Main - Greeconomy https://greeconomy.com Economy with environment Sun, 01 Feb 2026 06:38:09 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Main - Greeconomy https://greeconomy.com 32 32 जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब https://greeconomy.com/trade-of-insurance-company/?utm_source=rss&utm_medium=rss&utm_campaign=trade-of-insurance-company https://greeconomy.com/trade-of-insurance-company/#respond Sun, 01 Feb 2026 06:38:09 +0000 https://greeconomy.com/?p=10907 काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बढीको व्यापार भित्र्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्षको पुससम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ भित्र्याएका थिए । […]

The post जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब first appeared on Greeconomy.

]]>
काठमाडौं ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बढीको व्यापार भित्र्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्षको पुससम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ भित्र्याएका थिए । समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।

चालु आर्थिक वर्षको पुससम्म नेपाल लाइफले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले पुससम्म ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, एसियन लाइफले ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै चालु वर्षको पुससम्म सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

पुस मसान्तसम्म चार निर्जीवन लघुबिमा कम्पनीले दुई लाख ३० हजार ४९३ बिमालेख जारी गरेका छन् । यसबाट कुल ६२ करोड ६७ लाख रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।

The post जीवन बीमा कम्पनीको कारोबार ९४ अर्ब first appeared on Greeconomy.

]]>
https://greeconomy.com/trade-of-insurance-company/feed/ 0
हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन https://greeconomy.com/summit-on-green-economy/?utm_source=rss&utm_medium=rss&utm_campaign=summit-on-green-economy https://greeconomy.com/summit-on-green-economy/#respond Mon, 26 Jan 2026 13:15:10 +0000 https://greeconomy.com/?p=10861 काठमाडौं  : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। ‘स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण’ नाम दिइएको सम्मेलनले स्वच्छ ऊर्जाको कार्यान्वयनमार्फत नेपालको अर्थतन्त्रलाई न्यून कार्बनतर्फ लैजाने व्यावहारिक उपायमा केन्द्रित हुने आयोजकले जनाएको छ। यो […]

The post हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन first appeared on Greeconomy.

]]>
काठमाडौं  : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ।

‘स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण’ नाम दिइएको सम्मेलनले स्वच्छ ऊर्जाको कार्यान्वयनमार्फत नेपालको अर्थतन्त्रलाई न्यून कार्बनतर्फ लैजाने व्यावहारिक उपायमा केन्द्रित हुने आयोजकले जनाएको छ। यो सम्मेलन गत वर्ष सम्पन्न उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी राष्ट्रिय सम्मेलनको निरन्तरता हो।

सम्मेलनको उद्घाटन ऊर्जामन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यतामा हुने छ। उद्घाटन सत्रमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” सम्बन्धी प्रस्तुति, दिगो ऊर्जा च्यालेन्ज फण्ड सम्बन्धी पुस्तक विमोचन तथा सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूका मन्तव्य समेटिने छन्।

कार्यक्रमको दोस्रो चरणमा तीनवटा प्राविधिक सत्र सञ्चालन गरिनेछन्। ती सत्रहरूमा स्वच्छ ऊर्जा र कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत डिकार्बनाइजेसन,
तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ–मोबिलिटी) मा लगानी जस्ता विषयमा छलफल हुने आज केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा जारी दिइयाे ।

The post हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/summit-on-green-economy/feed/ 0
गरिबीको रेखामुनी २० प्रतिशत जनता https://greeconomy.com/20-pc-people-below-poverty-line/?utm_source=rss&utm_medium=rss&utm_campaign=20-pc-people-below-poverty-line https://greeconomy.com/20-pc-people-below-poverty-line/#respond Sun, 11 Jan 2026 03:24:49 +0000 https://greeconomy.com/?p=10807 काठमाडौ । नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान २०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा […]

The post गरिबीको रेखामुनी २० प्रतिशत जनता first appeared on Greeconomy.

]]>
काठमाडौ ।

नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान २०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ। आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ।
यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक रु ७२ हजार ९०८ को नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ। यसअघि विसं २०६६÷६७ मा गरिबीको रेखा रु १९ हजार २६१ निर्धारण गरिएको थियो। नयाँ गरिबीको रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति कुल खर्च रु ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ।

The post गरिबीको रेखामुनी २० प्रतिशत जनता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/20-pc-people-below-poverty-line/feed/ 0
ऊर्जाका प्राथमिकता प्राप्त योजनाका बजेट फुकुवा https://greeconomy.com/budget-release-for-energy-minisry/?utm_source=rss&utm_medium=rss&utm_campaign=budget-release-for-energy-minisry https://greeconomy.com/budget-release-for-energy-minisry/#respond Fri, 09 Jan 2026 03:45:30 +0000 https://greeconomy.com/?p=10800 काठमाडाैँ ।  सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राथमिकता प्राप्त योजनालाई अघि बढाउने संकेत गरेको छ । अर्थ मन्त्रालयले आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै साढे ३१ अर्ब रुपैयाँ बराबरको बजेट फुकुवा गरेको हो । अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यसँगै ऊर्जा, जलस्रोत तथा […]

The post ऊर्जाका प्राथमिकता प्राप्त योजनाका बजेट फुकुवा first appeared on Greeconomy.

]]>

काठमाडाैँ ।

 सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राथमिकता प्राप्त योजनालाई अघि बढाउने संकेत गरेको छ । अर्थ मन्त्रालयले आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै साढे ३१ अर्ब रुपैयाँ बराबरको बजेट फुकुवा गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका महत्त्वपूर्ण योजनासहित ३१ अर्ब ६९ करोड रुपैयाँ बराबरको १ हजार १ सय ४२ वटा योजनाको बजेट निकासा गरिएको छ । यी योजनामध्ये धेरै आयोजना सम्पन्न भइसकेका तथा केही अन्तिम चरणमा रहेका छन् ।

ऊर्जा उत्पादन, प्रसारण, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसँग सम्बन्धित योजनाहरूले दीर्घकालीन प्रभाव पार्ने भएकाले तिनलाई प्राथमिकतामा राखेर बजेट फुकुवा गरिएको हो ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै रामेश्वर खनालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित विभिन्न विकासे मन्त्रालयका औचित्यहीन र टुक्रे योजनाको करिब ९० अर्ब रुपैयाँ बराबरको बजेट होल्ड गर्न निर्देशन दिएका थिए । विशेषगरी ३ करोडसम्मका साना योजनाहरू रोकिएपछि ऊर्जा तथा सिँचाइ क्षेत्रका केही आयोजना पनि प्रभावित भएका थिए ।

अर्थ मन्त्रालयले पछिल्लो अध्ययनपछि सञ्चालनमा रहेका र मुलुकको ऊर्जा सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोजना क्रमिक रूपमा खोल्दै लगेको जनाएको छ । ऊर्जा उत्पादन वृद्धि, सिँचाइ विस्तार र जलस्रोतको समुचित उपयोगमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्यअनुसार मन्त्रालयलाई प्राथमिकतामा राखिएको हो । सरकारको यो निर्णयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका रणनीतिक आयोजनाले गति लिने अपेक्षा गरिएको छ ।

The post ऊर्जाका प्राथमिकता प्राप्त योजनाका बजेट फुकुवा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/budget-release-for-energy-minisry/feed/ 0
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगी https://greeconomy.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%9f-%e0%a4%a6%e0%a4%bf/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a5%2587%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a4%25a4%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b5%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%2595-%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25bf%25e0%25a4%259f-%25e0%25a4%25a6%25e0%25a4%25bf https://greeconomy.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%9f-%e0%a4%a6%e0%a4%bf/#respond Mon, 05 Jan 2026 04:00:10 +0000 https://greeconomy.com/?p=10788 काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेको हो। कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो। ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरुको संख्या धेरै रहेको दुतावासले […]

The post बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगी first appeared on Greeconomy.

]]>
काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेको हो। कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो। ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरुको संख्या धेरै रहेको दुतावासले जनाएको छ।

दूतावासले बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेका छन्। ‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

‘यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न सकिन्छ’ दूतावासले भनेकाे छ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए।

The post बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%9f-%e0%a4%a6%e0%a4%bf/feed/ 0
महासंघका डेढ दर्जन वस्तुगत सदस्य खारेज https://greeconomy.com/fncci-bastugat/?utm_source=rss&utm_medium=rss&utm_campaign=fncci-bastugat https://greeconomy.com/fncci-bastugat/#respond Sat, 03 Jan 2026 06:04:22 +0000 https://greeconomy.com/?p=10775 काठमाडौं । उच्च अदालत पाटनले उद्योग वाणिज्य महासंघमा सदस्य रहेका डेढ दर्जन वस्तुगत सदस्यको सदस्यता खारेज गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश द्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले १८ वटा वस्तुगत संघहरुको सदस्यता खारेज गर्न आदेश दिएको हो । महासंघले मापदण्ड विपरित सदस्यता दिएको भन्दै नेपाल पोल एसोसियशनका अध्यक्ष […]

The post महासंघका डेढ दर्जन वस्तुगत सदस्य खारेज first appeared on Greeconomy.

]]>
काठमाडौं । उच्च अदालत पाटनले उद्योग वाणिज्य महासंघमा सदस्य रहेका डेढ दर्जन वस्तुगत सदस्यको सदस्यता खारेज गर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश द्वय चन्द्रबहादुर सारु र गोपाल प्रसाद बाँस्तोलाको संयुक्त इजलासले १८ वटा वस्तुगत संघहरुको सदस्यता खारेज गर्न आदेश दिएको हो ।

महासंघले मापदण्ड विपरित सदस्यता दिएको भन्दै नेपाल पोल एसोसियशनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । प्रधानले दायर गरेको रिटमा उच्च अदालतले पुस १६ गते फैसला गर्दै १८ वटा वस्तुगत सदस्यहरुको सदस्यता खारेज गर्न आदेश दिएको छ । गत फागुन २३ गतेको सदस्यता समितिको सिफारिस विपरित फागुन २६ गते कार्यकारिणी समितिले निवेदन दिएका सबैलाई वस्तुगत सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । अदालतको आदेशसँगै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल यर्सागुम्बा संघ, एएसी ब्रिक उत्पादक संघ, नेपाल कागज उत्पादक संघ, नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ, एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्यिट्सन अफ नेपाल, उर्जा उत्पादक संगठन, नेपाल, नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, नेपाल वेसार संघ, नेपाल कोदो तथा फापर संघ, नेपाल छुर्पी व्यवसायी संघ, रहेको छ ।

यस्तै नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, नेपाल सुन्तला एंव कागती संघ, नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, प्लाष्ट नेपाल फाउण्डेशन टेकु, नेपाल सिङगिंङ बाउल संघ,नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ र नेपाल वितरक महासंघ खारेजीमा परेका छन् ।

The post महासंघका डेढ दर्जन वस्तुगत सदस्य खारेज first appeared on Greeconomy.

]]>
https://greeconomy.com/fncci-bastugat/feed/ 0
बुटवल–लमही प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु https://greeconomy.com/butwal-lamhai-transmission-line/?utm_source=rss&utm_medium=rss&utm_campaign=butwal-lamhai-transmission-line https://greeconomy.com/butwal-lamhai-transmission-line/#respond Fri, 02 Jan 2026 07:26:24 +0000 https://greeconomy.com/?p=10762 काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माण कार्य अघि बढाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम आज उक्त सूचना प्रकाशित गरिएको हो । प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका नवलपरासी […]

The post बुटवल–लमही प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु first appeared on Greeconomy.

]]>
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माण कार्य अघि बढाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम आज उक्त सूचना प्रकाशित गरिएको हो ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र दाङ जिल्लामा उक्त आयोजना कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाअन्तर्गत करिब १११ किलोमिटर लम्बाइको ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ भने विभिन्न स्थानमा टावर तथा सबस्टेशन निर्माण गरिनेछ ।

प्रसारण लाइन निर्माणका क्रममा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सम्भावित प्रभावहरूको पहिचान र मूल्यांकन गर्न प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रकाशिन गरेको सूचनाअनुसार आयोजनाबाट प्रभावित हुन सक्ने स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सरोकारवाला व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशित मितिले सात दिनभित्र आफ्नो लिखित राय, सुझाव वा गुनासो नेपाल विद्युत् प्राधिकरण वा परामर्शदाता संस्थामा पेश गर्न सक्नेछन् ।

The post बुटवल–लमही प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु first appeared on Greeconomy.

]]>
https://greeconomy.com/butwal-lamhai-transmission-line/feed/ 0
सर्वपक्षीय राष्ट्रिय संवादमा एफएनसिसिआई https://greeconomy.com/fncci-to-conduct-dialogue/?utm_source=rss&utm_medium=rss&utm_campaign=fncci-to-conduct-dialogue https://greeconomy.com/fncci-to-conduct-dialogue/#respond Wed, 31 Dec 2025 04:36:58 +0000 https://greeconomy.com/?p=10745 काठमाडौँ  । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् […]

The post सर्वपक्षीय राष्ट्रिय संवादमा एफएनसिसिआई first appeared on Greeconomy.

]]>
काठमाडौँ  ।

देशको अर्थतन्त्र उकास्ने उद्देश्यले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ ।

संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

The post सर्वपक्षीय राष्ट्रिय संवादमा एफएनसिसिआई first appeared on Greeconomy.

]]>
https://greeconomy.com/fncci-to-conduct-dialogue/feed/ 0
किसानको दुधको वक्यौता रकम भुक्तान https://greeconomy.com/farmers-get-paid/?utm_source=rss&utm_medium=rss&utm_campaign=farmers-get-paid https://greeconomy.com/farmers-get-paid/#respond Tue, 09 Dec 2025 06:22:35 +0000 https://greeconomy.com/?p=10632 लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्तानी गरेका हुन् । डेढ अर्ब भुक्तानी गर्न बाँकी रहेको डिडिसीले एक अर्ब रुपियाँ भुक्तानी गरिसकेको जनाएको छ । त्यस्तै निजी डेरीले करिब तीन अर्ब भुक्तानी गरेका छन् […]

The post किसानको दुधको वक्यौता रकम भुक्तान first appeared on Greeconomy.

]]>
लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्तानी गरेका हुन् ।

डेढ अर्ब भुक्तानी गर्न बाँकी रहेको डिडिसीले एक अर्ब रुपियाँ भुक्तानी गरिसकेको जनाएको छ । त्यस्तै निजी डेरीले करिब तीन अर्ब भुक्तानी गरेका छन् ।

दुध बेचेको रकम लामो समयसम्म नपाउँदा किसान मारमा परेका थिए । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले साउनसम्मको रकम भुक्तानी गरिसकेको जानकारी दिए ।

तीन महिनाको ४५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ  । मौज्दातमा रहेको पाउडर (धुलो दुध) र बटर बेचेर किसानको बाँकी रकम भुक्तानी गरिएको छ  । डिडिसीसँग अझै तीन लाख केजी बटर र चार लाख केजी पाउडर मौज्दात छ । मौज्दातमा रहेको पाउडर र बटर बिक्री गरेर बाँकी रहेको किसानको रकम भुक्तानी गर्दै जाने डिडिसीले जनाएको छ । हाल बजारमा प्रतिकेजी बटर आठ सय रुपियाँ र पाउडर प्रतिकेजी सात सय रुपियाँ रहेको छ ।

हाल दैनिक एक लाख लिटर दुध सङ्कलन गरिरहेको डिडिसीले जनाएको छ । हाल दैनिक बजारमा ८० हजार लिटर दुध बिक्री हुने र बाँकी रहेको २० हजार लिटर दुधको पाउडर बनाएर राख्ने गरेको डिडिसीले जनाएको छ । पाउडर बनाएको दुध अफ सिजनका बेला बिक्री हुने गरेको छ ।

यस्तै निजी डेरी उद्योगले पनि करिब तीन अर्ब रुपियाँ दुधको भुक्तानी गरिसकेको जनाएका छन् । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले किसानको दुधको रकम भुक्तानी गरिसकेको जानकारी दिए ।

The post किसानको दुधको वक्यौता रकम भुक्तान first appeared on Greeconomy.

]]>
https://greeconomy.com/farmers-get-paid/feed/ 0
बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति https://greeconomy.com/kulman-and-balen-togather/?utm_source=rss&utm_medium=rss&utm_campaign=kulman-and-balen-togather https://greeconomy.com/kulman-and-balen-togather/#respond Mon, 01 Dec 2025 01:10:21 +0000 https://greeconomy.com/?p=10551 काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्। फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै […]

The post बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति first appeared on Greeconomy.

]]>
काठमाडौँ।

उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।

फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’

The post बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/kulman-and-balen-togather/feed/ 0