Industry - Greeconomy https://greeconomy.com Economy with environment Thu, 11 Dec 2025 06:56:21 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Industry - Greeconomy https://greeconomy.com 32 32 नेपाल-भियतनाम आर्थिक सन्बन्ध बिस्तार बारे छलफल https://greeconomy.com/fncci-deligates-at-vietnam/?utm_source=rss&utm_medium=rss&utm_campaign=fncci-deligates-at-vietnam https://greeconomy.com/fncci-deligates-at-vietnam/#respond Thu, 11 Dec 2025 06:54:32 +0000 https://greeconomy.com/?p=10647 काठमाडौं : नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् […]

The post नेपाल-भियतनाम आर्थिक सन्बन्ध बिस्तार बारे छलफल first appeared on Greeconomy.

]]>
काठमाडौं : नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ ।

बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।   सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा  ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु’, उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’

 

उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताए । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो ।

‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ’, उनले भने ।

नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताए ।
उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए ।

भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ’, उनले भने ।

The post नेपाल-भियतनाम आर्थिक सन्बन्ध बिस्तार बारे छलफल first appeared on Greeconomy.

]]>
https://greeconomy.com/fncci-deligates-at-vietnam/feed/ 0
रिलायन्सको आईपीओ पहिलो दिनमै ओभर सब्सक्राइभ https://greeconomy.com/reliance-ipo-over-subscribed-on-day-one/?utm_source=rss&utm_medium=rss&utm_campaign=reliance-ipo-over-subscribed-on-day-one https://greeconomy.com/reliance-ipo-over-subscribed-on-day-one/#respond Mon, 08 Dec 2025 14:34:01 +0000 https://greeconomy.com/?p=10627 काठमाडौं । रिलाइन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै ५.१ गुणा बढी आवेदन परेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत (१ लाख १५ हजार ५९६ कित्ता) वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्काशन गरेको छ । सोमबार १० हजार २० आवेदकले ५ […]

The post रिलायन्सको आईपीओ पहिलो दिनमै ओभर सब्सक्राइभ first appeared on Greeconomy.

]]>
काठमाडौं ।

रिलाइन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै ५.१ गुणा बढी आवेदन परेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत (१ लाख १५ हजार ५९६ कित्ता) वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्काशन गरेको छ । सोमबार १० हजार २० आवेदकले ५ लाख ८९ हजार ८५० कित्ताको आवेदन परेको छ ।

कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द हुने अवधि मंसिर २५ (बिहीबार) तोकिएको छ । उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि पहिलो दिनै मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने संभावना छैन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सोमबार आईपीओ निष्काशनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि दिनभर लगानीकर्ताको उत्साहमा कुनै कमी देखिएन । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिएका छन् ।

तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको तीब्र आकर्षण देखिनुमा उसको विश्वासिलो बिरासत, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेका छन् ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डल डलरको निर्यात हुन्छ । कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् । पवनकुमार ६ दसक लामो इतिहास बोकेको गोल्याण ग्रुपका अध्यक्ष र अक्षय प्रवन्ध निर्देशक हुन् ।

रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

अधिकृत पूँजी २ अर्ब ६० करोड, जारी पूँजी १ अर्ब ९० करोड र चुक्ता पूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ । कम्पनीले अहिले चुक्ता पूँजीको १० प्रतिशत शेयरमात्र निष्काशन गरेको छ । निष्काशित शेयरमध्ये संस्थागत लगानीकर्तालाई करिब ४ प्रतिशत र सर्वसाधारण (वैदेशिक रोजगारीमा गएकासमेत) लाई ६ प्रतिशत छुट्याइएको छ ।

 

The post रिलायन्सको आईपीओ पहिलो दिनमै ओभर सब्सक्राइभ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/reliance-ipo-over-subscribed-on-day-one/feed/ 0
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन https://greeconomy.com/governement-and-privste-sector-colission-required/?utm_source=rss&utm_medium=rss&utm_campaign=governement-and-privste-sector-colission-required https://greeconomy.com/governement-and-privste-sector-colission-required/#respond Sun, 07 Dec 2025 07:56:47 +0000 https://greeconomy.com/?p=10607 काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेसम्म मुलुकको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई साथ नलिएसम्म आर्थिक सुधार सम्भव नभएको धारणा व्यक्त गरे । “जबसम्म निजी क्षेत्र सँगै […]

The post सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन first appeared on Greeconomy.

]]>
काठमाडौँ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेसम्म मुलुकको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई साथ नलिएसम्म आर्थिक सुधार सम्भव नभएको धारणा व्यक्त गरे । “जबसम्म निजी क्षेत्र सँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन । यो प्रमाणित भइसकेको छ,” उनले भने, ।

निजी क्षेत्रप्रति गरिँदै आएको दृष्टिकोण परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले अर्थतन्त्रका मुख्य एजेन्डामा नेपाल पछाडि परेको बताए । यसमा अब गम्भीर ध्यान दिनुपर्ने उनको जोड थियो ।

अध्यक्ष ढकालले कलेक्टिभ एप्रोच नअपनाइए वास्तविक परिणाम हासिल गर्न नसकिने स्पष्ट पारे । “नेपालमा केही गर्न सकिँदैन भन्ने नकारात्मक सन्देशलाई चिर्ने काम महासंघले गरिरहेको छ । आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिइरहेका छौँ,” उनले भने।

जेन्जी आन्दोलनले उठाएका सुशासनका मागजस्तै माग निजी क्षेत्रले पनि गर्दै आएको भन्दै हाल केही विषयमा सकारात्मक परिवर्तन भइसकेको र केही प्रक्रियामा रहेकोले निजी क्षेत्र उत्साहित रहेको उनको भनाइ थियो ।

यस्तै, सिइओ केन्द्रित निर्णय प्रणालीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ढकालले भने,“सिइओले चाह्यो भने अध्यक्षलाई मनाएरै निर्णय पारित गराउँछ, तर चाहेन भने कुनै पनि विषय अघि बढ्दैन । यस्तो प्रवृत्ति सबैतिर देखिन्छ, जुन गलत हो ।”

अध्यक्ष ढकालले एफएनसिसिआईले नेपालमा लगानी प्रवद्र्धनका लागि देश तथा विदेशमा विविध कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको जानकारी पनि दिए ।

The post सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/governement-and-privste-sector-colission-required/feed/ 0
रिलायन्सलाई आईपीओ निष्काशन अनुमति https://greeconomy.com/reliance-got-ipo-premisson/?utm_source=rss&utm_medium=rss&utm_campaign=reliance-got-ipo-premisson https://greeconomy.com/reliance-got-ipo-premisson/#respond Thu, 04 Dec 2025 06:33:25 +0000 https://greeconomy.com/?p=10583 नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो । धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम […]

The post रिलायन्सलाई आईपीओ निष्काशन अनुमति first appeared on Greeconomy.

]]>
नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’

स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०।८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ किनिसकेका छन् ।

रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

The post रिलायन्सलाई आईपीओ निष्काशन अनुमति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/reliance-got-ipo-premisson/feed/ 0
एआइ विशेषज्ञको टोली बनाउँदै बालेन https://greeconomy.com/balen-forming-ai-team-for-municipal/?utm_source=rss&utm_medium=rss&utm_campaign=balen-forming-ai-team-for-municipal https://greeconomy.com/balen-forming-ai-team-for-municipal/#respond Fri, 28 Nov 2025 13:13:03 +0000 https://greeconomy.com/?p=10537 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने तयारी थालेका छन्। मेयर शाहले सूचना प्रविधि क्षेत्रका विज्ञ र अनुभवीलाई छलफलमा बोलाएका हुन्। ‘मेयरले डिजिटल गभर्नेन्स विज्ञ, डेटा साइन्टिस्ट र कोडिङमा काम गर्ने सफ्टवेयर डेभलपरसँग छलफल गर्ने तयारी छ।  दिगो शासन प्रणाली, स्मार्ट […]

The post एआइ विशेषज्ञको टोली बनाउँदै बालेन first appeared on Greeconomy.

]]>
काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने तयारी थालेका छन्।

मेयर शाहले सूचना प्रविधि क्षेत्रका विज्ञ र अनुभवीलाई छलफलमा बोलाएका हुन्। ‘मेयरले डिजिटल गभर्नेन्स विज्ञ, डेटा साइन्टिस्ट र कोडिङमा काम गर्ने सफ्टवेयर डेभलपरसँग छलफल गर्ने तयारी छ।  दिगो शासन प्रणाली, स्मार्ट सार्वजनिक सेवा र व्यवस्थित शहरी अर्थतन्त्र निर्माणका लागि एआई रणनीतिको विकास तथा उपयोग गर्ने उद्देश्यले ‘एआई कन्सोर्टियम’ टिम गठन गर्न लागिएको हो।

‘एआई कन्सोर्टियम’का लागि महानगरको कार्यालय काठमाडौं प्लाजामा मंसिर १४ गते बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गरिरहेका विज्ञ समेत सहभागी हुनेछन्।

मेयर शाहले आफ्नो कार्यकालभर प्रविधि र नवप्रवर्तनलाई नगर प्रशासनको केन्द्रमा राख्ने प्रयास गर्दै आएका छन्। मेयर बनेदेखि नै उनले सुशासन, पारदर्शिता र डिजिटल सोलुसनमार्फत नगर व्यवस्थापनमा सुधार गर्न कोसिस गरिरहेका छन्।

काठमाडौं महानगरले स्मार्ट टिकेटिङ प्रणाली, अनलाइन सेवा र नगर परिषद्का बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने जस्ता डिजिटल पहल गरेका थिए।

नेपालमा एआईको प्रयोग बित्तीय क्षेत्रमा सबैभन्दा बढी भइरहेको छ, त्यसपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग बढ्दो छ। यदि यो पहल महानगरको सेवा प्रवाह र कार्यक्षमतामा सुधार ल्याउन केन्द्रित भयो भने यसले नगर प्रशासनको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। मेयर शाहले भने आफ्ना कार्यहरू पारदर्शिता र सुशासनका लागि भएको बताउँदै आएका छन्।

The post एआइ विशेषज्ञको टोली बनाउँदै बालेन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/balen-forming-ai-team-for-municipal/feed/ 0
अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना https://greeconomy.com/arghakhachi-cement/?utm_source=rss&utm_medium=rss&utm_campaign=arghakhachi-cement https://greeconomy.com/arghakhachi-cement/#respond Tue, 25 Nov 2025 01:38:26 +0000 https://greeconomy.com/?p=10488 काठमाडौँ, । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ । केन्द्रबाट गएको विभागको अनुगमन टोलीले तीन कम्पनीको अनुगमन गर्दा सरकारले तोकेको मापदण्डविपरीत सामान उत्पादन गरेको पाइएपछि दुवै उद्योगलाई दुई लाख पाँच हजार रुपियाँको दरले जरिबाना गरेको छ । विभागले आइतबार जारी गरेको विज्ञप्तिका […]

The post अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना first appeared on Greeconomy.

]]>
काठमाडौँ, । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ । केन्द्रबाट गएको विभागको अनुगमन टोलीले तीन कम्पनीको अनुगमन गर्दा सरकारले तोकेको मापदण्डविपरीत सामान उत्पादन गरेको पाइएपछि दुवै उद्योगलाई दुई लाख पाँच हजार रुपियाँको दरले जरिबाना गरेको छ ।

विभागले आइतबार जारी गरेको विज्ञप्तिका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ मा भएको व्यवस्था अनुरूप कारबाही गरेको जनाएको छ । विभागले पछिल्ला दिनमा उपत्यकामा सञ्चालित खानेपानीका उद्योगकेन्द्रित अनुगमनलाई थप तीव्र पारेको जनाएको छ ।

उपत्यकामा पिउने पानीको गुणस्तरमा समस्या देखिएको गुनासो बढेपछि विभागले खानेपानी उद्योगकेन्द्रित अनुगमनलाई पनि तीव्रता दिएको छ । विभागका अनुसार बिहीबार र आइतबार काठमाडौँ उपत्यकाका १८ वटा पानी उद्योगमा अनुगमन भएको छ । सो क्रममा ललितपुरको गोदावरीस्थित त्रिपुरा बेभरेज र बडीखेल खानेपानी उद्योग दर्ता नवीकरण नगरी सञ्चालन भएको पाइएकाले तीन दिनभित्र आवश्यक कागजात लिएर उपस्थित हुन विभागले निर्देशन दिएको छ ।

विभागले यसअघि कोशी मिनरल वाटर उद्योग, स्तूपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड बेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको जनाएको छ ।

The post अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना first appeared on Greeconomy.

]]>
https://greeconomy.com/arghakhachi-cement/feed/ 0
उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता https://greeconomy.com/second-installment-paid-by-industrialiest/?utm_source=rss&utm_medium=rss&utm_campaign=second-installment-paid-by-industrialiest https://greeconomy.com/second-installment-paid-by-industrialiest/#respond Sun, 23 Nov 2025 04:44:24 +0000 https://greeconomy.com/?p=10474 काठमाडाैँ ।  लामो समयदेखि उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवादको रुपमा चलिरहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी मुद्दा समाधानतर्फ अघि बढेको छ । उद्योगहरूले बाँकी रकम भुक्तानी गर्न सुरु गरेसँगै समस्या हट्दै गएको हाे । अशोक स्टीलले दोस्रो किस्ताका रूपमा ६३ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ । डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोगबापत कम्पनीले […]

The post उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता first appeared on Greeconomy.

]]>

काठमाडाैँ ।

 लामो समयदेखि उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवादको रुपमा चलिरहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी मुद्दा समाधानतर्फ अघि बढेको छ । उद्योगहरूले बाँकी रकम भुक्तानी गर्न सुरु गरेसँगै समस्या हट्दै गएको हाे ।

अशोक स्टीलले दोस्रो किस्ताका रूपमा ६३ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ । डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोगबापत कम्पनीले यसअघि अर्थात कात्तिक २ गते ६३ लाख रुपैयाँ तिरेको थियो । प्राधिकरणका अनुसार अशोक स्टीलले हालसम्म १ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको भए पनि अझै १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ तिर्न बाँकी छ ।

त्यसैगरी, हुलास स्टील इन्डस्ट्रीज प्रालिले पनि दोस्रो किस्ताका रूपमा ५० लाख ४३ हजार रुपैयाँ बुझाइसकेकाे छ । हुलास स्टीलले २०७५ साल माघदेखि २०७५ बैशाखसम्मको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको थियो । कम्पनीले २८ किस्तामा भुक्तानी गर्ने व्यवस्था लिएर पहिलो र दोस्रो किस्ता चुक्ता गरेको हो ।

The post उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/second-installment-paid-by-industrialiest/feed/ 0
अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी https://greeconomy.com/indo-nepal-trans-protocal-amemded/?utm_source=rss&utm_medium=rss&utm_campaign=indo-nepal-trans-protocal-amemded https://greeconomy.com/indo-nepal-trans-protocal-amemded/#respond Fri, 14 Nov 2025 02:08:28 +0000 https://greeconomy.com/?p=10404 काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र […]

The post अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी first appeared on Greeconomy.

]]>

काठमाडौँ ।

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ ।

संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए ।

सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो । यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए।

भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे। भारतका मन्त्री गोयलले नेपाल भारतका लागि विशेष प्राथमिकता प्राप्त देश रहेको बताउनुहुँदै छलफलमा रहेका विषयहरुलाई शीघ्र निष्कर्षमा पु¥याउन दुवै देशका पदाधिकारीलाई निर्देशन दिएका छन्

उक्त भेटघाटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।

The post अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/indo-nepal-trans-protocal-amemded/feed/ 0
अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश https://greeconomy.com/arghakhaci-cement/?utm_source=rss&utm_medium=rss&utm_campaign=arghakhaci-cement https://greeconomy.com/arghakhaci-cement/#respond Wed, 12 Nov 2025 05:30:51 +0000 https://greeconomy.com/?p=10372 काठमाडौँ  : सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेशको माग अस्वीकार गर्दै सो मुद्दामा विस्तृत छलफलका लागि कात्तिक ३० गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो । महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले […]

The post अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश first appeared on Greeconomy.

]]>
काठमाडौँ  : सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेशको माग अस्वीकार गर्दै सो मुद्दामा विस्तृत छलफलका लागि कात्तिक ३० गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो ।

महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची सिमेन्टको विद्युत् लाइन काटेको थियो । लाइन काटिएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको भन्दै उद्योगले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोगबापत रु ४४ करोड बराबरको बक्यौता तिर्न बाँकी छ । बक्यौता नतिरेपछि प्राधिकरणले विद्युत् आपूर्ति रोक्ने निर्णय गरेको थियो, जसका कारण उद्योगको उत्पादन बन्द भएको हो ।

The post अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश first appeared on Greeconomy.

]]>
https://greeconomy.com/arghakhaci-cement/feed/ 0
सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता https://greeconomy.com/sonpur-mineral-paid-bill/?utm_source=rss&utm_medium=rss&utm_campaign=sonpur-mineral-paid-bill https://greeconomy.com/sonpur-mineral-paid-bill/#respond Wed, 12 Nov 2025 04:54:56 +0000 https://greeconomy.com/?p=10370 दाङ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क […]

The post सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता first appeared on Greeconomy.

]]>
दाङ ।

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

The post सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/sonpur-mineral-paid-bill/feed/ 0