 Feb 2026 04:11:30 +0000 https://greeconomy.com/?p=11046 काठमाडौं । देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये बुधबारसम्म २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् । त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको […]

The post ६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता first appeared on Greeconomy.

]]>
काठमाडौं । देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये बुधबारसम्म २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् ।

त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दलहरुलाई फागुन ३ मा निर्देशन दिएको थियो ।

निर्वाचन आचारसंहितामै उल्लेख गरिएको यो विषयमा फागुनअघि पनि आयोगले जानकारी गराउँदै आएको थियो । यति हुँदाहुँदै पनि राजधानी काठमाडौँमै अझै सबै उम्मेदवारले बैंक खाता खोलेका छैनन् ।

निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोलेर सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगले जारी गरेको ६३ बुँदे निर्देशनमा उल्लेख छ ।

आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । सुशासन प्रवर्धनका लागि उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक गर्न लागिएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४०६ उम्मेदवार रहेकामा आजसम्म एक हजार ३८९ ले मात्र बैंक खाता खोलेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार २ हजार १७ जनाले खाता खोलेका छैनन् ।

The post ६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a5%ac%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%96/feed/ 0
चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी https://greeconomy.com/charaudi-bus-accident/?utm_source=rss&utm_medium=rss&utm_campaign=charaudi-bus-accident https://greeconomy.com/charaudi-bus-accident/#respond Mon, 23 Feb 2026 02:58:52 +0000 https://greeconomy.com/?p=11023 धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक […]

The post चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी first appeared on Greeconomy.

]]>
धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

The post चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/charaudi-bus-accident/feed/ 0
फागुन महिनाका लागि पनि घट्यो ब्याजदर https://greeconomy.com/interest-rate-decresaed-for-falgun/?utm_source=rss&utm_medium=rss&utm_campaign=interest-rate-decresaed-for-falgun https://greeconomy.com/interest-rate-decresaed-for-falgun/#respond Thu, 12 Feb 2026 04:48:28 +0000 https://greeconomy.com/?p=10964 काठमाडौँ । फागुन महिनामा पनि वाणिज्य बैंकहरुको व्याजदर घटेको छ । फागुनमा बैंकहरुको मुद्दती निक्षेपको औषत ब्याजदर ४.५६९ प्रतिशत विन्दुमा झरेको छ । माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशत विन्दुमा कायम भएको हो । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा […]

The post फागुन महिनाका लागि पनि घट्यो ब्याजदर first appeared on Greeconomy.

]]>
काठमाडौँ । फागुन महिनामा पनि वाणिज्य बैंकहरुको व्याजदर घटेको छ । फागुनमा बैंकहरुको मुद्दती निक्षेपको औषत ब्याजदर ४.५६९ प्रतिशत विन्दुमा झरेको छ ।

माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशत विन्दुमा कायम भएको हो ।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ ।

फागुन महिनामा ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ बैंकहरुले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघकै व्याजदरलाई निरन्तरता दिएका छन्।

जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ । माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ ।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।

यता, सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

यता, संस्थापक मुद्दति निक्षेपमा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ४ प्रतिशतको दरले व्याज दिने भएका छन् ।

The post फागुन महिनाका लागि पनि घट्यो ब्याजदर first appeared on Greeconomy.

]]>
https://greeconomy.com/interest-rate-decresaed-for-falgun/feed/ 0
अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै https://greeconomy.com/tourist-folw-incresaed-in-annapurna/?utm_source=rss&utm_medium=rss&utm_campaign=tourist-folw-incresaed-in-annapurna https://greeconomy.com/tourist-folw-incresaed-in-annapurna/#respond Tue, 10 Feb 2026 01:48:43 +0000 https://greeconomy.com/?p=10953 काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा […]

The post अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै first appeared on Greeconomy.

]]>

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्। यो संख्या हालसम्मकै उच्च हो। सबैभन्दा कम पर्यटक सन् २०२१ मा मात्र १६ हजार १०५ जना पुगेका थिए, जुन कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभाव थियो।

एक्यापका अनुसार सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम पर्यटक आगमन हुँदै आएकोमा सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटक संख्या एक लाख नाघेको थियो। त्यसपछि सन् २०१५ को गोरखा भूकम्पले पर्यटक आगमनमा असर पारे पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा फर्किएको देखिन्छ।
सन् २०२२ पछि पर्यटक आगमनमा निरन्तर वृद्धि भएको छ ।

सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन्।

एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ जना रहेका छन्। उनका अनुसार पर्यटक आगमन बर्सेनि बढ्दो छ । पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र आकर्षणको केन्द्र बनेको उनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानीलगायतका गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र जीवनशैलीका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।

अन्नपूर्ण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। छोटोदेखि लामो दूरीसम्मका पदमार्ग, पर्यटनमैत्री पूर्वाधार र स्थानीयवासीको आतिथ्यताले अन्नपूर्ण चक्रीय पदमार्गलाई अझ आकर्षक बनाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

The post अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै first appeared on Greeconomy.

]]>
https://greeconomy.com/tourist-folw-incresaed-in-annapurna/feed/ 0