Social - Greeconomy https://greeconomy.com Economy with environment Sun, 26 Apr 2026 07:59:56 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Social - Greeconomy https://greeconomy.com 32 32 जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो https://greeconomy.com/insurance-business-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=insurance-business-nepal https://greeconomy.com/insurance-business-nepal/#respond Sun, 26 Apr 2026 07:56:19 +0000 https://greeconomy.com/?p=11271 काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले […]

The post जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले बढेको हो ।अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ भित्र्याएका थिए ।

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षका भन्दा ११.६४ प्रतिशतले बढी हो ।गत आर्थिक वर्ष नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । यो कम्पनीले चैतसम्म १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ९.२० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष चैतसम्म कम्पनीले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ८.०८ प्रतिशतले बढेर १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी चैतसम्म हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५.३१ प्रतिशत बढी हो ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो ।

यसैगरी, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ (११.६७ प्रतिशत) बढी, एसियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ ( १२.११ प्रतिशत बढी) र सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ (१९.२६ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै चालु वर्षको चैतसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

३०.६१ प्रतिशतले बढ्यो प्रथम बीमा शुल्क संकलन

जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार बढेको छ । जीवन बीमा कम्पनीले चालु वर्षको चैतसम्म ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। जुन गत वर्षको तुलनामा ३०.६१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चैतसम्म कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख रुपैयाँ नयाँ व्यापार गरेका थिए । समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ ।

चालु वर्षको चैतसम्म नेपाल लाइफले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ नयाँ व्यपार गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३८.४३ प्रतिशतले बढेको हो ।

The post जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/insurance-business-nepal/feed/ 0
यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/?utm_source=rss&utm_medium=rss&utm_campaign=government-creating-sattlemet-of-actual-homless https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/#respond Sat, 25 Apr 2026 07:47:26 +0000 https://greeconomy.com/?p=11266 काठमाडौं । राजधानीका नदी किनारका बहुमूल्य सरकारी तथा सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउने तयारी सरकारले तीव्र बनाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती लक्षित गर्दै अभियान अघि बढाइएको हो। सरकारले यसपटक सार्वजनिक जग्गा फिर्ता लिनु मात्र नभई ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने मुख्य उद्देश्यसहित काम अघि बढाएको जनाएको छ। […]

The post यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन first appeared on Greeconomy.

]]>

काठमाडौं ।

राजधानीका नदी किनारका बहुमूल्य सरकारी तथा सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउने तयारी सरकारले तीव्र बनाएको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती लक्षित गर्दै अभियान अघि बढाइएको हो।

सरकारले यसपटक सार्वजनिक जग्गा फिर्ता लिनु मात्र नभई ‘सक्कली’ र ‘नक्कली’ सुकुम्वासी छुट्याउने मुख्य उद्देश्यसहित काम अघि बढाएको जनाएको छ। यसका लागि भावनात्मक आधारभन्दा तथ्य र लगत (डाटा) का आधारमा स्थायी समाधान खोज्ने रणनीति लिइएको छ।

बागमती सभ्यता लगायतका निकायले संकलन गरेको लगतअनुसार बस्तीमा बसोबास गर्ने धेरै व्यक्तिको अन्यत्र घरजग्गा रहेको पुष्टि भइसकेको छ। सोही आधारमा सरकारले अन्यत्र सम्पत्ति भएका तर सुकुम्वासीको नाममा सार्वजनिक जग्गा कब्जा गर्ने ‘नक्कली’ पात्रलाई कुनै पनि हालतमा विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

अब प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर विस्तृत प्रोफाइल तयार पारिनेछ। यसले वास्तविक भूमिहीन र ‘हुनेखाने’ बीच स्पष्ट छुट्याउन सहयोग पुग्ने सरकारी विश्वास छ।

यता, कतै पनि जायजेथा नभएका वास्तविक भूमिहीन सुकुम्वासीका लागि भने सरकारले मानवीय आधारमा तत्काल पुनर्स्थापनाका लागि पाँच सुरक्षित विकल्प तय गरेको छ। नागार्जुन (इचङ्गु) मा ४२ वटा व्यवस्थित आवास युनिट, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवन, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, तथा खरीपाटी र चाँदबागका सरकारी भवन र खाली जग्गामा बसोबासको व्यवस्था मिलाइने भएको छ।

बस्ती हटाउने कार्यसँगै सरकारले ‘साइट’मै आवश्यक राहत र व्यवस्थापनसमेत सुरु गरेको छ। स्थानान्तरण हुनेहरूका लागि आज र भोलि प्याकेटमा खाना उपलब्ध गराइनेछ भने पुनर्स्थापनाका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ।

सरकारका अनुसार यी संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्वासी व्यवस्थापनका लागि पूर्ण रूपमा उपयोगमा ल्याइनेछ।

The post यसरी हुँदैछ बास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/government-creating-sattlemet-of-actual-homless/feed/ 0
आजदेखि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स https://greeconomy.com/licence-within-24hr/?utm_source=rss&utm_medium=rss&utm_campaign=licence-within-24hr https://greeconomy.com/licence-within-24hr/#respond Fri, 17 Apr 2026 05:02:49 +0000 https://greeconomy.com/?p=11244 काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए । […]

The post आजदेखि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स first appeared on Greeconomy.

]]>
काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए । साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । ‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ,’ उनले भने ।

निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यस केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विगतमा विभिन्न निकायमा समस्या जटिल बनेको बताए । अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री डा तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए । करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए । तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए ।

The post आजदेखि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स first appeared on Greeconomy.

]]>
https://greeconomy.com/licence-within-24hr/feed/ 0
अमेरिका-इरान वार्तामा जुटेन सहमति https://greeconomy.com/islamabad-dialogue-failed-to-get-conclusion/?utm_source=rss&utm_medium=rss&utm_campaign=islamabad-dialogue-failed-to-get-conclusion https://greeconomy.com/islamabad-dialogue-failed-to-get-conclusion/#respond Sun, 12 Apr 2026 08:10:50 +0000 https://greeconomy.com/?p=11227 एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए । उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा […]

The post अमेरिका-इरान वार्तामा जुटेन सहमति first appeared on Greeconomy.

]]>

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए ।

उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा राखेको भए पनि इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताए । भान्सका अनुसार यो सम्झौता हुन नसक्नु अमेरिकाको तुलनामा इरानका लागि धेरै नराम्रो खबर हो ।

वार्ताको क्रममा अमेरिकी टोलीले इरानसँग आणविक हतियार निर्माण नगर्ने र त्यसका लागि आवश्यक प्रविधि तथा उपकरणहरू नजुटाइने कुरामा स्पष्ट प्रतिबद्धता खोजेको थियो । उपराष्ट्रपति भान्सले आफूहरू वार्तामा निकै लचिलो बनेको दाबी गर्दै अब इरानका अगाडि अमेरिकाको अन्तिम र उत्तम प्रस्ताव छाडेर स्वदेश फर्कन लागेको बताए । यो वार्ता अवधिभर अमेरिकी टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, र अर्थमन्त्री स्कट बेसेन्ट लगायतका उच्च अधिकारीहरूसँग निरन्तर संवाद र समन्वय गरिरहेको थियो ।

यसैबीच, इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार यो म्याराथन वार्तामा मुख्य रूपमा स्ट्रेट अफ हर्मुजको सुरक्षा र इरानको आणविक कार्यक्रमका विषयहरू समेटिएका थिए । अमेरिकाले इरानको सर्त स्वीकार्ने तत्परता नदेखाएको कारण वार्ता गतिरोधमा फसेको बताइएको छ । अहिलेलाई अमेरिकाले आफ्नो प्रस्ताव इरानको हातमा छाडेको छ र अब इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भन्ने कुराले आगामी रणनीतिक बाटो तय गर्ने देखिन्छ ।

The post अमेरिका-इरान वार्तामा जुटेन सहमति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/islamabad-dialogue-failed-to-get-conclusion/feed/ 0
गोरखा सेभिङका अध्यक्ष सहित ४ जना पक्राउ https://greeconomy.com/chairman-of-gorkha-seving-arrested/?utm_source=rss&utm_medium=rss&utm_campaign=chairman-of-gorkha-seving-arrested https://greeconomy.com/chairman-of-gorkha-seving-arrested/#respond Fri, 03 Apr 2026 10:03:11 +0000 https://greeconomy.com/?p=11211 काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राई सहित ४ जना पक्राउ परेका छन् । समस्याग्रस्त घोषण भएको सहकारीका तत्कालीन अध्यक्ष राईसहित अन्य ३ जना सञ्चालकलाई सहकारी बचत रकम अपचलन गरेको आरोपमा पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले पुष्टि गरे। ३ हजार १०० भन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ […]

The post गोरखा सेभिङका अध्यक्ष सहित ४ जना पक्राउ first appeared on Greeconomy.

]]>
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राई सहित ४ जना पक्राउ परेका छन् । समस्याग्रस्त घोषण भएको सहकारीका तत्कालीन अध्यक्ष राईसहित अन्य ३ जना सञ्चालकलाई सहकारी बचत रकम अपचलन गरेको आरोपमा पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले पुष्टि गरे।

३ हजार १०० भन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ अपचलन गरेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको उनले बताए । सहकारीका अध्यक्ष मानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालकहरु कर्णबहादुर राई र अनलिकुमार राइ पक्राउ परेका हुन् । गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभको ३ हजार १०२ जना बचतकर्ताको ३ अर्ब ८९ करोड ७२ लाख ६७ हजारभन्दा बढी रकम अपचलन भएको जाहेरी परेको उनले बताए ।

The post गोरखा सेभिङका अध्यक्ष सहित ४ जना पक्राउ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/chairman-of-gorkha-seving-arrested/feed/ 0
हवाई भाडा करिव दोब्बर https://greeconomy.com/air-fair-increased-as-double/?utm_source=rss&utm_medium=rss&utm_campaign=air-fair-increased-as-double https://greeconomy.com/air-fair-increased-as-double/#respond Thu, 02 Apr 2026 05:07:32 +0000 https://greeconomy.com/?p=11206 काठमाडौँ, चैत १९ गते । पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा पनि हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा गरेको भारी वृद्धि गरेसँगै बुधबारदेखि देशका अधिकांश गन्तव्यको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले इन्धनको मूल्य बढाएसँगै […]

The post हवाई भाडा करिव दोब्बर first appeared on Greeconomy.

]]>

काठमाडौँ, चैत १९ गते । पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा पनि हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा गरेको भारी वृद्धि गरेसँगै बुधबारदेखि देशका अधिकांश गन्तव्यको हवाई भाडा बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीको सहकार्यमा बुधबारदेखि सबै आन्तरिक गन्तव्यको उडान भाडा बढेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण इन्धनको मूल्य र आपूर्तिमा समस्या देखिएपछि त्यसको असर नेपालको उड्डयन क्षेत्रमा समेत परेको छ । आयल निगमले हवाई इन्धनको मूल्य ७५ प्रतिशले बढाएपछि बुधबारदेखि पर्वतीय उडानसहित सबै आन्तरिक गन्तव्यको हवाई भाडा उनले जानकारी दिए ।

सरकारले तोकेको लागत दर (हरेक दुई वर्षमा नवीकरण हुनुपर्ने भए पनि २०७३ देखि स्थिर रहेको), हवाई इन्धनको मूल्य, यात्रुले तिर्ने विमानस्थल शुल्क र १३ प्रतिशत भ्याट जोडेर हवाई भाडा निर्धारण हुने गरिएकोमा उक्त आधारमध्ये कुनै एकमा असर पुग्दा समग्र हवाई भाडा समायोजना हुने गरेको छ  ।

वायुसेवा सञ्चालक सङ्घले आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपियाँ वृद्धि गरेसँगै इन्धनको मूल्य बढेर प्रतिलिटर २५१ रुपियाँ पुगेपछि वायुसेवा कम्पनीले आफ्नो उडान खर्च धान्न हवाई भाडा बढाएको जनाएको छ । बढेको हवाई भाडा सबै उडान गन्तव्यका साथै हेलिकोप्टरको भाडामा समेत लागु हुने छ ।

वायुसेवा कम्पनीले सबैभन्दा बढी काठमाडौँबाट धनगढीको हवाई भाडा पाँच हजार ४८० रुपियाँ बढेर ११ हजार ९० रुपियाँ पुगेको भने काठमाडौँबाट हुने पर्वतीय उडानको भाडा चार हजार २२५ सय रुपियाँले बढेर आठ हजार ६१५ रुपियाँ पुगेको छ । नयाँ भाडादर अनुसार काठमाडौँ–भद्रपुरको भाडा तीन हजार ७२५ रुपियाँ, विराटनगरको दुई हजार ९८०, जनकपुर एक हजार छ सय, भरतपुर एक हजार ३३०, पोखरा एक हजार ९७०, भैरहवा दुई हजार ५५५, नेपालगन्ज चार हजार ४५, तुम्लिङटार दुई हजार २९०, सिमरा एक हजार १२०, सुर्खेत चार हजार २८५ र काठमाडौँदेखि राजविराजको भाडा दुई हजार ५४० रुपियाँले बढेको छ ।

The post हवाई भाडा करिव दोब्बर first appeared on Greeconomy.

]]>
https://greeconomy.com/air-fair-increased-as-double/feed/ 0
ऊर्जाका कर्मचारीहरूलाई १० बुँदे निर्देशन https://greeconomy.com/directives-of-energy-minister/?utm_source=rss&utm_medium=rss&utm_campaign=directives-of-energy-minister https://greeconomy.com/directives-of-energy-minister/#respond Mon, 30 Mar 2026 09:59:28 +0000 https://greeconomy.com/?p=11194 काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनमा हुने गरेको ढिलाइ अन्त्य गर्न कर्मचारीहरूलाई १० बुँदे निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकमा वर्तमान कार्यसम्पादन, प्राथमिकता तथा सञ्चालित आयोजना र कार्यक्रमबारे विस्तृत छलफलपछि उक्त निर्देशन जारी भएको मन्त्रालयले जनाएको छ । निर्देशन अनुसार सरकारले घोषणा गरेको […]

The post ऊर्जाका कर्मचारीहरूलाई १० बुँदे निर्देशन first appeared on Greeconomy.

]]>

काठमाडौँ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनमा हुने गरेको ढिलाइ अन्त्य गर्न कर्मचारीहरूलाई १० बुँदे निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकमा वर्तमान कार्यसम्पादन, प्राथमिकता तथा सञ्चालित आयोजना र कार्यक्रमबारे विस्तृत छलफलपछि उक्त निर्देशन जारी भएको मन्त्रालयले जनाएको छ ।

निर्देशन अनुसार सरकारले घोषणा गरेको १०० दिने कार्यसूची बमोजिम सचिव स्तरमा आवश्यक सल्लाह तथा तयारी प्रक्रिया तत्काल सुरु गरिने भएको छ । त्यस्तै, विपद् तथा मौसमको बदलिँदो प्रवृत्ति अध्ययन सुरु गरी सो सम्बन्धी तथ्याङ्क भविष्यमा मन्त्रालयका लागि महत्त्वपूर्ण सम्पत्ति कायम गर्नुपर्ने छ ।

कृषि उत्पादनसँग प्रत्यक्ष सम्बन्ध भएको सिँचाइ क्षेत्रको समग्र प्रगति, लक्ष्य तथा लक्षित क्षेत्रको स्पष्ट विवरण तयार गर्नुपर्ने, अघिल्लो आर्थिक वर्षको बजेट तथा खर्च क्षमताको समीक्षा गरी प्राविधिक क्षमताको अभावमा खर्च हुने नसकेको अवस्थाबारे विश्लेषण गर्नुपर्ने भएको छ ।

चालु आर्थिक वर्षको बजेटलाई उत्पादकत्व अभिवृद्धि तथा परिमाणमुखी कार्यसँग जोड्न, प्राथमिकता प्राप्त आयोजनाको कार्यकारी अनुगमन तथा स्थलगत भ्रमणको तयारी गरी ती आयोजनामा भएका ढिलाइ, लापरबाही वा अवरोध पहिचान गरी निराकरणका लागि तत्काल पहल गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, आगामी वर्षको बजेट तथा कार्यक्रम तयार गर्ने सन्दर्भमा प्राथमिकतामा आधारित भई गहन छलफल तथा विश्लेषण गर्न, चालु आयोजनाहरूमा रहेका अवरोध पहिचान गरी सूची तयार गर्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने र मन्त्रालयमा उपलब्ध प्राविधिक जनशक्ति तथा अनुभवलाई सकारात्मक रूपमा उपभोग गर्दै परिणाममुखी ढङ्गले कार्य अघि बढाउन निर्देशन दिइएको छ ।

The post ऊर्जाका कर्मचारीहरूलाई १० बुँदे निर्देशन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/directives-of-energy-minister/feed/ 0
पूर्वमन्त्री दीपक खड्का पक्राउ https://greeconomy.com/deepak-khadka-arrested/?utm_source=rss&utm_medium=rss&utm_campaign=deepak-khadka-arrested https://greeconomy.com/deepak-khadka-arrested/#respond Sun, 29 Mar 2026 02:58:45 +0000 https://greeconomy.com/?p=11191 काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो। भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।  सीआईबी प्रमुख […]

The post पूर्वमन्त्री दीपक खड्का पक्राउ first appeared on Greeconomy.

]]>
काठमाडौं ।

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।

भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।  सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गरे ।

The post पूर्वमन्त्री दीपक खड्का पक्राउ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/deepak-khadka-arrested/feed/ 0
बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने https://greeconomy.com/100-point-governmet-reform-programme/?utm_source=rss&utm_medium=rss&utm_campaign=100-point-governmet-reform-programme https://greeconomy.com/100-point-governmet-reform-programme/#respond Sun, 29 Mar 2026 01:41:17 +0000 https://greeconomy.com/?p=11188 काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय […]

The post बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने first appeared on Greeconomy.

]]>
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ मार्फत सरकारले दुई चरणमा सम्पत्ति छानबिन गर्नेगरी घोषणा गरेको हो ।

जसअनुसार पहिलो चरणमा वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन र छानबिन गरिनेछ। त्यसलगत्तै दोस्रो चरणमा वि.सं. २०४८ देखि २०६१/६२ सम्मको अवधिमा सार्वजनिक पदमा रहेका सोही प्रकृतिका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाइनेछ।

यो विशेष अभियान सञ्चालन गर्न सरकारले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी एक अधिकारसम्पन्न ‘सम्पत्ति छानबिन समिति’ गठन गर्ने तयारी गरेको छ।

उक्त समितिमा कानुन, अर्थ, राजस्व र अनुसन्धान क्षेत्रका विज्ञहरूका साथै सम्बन्धित निकायका प्रतिनिधिहरू रहनेछन्।

समितिलाई आवश्यक कागजपत्र र विवरण सङ्कलन गर्नेदेखि विश्लेषण र सिफारिस गर्नेसम्मको पूर्ण अधिकार दिइनेछ।

यो छानबिन प्रक्रियालाई कानुनी मापदण्ड र प्रमाणमा आधारित बनाउँदै निष्पक्ष रूपमा सञ्चालन गरिने र प्राप्त प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही एवं अभियोजन प्रक्रिया अघि बढाइने सरकारको अठोट छ।

यसैगरी, भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत रूपमा सुदृढ बनाउन र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रको पुनर्संरचना गरिने भएको छ।

यसका लागि ३० दिनभित्र पुनर्संरचना योजना तयार गरी कार्यान्वयनमा लैजाने सरकारले जनाएको

कार्यसूचीमा सरकारले प्रशासनिक खर्च कटौती र कार्यकुशलताका लागि संघीय मन्त्रालयको संख्या घटाएर १७ कायम गर्ने निर्णय गरेको छ। यसका साथै निजामती कर्मचारी, शिक्षक र प्राध्यापकहरूले कुनै पनि राजनीतिक दलको सदस्य वा स्वार्थ समूहसँग आबद्ध हुन नपाउने र सार्वजनिक प्रशासनमा रहेका दलीय ट्रेड युनियनहरू खारेज गर्ने घोषणा गरिएको छ। सरकारले १०० दिनभित्र घाइते र प्रभावित परिवारका लागि एकीकृत पुन:स्थापना प्याकेज ल्याउने भएको छ।

यसैगरी भ्रष्टाचार विरुद्ध कठोर नीति लिँदै सरकारले १५ दिनभित्र अधिकारसम्पन्न ‘सम्पत्ति छानबिन समिति’ गठन गर्ने भएको छ। यस समितिले २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्नेछ। साथै, बैंक खाता, डिजिटल वालेट र सेयर लगानी समेट्ने गरी ‘एकीकृत डिजिटल सम्पत्ति लगानी’ स्थापना गरिनेछ।

दीर्घकालीन राजनीतिक सुधारका लागि सरकारले ७ दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्नेछ। यस प्रक्रियालाई सहभागितामूलक र पारदर्शी बनाइने लक्ष्य राखिएको छ। साथै, निर्वाचन प्रणालीमा सुधार र दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायसँग राज्यको तर्फबाट औपचारिक क्षमायाचनासहितको सुधार कार्यक्रम घोषणा गरिनेछ।

नागरिकलाई सेवा लिन लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्न सबै सरकारी प्रक्रियालाई ‘फेसलेस’ (अनुहार देखाउनु नपर्ने), ‘टाइम-बाउन्ड’ र ट्र्याकिङ योग्य बनाइनेछ। राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता सेवाहरू डिजिटल माध्यमबाट सहजै उपलब्ध गराइनेछ।

अस्पतालहरूमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ लागू गरिने र ३० दिनभित्र ‘फ्री हेल्थ पोर्टल’ विकास गरिनेछ। विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनको संरचना हटाइने कार्यसूचीमा उल्लेख छ। साथै, कक्षा ५ सम्मको आन्तरिक परीक्षा प्रणाली खारेज गरी मनोवैज्ञानिक मूल्यांकन पद्धति अपनाइनेछ।

 

The post बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/100-point-governmet-reform-programme/feed/ 0
केपी ओली र रमेश लेखक पक्राउ https://greeconomy.com/kp-oli-and-ramesh-lekhak-arrested/?utm_source=rss&utm_medium=rss&utm_campaign=kp-oli-and-ramesh-lekhak-arrested https://greeconomy.com/kp-oli-and-ramesh-lekhak-arrested/#respond Sat, 28 Mar 2026 00:43:38 +0000 https://greeconomy.com/?p=11182 काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।  उता, पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् […]

The post केपी ओली र रमेश लेखक पक्राउ first appeared on Greeconomy.

]]>
काठमाडौं ।

 पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।  उता, पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको थियो । ‘उहाँलाई हामी परिसर ल्याउँदैछौं,’ ती प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

 

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

उता, एमाले अध्यक्ष ओलीको भने पक्राउ पुर्जी जारी भइसकेको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।

शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।

मध्यरातसम्म भएको छलफलपछि सहमति नभएपछि कानुनसचिव पाराश्वर ढुंगानालाई पनि प्रहरी हेडक्वार्टर बोलाइएको थियो ।

उनी हेडक्वार्टरबाट निस्किएर लिखित आदेश तयार पारे । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर ओली र लेखकलाई नियन्त्रणमा लिन लागिएको हो ।

The post केपी ओली र रमेश लेखक पक्राउ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/kp-oli-and-ramesh-lekhak-arrested/feed/ 0