Green Tech - Greeconomy https://greeconomy.com Economy with environment Thu, 15 May 2025 02:08:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Green Tech - Greeconomy https://greeconomy.com 32 32 पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो https://greeconomy.com/court-eased-pathivara-calbecar-construction/?utm_source=rss&utm_medium=rss&utm_campaign=court-eased-pathivara-calbecar-construction https://greeconomy.com/court-eased-pathivara-calbecar-construction/#respond Thu, 15 May 2025 02:08:58 +0000 https://greeconomy.com/?p=8463 काठमाडौं। सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट […]

The post पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो first appeared on Greeconomy.

]]>
काठमाडौं।
सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।

न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।
पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।

दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।
यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।आइएमई ग्रुपको लगानीमा पाथिभरामा केवलकार निर्माणको काम अघि बढेको थियो।

The post पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/court-eased-pathivara-calbecar-construction/feed/ 0
‘एनसेल सप इन सप’ सञ्चालनमा https://greeconomy.com/ncell-shope-in-ship-bhairawa/?utm_source=rss&utm_medium=rss&utm_campaign=ncell-shope-in-ship-bhairawa https://greeconomy.com/ncell-shope-in-ship-bhairawa/#respond Fri, 09 May 2025 03:23:33 +0000 https://greeconomy.com/?p=8364 काठमाडौ। एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी एटुजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाइएको छ । एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरे  सप इन सपबाट ग्राहकले एनसेलका सेवा […]

The post ‘एनसेल सप इन सप’ सञ्चालनमा first appeared on Greeconomy.

]]>
काठमाडौ।

एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी एटुजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाइएको छ ।

एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरे  सप इन सपबाट ग्राहकले एनसेलका सेवा सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैँ अन रिन्युअल जस्ता प्याक, सेवा, सुविधा लिने, ई सिममा स्तरोन्नति गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध ग्राहक सेवा लिन सक्ने जनाइएको छ ।

आइतबारदेखि शुक्रबार हप्ताको छ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्ने छ । एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।

The post ‘एनसेल सप इन सप’ सञ्चालनमा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ncell-shope-in-ship-bhairawa/feed/ 0
ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन https://greeconomy.com/gbime-ai-and-ml-hyakathan/?utm_source=rss&utm_medium=rss&utm_campaign=gbime-ai-and-ml-hyakathan https://greeconomy.com/gbime-ai-and-ml-hyakathan/#respond Sun, 04 May 2025 10:49:35 +0000 https://greeconomy.com/?p=8317 काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई र  एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती थियो […]

The post ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन first appeared on Greeconomy.

]]>
काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई र  एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती थियो ।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गरेको हो । यस प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरीएको थियो । प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगंज, काभ्रे, धरानबाट सहभागि भएका थिए ।

सहभागि टोलीहरुमध्य टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप रु १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोश्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् । दोश्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रतियोगिताका विजेता टोलीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधीको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम् सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी जनाए । यस प्रतियोगिताको उत्कृष्ट टोलीहरुलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे ।

बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरुले बैंकको वेवसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

 

The post ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/gbime-ai-and-ml-hyakathan/feed/ 0
 एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत https://greeconomy.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2-%e0%a4%a1%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%89/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%258f%25e0%25a4%25a8%25e0%25a4%25b8%25e0%25a5%2587%25e0%25a4%25b2-%25e0%25a4%25a1%25e0%25a4%25be%25e0%25a4%259f%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a5%2587%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%25b0-%25e0%25a4%25b0-%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2589 https://greeconomy.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2-%e0%a4%a1%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%89/#respond Wed, 23 Apr 2025 08:34:04 +0000 https://greeconomy.com/?p=8176 काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका […]

The post  एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत first appeared on Greeconomy.

]]>
काठमाडौं ।

एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेल सुचिकृत भएको हो ।
विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सुचिकृत गरिएको हो ।

निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सुचिकृत गराएको हो ।
यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ ।

डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सुचिकरण गराएको छ । सो सुचिकरणसँगै एनसेलले अब नयाँ कानुनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ ।
हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसैगरी एनसेलले पोखरा र हेटौडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।

“हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सुचिकरणको प्रक्रिया सहज भएको हो । सुचिकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं । डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सुचिकरण अत्यन्त महत्वपूर्ण छ । यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ । यो सुचिकरणका लागि हामी सूचना प्रविधि विभाग प्रति धेरै आभारी छौं,” एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।

The post  एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2-%e0%a4%a1%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%89/feed/ 0
दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द? https://greeconomy.com/social-media-dis-owayed-govt-directive/?utm_source=rss&utm_medium=rss&utm_campaign=social-media-dis-owayed-govt-directive https://greeconomy.com/social-media-dis-owayed-govt-directive/#respond Mon, 21 Apr 2025 08:24:22 +0000 https://greeconomy.com/?p=8139 काठमाडौं । रितपूर्वक दर्ता नभए बन्द गराइदिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको चेतावनी वावजुत् पनि नेपालमा सञ्चालित सामाजिक सञ्जाल दर्ता हुन आएनन् । सरकारले यही बैशाख ७ गते आइतबारसम्मकाे समय दिएर सामाजिक सञ्जालाई सूचिकृत हुन समय दिएको थियो । सूचना निकालेर र सम्बन्धित निकायका प्रतिनिधिसँग कुराकानी गरेरै सामाजिक सञ्जाल सूचीकृत हुन आग्रह गरेका थियौं । […]

The post दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द? first appeared on Greeconomy.

]]>
काठमाडौं ।

रितपूर्वक दर्ता नभए बन्द गराइदिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको चेतावनी वावजुत् पनि नेपालमा सञ्चालित सामाजिक सञ्जाल दर्ता हुन आएनन् । सरकारले यही बैशाख ७ गते आइतबारसम्मकाे समय दिएर सामाजिक सञ्जालाई सूचिकृत हुन समय दिएको थियो ।

सूचना निकालेर र सम्बन्धित निकायका प्रतिनिधिसँग कुराकानी गरेरै सामाजिक सञ्जाल सूचीकृत हुन आग्रह गरेका थियौं । सरकारको आग्रहलाई सामाजिक सञ्जाल फेसबुक, ह्वाट्एप, म्यासेन्सज, ट्वीटरसहितले वेवास्ता गरेका छन्  ।

आजै मन्त्री परिष्दको बैठक बस्दै छ तर यो विषयमा छलफल गरेर बन्द गर्ने निर्णय भने सरकारले लिइ हाल्ने अवस्था छैन । विगतमा टिककटक बन्द गर्दा उपभोक्ताले भिपीएन प्रयोगमा ल्याउँदा दुरसञ्चार सेवा प्रदायकले ठूलो नोक्सानी व्यहोरेका थिए भने सरकारको आलोचनासमेत भएको थियो ।

 अब नेपालमा समाजिक सञ्जाल चल्न दिने कि नदिने वा समय थप गर्ने तथा कुनै विकल्प अपनाउने भन्ने विषयमा कुनै जानकारी नभएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।

समयभित्र पनि दर्ता हुन नआए सामाजिक सञ्जाल सञ्चालनमा रोक लाग्न सक्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुले नै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उनले समयमा नै सूचीकृत हुन नआए नेपालभित्र त्यस्ता सामाजिक सञ्जालको सञ्चालनमा रोक लाग्नसक्ने बताएका थिए ।

सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो ।

The post दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द? first appeared on Greeconomy.

]]>
https://greeconomy.com/social-media-dis-owayed-govt-directive/feed/ 0
वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी https://greeconomy.com/social-media-registration-issue-in-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=social-media-registration-issue-in-nepal https://greeconomy.com/social-media-registration-issue-in-nepal/#respond Mon, 14 Apr 2025 05:05:54 +0000 https://greeconomy.com/?p=8077 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाई अनुसार अबको पाँचौ दिनमा सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्नेछ । बैशाख ५ गतेभित्र नेपाल सरकारको निती नियम अनुसार दर्ता हुन नआए समाजिक सञ्जाल प्लेटफर्म हरु बन्द गरिने उनको भनाई छ । मन्त्रीको भनाई अनुसार बन्द गर्ने आवश्यक तयारी समेत भइहेको छ । गतसाता […]

The post वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाई अनुसार अबको पाँचौ दिनमा सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्नेछ । बैशाख ५ गतेभित्र नेपाल सरकारको निती नियम अनुसार दर्ता हुन नआए समाजिक सञ्जाल प्लेटफर्म हरु बन्द गरिने उनको भनाई छ ।

मन्त्रीको भनाई अनुसार बन्द गर्ने आवश्यक तयारी समेत भइहेको छ । गतसाता रुपन्देहीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आठौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल प्लेटफर्मको नियमन अहिले अत्यावश्यक भएको बताउँदै उनले दर्ता नभएका प्लेटफर्महरूको दुरुपायोग बढ्दै जाँदा ा समाजमा हत्या, हिंसा, ठगी, लुटपाट र अनियमितता बढेको तर्क गरे । उनले यस्ता गतिविधि नियन्त्रण गर्न दर्ता अनिवार्य गरिएको बताए ।

सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो । सोही निर्देशनको अन्तिम दिन वैशाख पाँच गते रहेको छ ।

हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन् भने फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता ठुला प्लेटफर्महरू अझै दर्ता हुन आएका छैनन् ।

The post वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी first appeared on Greeconomy.

]]>
https://greeconomy.com/social-media-registration-issue-in-nepal/feed/ 0
मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता https://greeconomy.com/fallowup-for-transmission-line/?utm_source=rss&utm_medium=rss&utm_campaign=fallowup-for-transmission-line https://greeconomy.com/fallowup-for-transmission-line/#respond Sun, 16 Mar 2025 07:18:51 +0000 https://greeconomy.com/?p=7622 काठमाडौं नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम […]

The post मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता first appeared on Greeconomy.

]]>
काठमाडौं

नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।

१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाष कुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ ।

मध्यभोटकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोशी–काठमाडौँ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।

४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज)मा ल्याएर मध्यभोटेकोसीको विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ । उक्त लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नु पर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामकोसमेत टोलीले निरीक्षण गरेको थियो ।

हिउँदयामको विद्युत भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैं फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रुपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीब्र रुपमा अगाडि बढाउन निर्देशन दिए ।

बाह्रबिसे नगरपालिका–५ स्थिति मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ ।
तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो ।

बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

The post मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/fallowup-for-transmission-line/feed/ 0
एनसेलले थ्रिजी सेवा बन्द गर्ने https://greeconomy.com/ncell-to-shotdown-3g/?utm_source=rss&utm_medium=rss&utm_campaign=ncell-to-shotdown-3g https://greeconomy.com/ncell-to-shotdown-3g/#respond Thu, 13 Mar 2025 02:37:30 +0000 https://greeconomy.com/?p=7584 काठमाडौं, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आप्mनो थ्रिजी सेवा यही सन् २०२५ भित्र बन्द गर्ने बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाई गर्नुपर्ने बताए । यसका साथै अब नेपालको टेलिकम व्यापार सब्स्क्रिप्सन मोडलमा लैजान ढिलो गर्न नहुने उनको भनाई थियो […]

The post एनसेलले थ्रिजी सेवा बन्द गर्ने first appeared on Greeconomy.

]]>
काठमाडौं,
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आप्mनो थ्रिजी सेवा यही सन् २०२५ भित्र बन्द गर्ने बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाई गर्नुपर्ने बताए । यसका साथै अब नेपालको टेलिकम व्यापार सब्स्क्रिप्सन मोडलमा लैजान ढिलो गर्न नहुने उनको भनाई थियो ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको एक अन्तरकृयामा उनले नेपालको दूरसञ्चार क्षेत्र ठूलो संकटको नजिक आइपुगेको भन्दै सबै सचेत हुनुपर्ने अपिल गरे । जीएमएसको सूचीमा दुई वर्षअघि ११७ स्थानमा रहेको नेपाल अहिले ११९ औं श्रेणीमा झरेकोमा चिन्ता व्यक्त गर्दै सहज वातावरण नहुँदा यस क्षेत्रमा विदेशी लगानी आकर्षित हुन नसकेको उनको भनाई थियो ।

नेपालको दूरसञ्चार क्षेत्रको व्यापार निरन्तर ओरालो लाग्दै गएकाले यसबाट सरकारलाई जाने करको दर पनि निरन्तर घटिरहेकोले यस्तो अवस्थामा सबै गम्भिर हुनुपर्ने उनले बताए । कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरुलाई सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व संकलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गरे। फोरजी विस्तारमा अपरेटरहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाभइजीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहेपनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले देशभर फोरजीको कभरेज शतप्रतिशत नपुगेको अवस्थामा त्यसलाई वर्षदिन भित्र पूरा गर्ने बताए । उपभोक्ताको क्षमता अनुसार तत्काल टुजी बन्द गर्नुभन्दा सुरुमा थ्रीजी बन्द गर्नु उपयुक्त हुने उनको धारणा थियो ।

पछिल्लो समय दूरसञ्चार सेवाको गुणस्तर निरन्तर घट्दै गएको बताउँदै भण्डारीले त्यसमा सुधार आवश्यक रहेको बताए । दुूरसञ्चार कम्पनीको कुल आम्दानीको ४८ प्रतिशत राज्यलाई विभिन्न शीर्षकमा कर जाने अवस्थाको अन्त्य हुन जरुरी रहेको पनि उनको भनाई थियो ।

The post एनसेलले थ्रिजी सेवा बन्द गर्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ncell-to-shotdown-3g/feed/ 0
सौर्य पीभी र ऊर्जा भण्डारणबारे परिसंघ र हुवावेबीच छलफल https://greeconomy.com/huawei-cni-dialogue/?utm_source=rss&utm_medium=rss&utm_campaign=huawei-cni-dialogue https://greeconomy.com/huawei-cni-dialogue/#respond Tue, 11 Mar 2025 08:21:02 +0000 https://greeconomy.com/?p=7568 काठमाडौं : हुवावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित हुवावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजना […]

The post सौर्य पीभी र ऊर्जा भण्डारणबारे परिसंघ र हुवावेबीच छलफल first appeared on Greeconomy.

]]>
काठमाडौं : हुवावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ ।

काठमाडौंको हात्तीसारस्थित हुवावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न, देशलाई ग्रिनर र दिगो भविष्यतर्फ डोऱ्याउन सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा स्टोरेज समाधानहरूको सम्भावना अन्वेषण गर्न विशेष प्लेटफर्म प्रदान गरेको छ ।

नेपाली उद्योग परिसंघ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विद्युत् नियमन आयोग लगायत आयोजक रहेको उक्त कार्यक्रमलाई नेपालको औद्योगिक ऊर्जा क्षेत्रको विकासप्रति प्रतिबद्धता देशको दिगो भविष्यमा संक्रमणको लागि महत्त्वपूर्ण मानिएको छ ।.

कार्यक्रममा अतिथि वक्ताहरूले छलफलमा आफ्ना बहुमुल्य विचार व्यक्त गरेका थिए । वक्ताहरूमा हुवावे नेपालका सीईओ जिम हुआङ, ऊर्जा विकास परिषदका अध्यक्ष आशिष गर्ग,  हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकमा दिगो ऊर्जा बैंकिङका प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी, टोङवेईका प्राविधिक विज्ञ ग्यारी, साथै शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूह जस्ता अग्रणी उद्योग खेलाडीहरूका प्रबन्ध निर्देशकहरू थिए ।

कार्यक्रमले सौर्य पीभी र ऊर्जा भण्डारणको नवीनतम प्रवृत्तिदेखि नेपालमा यी प्रविधिहरूको व्यावहारिक अनुप्रयोगहरू सम्मका प्रमुख विषयहरूलाई समेटेर छलफल गरेको थियो । वक्ताहरूले यी समाधानहरूले उद्योगहरूलाई कसरी डिकार्बोनाइज गर्न, ऊर्जा लागत घटाउन र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्न सक्छन् भन्ने बारेमा गहन दृष्टिकोण प्रदान गरेका थिए ।

आफ्नो स्वागत भाषणमा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम हुआङले भने- ‘हामीलाई ऊर्जाको भविष्यलाई आकार दिन नेपालले राखेको अविश्वसनीय सम्भावनाको सम्झना गराइयो । हामीसँगै यो यात्रा सुरु गर्दा हामी सहकार्य र नवीनता मार्फत हामी दिगो समाधानहरू प्रयोग गर्न सक्छौं, कार्बन फुटप्रिन्टहरू कम गर्न सक्छौं र ग्रिनरी, डिजिटल रूपमा सशक्त ऊर्जा पारिस्थितिक प्रणाली निर्माण गर्न सक्छौं भन्नेमा

स्पष्ट थियौं ।’

नेपाली उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रमा दिगो ऊर्जा संक्रमणको आवश्यकतामाथि प्रकाश पार्दै भने- ‘नेपालको औद्योगिक क्षेत्रको भविष्य कुशल मात्र नभई दिगो हुने ऊर्जा समाधानहरू अपनाउने कुरामा निर्भर गर्दछ।’

‘सौर्य ऊर्जा ऊर्जा भण्डारण समाधानहरू र हरित उत्पादनहरू उत्पादन गर्न नेपाली उद्योगहरूको डिकार्बोनाइजेशन यस रूपान्तरणको प्रमुख हुनेछ, जसले नेपालको स्वच्छ ऊर्जा लक्ष्यहरूमा योगदान पुर्‍याउँदै उद्योगहरू फस्टाउन सक्छन् भन्ने कुरा सुनिश्चित गर्नेछ,’ गर्गले भने ।

उनले नेपाली उद्योगहरूलाई डिकार्बोनाइज गर्नु केवल वातावरणीय जिम्मेवारी मात्र होइन तर दीर्घकालीन विश्वव्यापी प्रतिस्पर्धात्मकता र दिगोपन सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण रणनीति भएकोमा जोड दिए ।

साथै दिगो अभ्यासहरूलाई एकीकृत गरेर नेपाली उद्योगहरूले नयाँ विकास अवसरहरू अनलक गर्न, विश्वव्यापी लगानी आकर्षित गर्न र विकसित हुँदै गइरहेको हरित अर्थतन्त्रमा नेतृत्वदायी स्थान सुरक्षित गर्न सक्ने उनले बताए ।

‘हुवावेमा हामी नवीन डिजिटल पावर समाधानहरू मार्फत नेपालभरका उद्योगहरूलाई उनीहरूको ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न प्रतिबद्ध छौं । सौर्य ऊर्जा र ऊर्जा भण्डारणको एकीकरणले नेपाली व्यवसायहरूको लागि अझ लचिलो र लागत-कुशल भविष्यको लागि मार्ग प्रशस्त गर्नेछ । हामी हाम्रा नयाँ प्रविधिहरू प्रदर्शन गर्न र यस रूपान्तरणमा उद्योगका नेताहरूसँग सहकार्य गर्न उत्साहित छौं,’ हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले भने ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले भने, ‘यो कार्यक्रमले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कदम चालेको छ । हामी स्वच्छ, भरपर्दो ऊर्जाद्वारा संचालित भविष्यतर्फ हेर्दै गर्दा, आज प्रस्तुत गरिएका समाधानहरूले हामीलाई परम्परागत ऊर्जा स्रोतहरूमा हाम्रो निर्भरता कम गर्न र अझ दिगो र ऊर्जा-कुशल भविष्यतर्फ अघि बढ्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । यो रूपान्तरणलाई अगाडि बढाउन हुवावे र स्थानीय उद्योग सरोकारवालाहरू बीचको सहकार्य अगाडि बढाउने क्षमता राख्छ ।’

सौर्य ऊर्जा र ऊर्जा भण्डारण संवाद एक महत्वपूर्ण कार्यक्रम थियो, जसले अत्याधुनिक नवीकरणीय ऊर्जा समाधानहरू अपनाउनको लागि नवप्रवर्तनलाई अगाडि बढाउन र रणनीतिक साझेदारीलाई बढावा दिन हुवावे डिजिटल पावर नेपालको प्रतिबद्धता देखिएको छ ।

The post सौर्य पीभी र ऊर्जा भण्डारणबारे परिसंघ र हुवावेबीच छलफल first appeared on Greeconomy.

]]>
https://greeconomy.com/huawei-cni-dialogue/feed/ 0
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने https://greeconomy.com/global-ime-bank-hyakathoon/?utm_source=rss&utm_medium=rss&utm_campaign=global-ime-bank-hyakathoon https://greeconomy.com/global-ime-bank-hyakathoon/#respond Tue, 04 Mar 2025 04:52:34 +0000 https://greeconomy.com/?p=7465 ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ । यसका साथै यस […]

The post ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने first appeared on Greeconomy.

]]>
ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ ।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ ।

यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।

डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा सहभागिता हुन इच्छुकहरुले बैंकको वेवसाइट मार्फत दर्ता गर्नुपर्ने छ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।

पहिलो चरणको लागि प्रतियोगिहरुले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुती गर्नुपर्ने छ । साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

The post ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/global-ime-bank-hyakathoon/feed/ 0