Corporate - Greeconomy https://greeconomy.com Economy with environment Wed, 29 Apr 2026 04:35:01 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Corporate - Greeconomy https://greeconomy.com 32 32 स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि https://greeconomy.com/smartphone-import-increased/?utm_source=rss&utm_medium=rss&utm_campaign=smartphone-import-increased https://greeconomy.com/smartphone-import-increased/#respond Wed, 22 Apr 2026 04:54:30 +0000 https://greeconomy.com/?p=11261 काठमाडौं । नेपालमा स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा साढे ३३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो तथ्यांकले […]

The post स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि first appeared on Greeconomy.

]]>
काठमाडौं । नेपालमा स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा साढे ३३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि देखाउँछ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरका १५ लाख ८४ हजार थान स्मार्टफोन आयात भएका थिए। यस आधारमा चालु वर्षमा स्मार्टफोन आयात संख्या करिब ९० हजार थानले बढेको छ भने मूल्यका हिसाबले झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

तथ्यांकले नेपाली बजारमा महँगा तथा अत्याधुनिक स्मार्टफोनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको संकेत गर्छ। साथै, सरकारले विलासिताका वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउनु र बजारमा नयाँ-नयाँ मोडल उपलब्ध हुनुले पनि आयात वृद्धि हुन सहयोग गरेको देखिन्छ ।

The post स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि first appeared on Greeconomy.

]]>
https://greeconomy.com/smartphone-import-increased/feed/ 0
सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त https://greeconomy.com/citizen-life-iso/?utm_source=rss&utm_medium=rss&utm_campaign=citizen-life-iso https://greeconomy.com/citizen-life-iso/#respond Sun, 19 Apr 2026 04:31:37 +0000 https://greeconomy.com/?p=11276 काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रेजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) तथा यूकेएएस म्यानेजमेन्ट सिस्टम्स मार्फत प्रदान गरिएको हो। यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा […]

The post सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त first appeared on Greeconomy.

]]>
काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१:२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रेजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) तथा यूकेएएस म्यानेजमेन्ट सिस्टम्स मार्फत प्रदान गरिएको हो।

यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गर्दछ।

यस प्रमाणिकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ। विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

यस उपलब्धिले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, आन्तरिक प्रक्रिया अझ प्रभावकारी, व्यवस्थित र जवाफदेही बन्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

सिटिजन लाइफले यस उपलब्धिलाई केवल प्रमाणपत्रमा सीमित नराखी ग्राहकको विश्वास, उत्तरदायित्व तथा दीर्घकालीन सेवा उत्कृष्टताप्रतिको दृढ प्रतिबद्धताको रूपमा ग्रहण गरेको जनाएको छ। आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

The post सिटिजन लाइफलाई आईएसओ ९००१:२०१५ प्राप्त first appeared on Greeconomy.

]]>
https://greeconomy.com/citizen-life-iso/feed/ 0
डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्यवृद्धि https://greeconomy.com/disel-price-hike-high/?utm_source=rss&utm_medium=rss&utm_campaign=disel-price-hike-high https://greeconomy.com/disel-price-hike-high/#respond Thu, 16 Apr 2026 03:43:48 +0000 https://greeconomy.com/?p=11239 काठमाडौं : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आज मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। परिवर्तित मूल्यअनुसार डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ […]

The post डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्यवृद्धि first appeared on Greeconomy.

]]>
काठमाडौं : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगमले आज मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।

परिवर्तित मूल्यअनुसार डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा पनि घाटा कायमै रहेको छ।

निगमले सार्वजनिक गरेको विवरणअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा भइरहेको छ। पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएको निगमले जनाएको छ।

The post डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्यवृद्धि first appeared on Greeconomy.

]]>
https://greeconomy.com/disel-price-hike-high/feed/ 0
मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स https://greeconomy.com/rutten-dry-fruits-by-bagmati-sweets/?utm_source=rss&utm_medium=rss&utm_campaign=rutten-dry-fruits-by-bagmati-sweets https://greeconomy.com/rutten-dry-fruits-by-bagmati-sweets/#respond Wed, 15 Apr 2026 04:44:17 +0000 https://greeconomy.com/?p=11235 काठमाडौँ । गत आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई निम्त्याइयो । कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीलाई खाजाको प्याकेट वितरण गरियो । मन्त्री चौधरीलाई पनि खाजा उपलब्ध गराइयो तर जब मन्त्री चौधरीको खाजाको प्याकेट खोल्दा मन्त्री नै चकित परिन […]

The post मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स first appeared on Greeconomy.

]]>
काठमाडौँ । गत आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई निम्त्याइयो ।

कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीलाई खाजाको प्याकेट वितरण गरियो । मन्त्री चौधरीलाई पनि खाजा उपलब्ध गराइयो तर जब मन्त्री चौधरीको खाजाको प्याकेट खोल्दा मन्त्री नै चकित परिन । नजिकै बबरमहलमा रहेको बागमती स्विट्स प्रालिबाट खरिद गरी ल्याइएको थियो खाजाका प्याकेट । मन्त्री चौधरीकै प्याकेटमा रहेको ड्राइफ्रुट्समा किरा भेटियो ।

मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सो मिठाई पसलमा अनुगमन गर्न निर्देशन दिइन । खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त टोलीले विशेष अनुगमन ग¥यो । अनुगमनका क्रममा उक्त स्विट्स प्रालिले मिठाई उत्पादन गर्दा लापर्बाही गरेको पाइएपछि उत्पादन र बिक्रीवितरणमा तत्कालका लागि रोक लगाएको छ ।

विभागका अनुसार अनुगमनका क्रममा बागमती स्विट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइको अवस्था सन्तोषजनक नपाइएको र कीट नियन्त्रणको व्यवस्थापन पनि फितलो रहेको पाइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २0८१ बमोजिम विभागले अर्को आदेश नभएसम्मका लागि उक्त कारखाना उत्पादनबाट हुने सम्पूर्ण उत्पादन र बिक्रीवितरण रोक लगाएको छ ।

अनुगमन टोलीले बजार पठाउन प्याकिङ गरेका प्याकेटमा किरा फेला परेको ठुलो परिणामको बदाम जफत गरी नष्ट गरेको जनाएको छ । विभागको अनुगमन टोलीले बागमती स्विट्सलाई आफ्ना सबै कैफियत सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

The post मन्त्रीकै खाजामा किरा परेको ड्राइफ्रुट्स first appeared on Greeconomy.

]]>
https://greeconomy.com/rutten-dry-fruits-by-bagmati-sweets/feed/ 0
मुद्दती निक्षेपमा ब्याजदर थप घट्दै https://greeconomy.com/interest-rate-decreasing/?utm_source=rss&utm_medium=rss&utm_campaign=interest-rate-decreasing https://greeconomy.com/interest-rate-decreasing/#respond Mon, 13 Apr 2026 05:23:07 +0000 https://greeconomy.com/?p=11231 काठमाडौं : व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्दै गएको छ। २०८३ वैशाख महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १९ वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। यसअघि चैत महिनामा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंक ले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै […]

The post मुद्दती निक्षेपमा ब्याजदर थप घट्दै first appeared on Greeconomy.

]]>
काठमाडौं : व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्दै गएको छ। २०८३ वैशाख महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १९ वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।

यसअघि चैत महिनामा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंक ले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका थिए। तर वैशाखका लागि हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएपछि १९ बैंकको दर ५ प्रतिशतभन्दा तल झरेको हो। एनएमबि बैंक ले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकहरूको अधिकतम ब्याजदरको औसत ०.०९४ प्रतिशत बिन्दुले घटेको छ। चैतमा ४.४९४ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ४.४ प्रतिशतमा झरेको छ।

वैशाखका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक ले ब्याजदर घटाएका छन्।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटेको छ। चैत महिनामा ३.२९२५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर वैशाखमा घटेर ३.२२९५ प्रतिशतमा झरेको छ, जुन ०.०६३ प्रतिशत बिन्दुको गिरावट हो।

बैंकिङ क्षेत्रमा अधिक तरलता, कर्जा मागमा कमी र ब्याजदर घटाउने नीतिका कारण निक्षेपको ब्याजदरमा लगातार दबाब परेको विश्लेषण गरिएको छ।

 

वाणिज्य बैंकहरूको ब्याजदर (चैत २०८२ vs वैशाख २०८३)

क्र.सं. बैंकको नाम चैत (व्यक्तिगत) चैत (संस्थागत) वैशाख (व्यक्तिगत) वैशाख (संस्थागत) फरक (व्यक्तिगत) फरक (संस्थागत)
1 सिद्धार्थ बैंक ४.२५ ३.५ ५.०० ३.२५ -०.२५ -०.२५
2 एभरेष्ट बैंक ४.२५ ३.५ ४.०५ ३.५ -०.२०
3 कुमारी बैंक ४.१२ ३.५ ४.०५ ३.५ -०.०७
4 स्ट्यान्डर्ड चार्टर्ड ४.१ २.२७ ४.१० २.७५ -०.०१
5 सिटिजन्स बैंक ४.५ ३.१५ -०.३५
6 प्राइम कमर्सियल ४.१५ २.२७ ४.१५ २.७५
7 कृषि विकास बैंक ४.१५ २.७५ ४.१५ २.७८ +०.०३
8 नेपाल SBI बैंक ४.२५ २.७५ ४.२५ २.७५
9 हिमालयन बैंक ४.५ ३.७५ -०.५० -०.२५
10 नेपाल बैंक ४.५ ४.५
11 ग्लोबल IME बैंक ४.५ ४.५
12 माछापुच्छ्रे बैंक ४.५ ४.५ ०0
13 लक्ष्मी सनराइज ४.५ ४.२५ ४.५ ३.२५
14 सानिमा बैंक ४.५ ३.३ ४.५ ३.३
15 नेपाल इन्भेष्टमेन्ट मेगा ४.५ ३.५ ४.५ ३.५
16 प्रभु बैंक ४.५५ २.७५ ४.५५ २.७५
17 नबिल बैंक ४.५५ ३.५५ ४.५५ ३.०१ -०.५४
18 एनआईसी एशिया ४.७५ ३.७५ -०.२५ -०.२५
19 राष्ट्रिय वाणिज्य बैंक ४.७५ -०.२५
20 एनएमबि बैंक

The post मुद्दती निक्षेपमा ब्याजदर थप घट्दै first appeared on Greeconomy.

]]>
https://greeconomy.com/interest-rate-decreasing/feed/ 0
शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ https://greeconomy.com/sankarlal-agrawal-arrested/?utm_source=rss&utm_medium=rss&utm_campaign=sankarlal-agrawal-arrested https://greeconomy.com/sankarlal-agrawal-arrested/#respond Sat, 04 Apr 2026 06:46:26 +0000 https://greeconomy.com/?p=11217 काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको बताइएको छ । दीपक भट्टका […]

The post शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ first appeared on Greeconomy.

]]>

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको बताइएको छ ।

दीपक भट्टका व्यावसायिक साझेदार शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवालपनि  भैरहवाबाट पक्राउ परेका छन्। भट्टसँग आवद्ध शंकर समूहका चेयरम्यान शंकर अग्रवाल शुक्रबार पक्राउ परेसँगै उक्त समूहका भाइस चेयरम्यान सुलभ अग्रवाल पनि पक्राउ परेका हुन्। सुलभ शंकर अग्रवालका छोरा हुन् ।

भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदारमाथि पनि धरपकड सुरु भएको हो । शंकर अग्रवालपछि प्रहरीले सुलभको खोजी गरेका थिए । प्रहरीले खोजी गर्दै गर्दा सुलभ भारत पुगेको जानकारी पाएका थिए । उच्च प्रहरी अधिकारीका अनुसार सुलभको व्हाट्सअपमा फोन गरेर नेपाली सीमामा बोलाइएको थियो । भैरहवामा आइपुगेपछि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीको भनाई छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई पक्राउ गरेको हो। भट्टसँगको सम्बन्धको आधारमा उनलाई पक्राउ गरिएको हो । भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप अघि बढाएको प्रहरीको भनाई छ ।

 

The post शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/sankarlal-agrawal-arrested/feed/ 0
७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा https://greeconomy.com/margin-landing-captured-by-high-profile/?utm_source=rss&utm_medium=rss&utm_campaign=margin-landing-captured-by-high-profile https://greeconomy.com/margin-landing-captured-by-high-profile/#respond Fri, 03 Apr 2026 10:35:26 +0000 https://greeconomy.com/?p=11213 काठमाडौँ ।  सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा जाने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा भने वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार सेयर कर्जा प्रवाह १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बजारमा तरलता सहज हुँदै गएका कारण कर्जा प्रवाह बढे पनि यसको […]

The post ७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा first appeared on Greeconomy.

]]>
काठमाडौँ ।  सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा जाने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा भने वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार सेयर कर्जा प्रवाह १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

बजारमा तरलता सहज हुँदै गएका कारण कर्जा प्रवाह बढे पनि यसको ठुलो हिस्सा अझै पनि सीमित ठुला लगानीकर्ताहरूकै नियन्त्रणमा रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा बैंकहरूले थप १५ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्। यो गत असार मसान्तको तुलनामा ११.१ प्रतिशतको वृद्धि हो ।

कर्जाको सीमा कुल रकम (फागुन मसान्त) वृद्धिदर (८ महिनामा) हिस्सा (%)
१ करोडमाथि (ठुला) रु. १ खर्ब ९ अर्ब ६४ करोड १०.८% ७०.१६%
५० लाख – १ करोड रु. १८ अर्ब ८१ करोड १७.४% १२.०३%
२५ लाख – ५० लाख रु. १९ अर्ब ०६ करोड ९.६% १२.२०%
२५ लाख मुनि (साना) रु. ८ अर्ब ७५ करोड ७.१% ५.६१%

 

तथ्याङ्क अनुसार कुल सेयर कर्जाको ७० प्रतिशतभन्दा बढी हिस्सा १ करोड रुपैयाँभन्दा बढी ऋण लिने ठुला लगानीकर्ताले ओगटेका छन् । बजार जतिसुकै घटे पनि ‘हाइ नेटवर्थ’ भएका घराना र संस्थागत लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्ने क्रम नरोकेको यसले पुष्टि गर्छ ।

अर्कोतर्फ, करिब ७० लाख हितग्राही खाता रहेको बजारमा साना लगानीकर्ताको पहुँच भने निकै कमजोर देखिएको छ । २५ लाखभन्दा कम ऋण लिने साना लगानीकर्ताको हिस्सा कुल कर्जामा जम्मा ५.६ प्रतिशत मात्र छ ।

यो वर्षको रोचक पक्ष भनेको ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा लिने मध्यम वर्गीय लगानीकर्ताको सङ्ख्यामा १७.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यसले बजारमा मध्यम स्तरका लगानीकर्ताहरू बिस्तारै आक्रामक बन्दै गएको संकेत गर्छ ।

The post ७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/margin-landing-captured-by-high-profile/feed/ 0
देश निर्माणमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह https://greeconomy.com/swarnim-wagle-with-top-industraliast/?utm_source=rss&utm_medium=rss&utm_campaign=swarnim-wagle-with-top-industraliast https://greeconomy.com/swarnim-wagle-with-top-industraliast/#respond Tue, 31 Mar 2026 04:15:13 +0000 https://greeconomy.com/?p=11197 काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् । आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै […]

The post देश निर्माणमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह first appeared on Greeconomy.

]]>
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा.वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’

उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पारे । व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब आर्थिक बेइमानीका सवालमा सरकार आर्थिक जरिवानाको नीतिमा जाने बताए ।

‘अब उद्योगी व्यापारीहरू सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन, हामी दण्डको स्वरूप बदल्छौँ,‘उनले भने ।
अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी र रोजगारी बढाएर देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई साथी र सहयात्री मानिरहँदा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको उनले बताए ।

‘राज्य साथी बन्दा निजी क्षेत्रले पनि बेइमानी गर्दैन भन्ने हाम्रो विश्वास छ,’ मन्त्री वाग्लेले चेतावनी दिँदै भने, ‘तर कसैले नियतवश वा नियोजित रूपमा बेइमानी गर्छ भने त्यस्ताका विरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुनेछ ।’

भेटघाटका क्रममा उद्योगीहरूले विद्यमान आर्थिक मन्दी र नीतिगत अस्पष्टता हटाउन माग गरेका थिए भने मन्त्री वाग्लेले अर्थतन्त्रमा सुधारको नयाँ युग सुरु हुने आश्वासन दिएका थिए ।

The post देश निर्माणमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह first appeared on Greeconomy.

]]>
https://greeconomy.com/swarnim-wagle-with-top-industraliast/feed/ 0
एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा https://greeconomy.com/%e0%a4%8f%e0%a4%ab%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%80%e0%a4%b8%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%258f%25e0%25a4%25ab%25e0%25a4%258f%25e0%25a4%25a8%25e0%25a4%25b8%25e0%25a5%2580%25e0%25a4%25b8%25e0%25a5%2580%25e0%25a4%2586%25e0%25a4%2588%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%259a%25e0%25a5%2581%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25b5%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2597 https://greeconomy.com/%e0%a4%8f%e0%a4%ab%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%80%e0%a4%b8%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/#respond Tue, 24 Mar 2026 03:21:00 +0000 https://greeconomy.com/?p=11166 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ । घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको ६०औँ वार्षिक […]

The post एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा first appeared on Greeconomy.

]]>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ ।

घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी चैत २९ र ३० गते आयोजना हुने कार्यक्रम रहेको छ । उक्त निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहहरूले आफ्नो नेतृत्व टिम सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।

The post एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%8f%e0%a4%ab%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%80%e0%a4%b8%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/feed/ 0
यामाहाको हाइब्रिड मोटरसाइकल सार्वजनिक https://greeconomy.com/yamaha-hybrid-bike-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=yamaha-hybrid-bike-nepal Mon, 23 Mar 2026 08:27:38 +0000 https://greeconomy.com/?p=11157 काठमाडौँ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ । यो भव्य अनावरण कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, काठमाडौँको कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो ।   उद्घाटनका […]

The post यामाहाको हाइब्रिड मोटरसाइकल सार्वजनिक first appeared on Greeconomy.

]]>
काठमाडौँ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ । यो भव्य अनावरण कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, काठमाडौँको कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो ।

 

उद्घाटनका लागि अग्लो स्थानको छनोटले यामाहाको नवप्रवर्तन र प्रदर्शनलाई नयाँ उचाइमा पुर्‍याउने सोच प्रष्ट्याउनुका साथै बहु-स्तरीय र गतिशील वातावरणमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य पनि झल्काएको छ ।

डिजिटल र राइडिङ समुदायसँग बलियो सम्बन्ध भएको यामाहाले कार्यक्रमलाई मौलिक ढंगले दुई फरक चरणमा छुट्याएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु र अन्तरक्रियाका लागि आमन्त्रण गरिएको थियो भने दोस्रो चरणमा सञ्चारमाध्यमका प्रतिनिधि, व्यवसायिक साझेदार, डिलर तथा रोडिज ग्याङ लिडर, रेसर र ब्लू स्ट्रिक्स जस्ता यामाहा राइडिङ समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा यामाहा परिवारका सदस्यहरू सहित अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, यामाहा मोटर इन्डिया सेल्सका एक्सपोर्ट मार्केटिङ जी.एम. राजदीप सिंह र डी.जी.एम. बिपिन सिंहको उपस्थिति रहेको थियो ।अनावरण कार्यक्रममा हाइब्रिड प्रविधि र सहभागिताको महत्वलाई झल्काउने गरी रोबोट र मानिसको संयुक्त प्रस्तुति देखाइएको थियो ।

कार्यक्रमलाई थप आकर्षक बनाउन यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ, जसले ब्रान्डको बोल्ड, स्टाइलिस र प्रदर्शनमुखी पहिचानलाई अझ सुदृढ बनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षण एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलको अनावरण थियो, जुन सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल हो । यो बलियो विरासतलाई निरन्तरता दिँदै यामाहाले प्रमाणित १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ ।

यो नेक्स्ट-जेनेरेशन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्दछ। साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ । विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्छ, जसले नेपालको जस्तो बदलिँदो यातायात आवश्यकताका लागि आधुनिक र व्यवहारिक समाधान दिन्छ ।

नेपालभर इन्धनको मूल्यका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधिलाई दैनिक आवागमनका लागि एक अग्रगामी समाधानका रूपमा हेरिएको छ । परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री-असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६०+ कि.मी प्रति लिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्दछ, जुन नेपालको विविधतायुक्त भू-भागका लागि अति उपयुक्त छ ।

कार्यक्रममा बोल्दै विष्णु कुमार अग्रवालले यामाहाको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्दै भने, “यो अनावरण नेपालमा यामाहाका लागि एक महत्वपूर्ण पाइला हो। हामी मोटरसाइकल सेगमेन्टमा हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेका छौँ ।

यामाहा नेपाली राइडरहरूका लागि उन्नत विश्वस्तरीय प्रविधि ल्याउन प्रतिबद्ध छ ।” उनले यामाहा सधैँ उन्नत र प्रमाणित प्रविधिका लागि चिनिने ब्रान्ड भएको उल्लेख गर्दै यसको भरपर्दो फ्युल-इन्जेक्सन (FI) प्रणालीजस्ता प्रविधिहरूले नवप्रवर्तन र प्रदर्शनमा ब्रान्डको पहिचानलाई थप मजबुत बनाएको बताए ।

नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ । १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर-टु-वेट अनुपात प्रदान गर्छ । यसमा सिंगल-च्यानल बोश एबीएस, २२० एम एम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ। हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ, जसले यसलाई साधारण मोटरसाइकलभन्दा फरक बनाउँछ ।

 

अनावरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यामाहाले कार्यक्रम स्थलमा विशेष “एक्सपिरियन्स जोन” पनि तयार गरेको थियो, जहाँ उत्पादन प्रदर्शनीसँगै २००८ देखि २०२६ सम्मको FZ सिरिजको विरासत प्रस्तुत गरिएको थियो। इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा राइडर लगायत विभिन्न क्षेत्रका सहभागीहरूले स्टाटिक डिस्प्लेदेखि इन्टरएक्टिभ शोकेसका माध्यमबाट मोटरसाइकलको इतिहास, विशेषता, डिजाइन र हाइब्रिड प्रविधिलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए जसले ब्रान्डको अनुभव सहितको सहभागिता प्रदान गर्ने तरिकालाई थप आकर्षक बनाएको थियो।

The post यामाहाको हाइब्रिड मोटरसाइकल सार्वजनिक first appeared on Greeconomy.

]]>