Corporate - Greeconomy https://greeconomy.com Economy with environment Wed, 18 Mar 2026 08:06:53 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Corporate - Greeconomy https://greeconomy.com 32 32 उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह https://greeconomy.com/investment-in-productive-sector/?utm_source=rss&utm_medium=rss&utm_campaign=investment-in-productive-sector https://greeconomy.com/investment-in-productive-sector/#respond Wed, 18 Mar 2026 08:06:53 +0000 https://greeconomy.com/?p=11139 काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै खनालले हाल ब्याजदर घटेको र वित्तीय प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त रहेको अवस्थामा त्यसलाई पूर्वाधार तथा दीर्घकालीन आयोजनामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए । अर्थमन्त्री खनालले […]

The post उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह first appeared on Greeconomy.

]]>
काठमाडौं ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै खनालले हाल ब्याजदर घटेको र वित्तीय प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त रहेको अवस्थामा त्यसलाई पूर्वाधार तथा दीर्घकालीन आयोजनामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

अर्थमन्त्री खनालले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता ठूला परियोजनामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत लगानी बढाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँले निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र ल्याउनुपर्ने धारणा राखे ।

उहाँले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धिको दबाब आउन सक्ने चेतावनी दिँदै त्यसका लागि सरकार सजग रहनुपर्ने बताउनुभयो। “अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, राजस्व पनि बढ्दो छ, धेरै आर्थिक सूचक सुधारोन्मुख छन्,” उनले भने, “अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण बनाउनुपर्ने बेला हो।”

सरकारी स्वामित्वका संस्थाहरू प्रायः समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै उहाँले नागरिक लगानी कोषले भने व्यावसायिक सफलता हासिल गरेको बताए । साथै, नेपाल वायुसेवा निगम मा कोषबाट लगानी गरिएको करिब रु २२ अर्ब ऋण असुलीका लागि नीतिगत समाधान खोज्नुपर्ने पनि उनकाे भनाइ थियो ।

The post उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह first appeared on Greeconomy.

]]>
https://greeconomy.com/investment-in-productive-sector/feed/ 0
नवलपरासी–१ मा विनोद चौधरी पराजित https://greeconomy.com/%e0%a4%a8%e0%a4%b5%e0%a4%b2%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a5%a7-%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%a6-%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a8%25e0%25a4%25b5%25e0%25a4%25b2%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a5%2580-%25e0%25a5%25a7-%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a5%258b%25e0%25a4%25a6-%25e0%25a4%259a%25e0%25a5%258c%25e0%25a4%25a7%25e0%25a4%25b0 https://greeconomy.com/%e0%a4%a8%e0%a4%b5%e0%a4%b2%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a5%a7-%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%a6-%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0/#respond Sun, 08 Mar 2026 01:55:53 +0000 https://greeconomy.com/?p=11085 काठमाडौं । नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल विजयी भएका छन् । खनालले ४५ हजार २४१ मत पाएर विजयी भएका हुन् । चौधरी ९ हजार ५०२ मत पाए । यस्तै नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक […]

The post नवलपरासी–१ मा विनोद चौधरी पराजित first appeared on Greeconomy.

]]>
काठमाडौं । नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल विजयी भएका छन् ।

खनालले ४५ हजार २४१ मत पाएर विजयी भएका हुन् । चौधरी ९ हजार ५०२ मत पाए ।

यस्तै नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त

The post नवलपरासी–१ मा विनोद चौधरी पराजित first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%a8%e0%a4%b5%e0%a4%b2%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a5%a7-%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%a6-%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0/feed/ 0
सुन तोलामा ५१ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ? https://greeconomy.com/gold-price-high/?utm_source=rss&utm_medium=rss&utm_campaign=gold-price-high https://greeconomy.com/gold-price-high/#respond Sun, 01 Mar 2026 06:08:24 +0000 https://greeconomy.com/?p=11074 काठमाडौं:  आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ […]

The post सुन तोलामा ५१ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ? first appeared on Greeconomy.

]]>
काठमाडौं:  आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । अन्तर्राष्ट्रिय बजारमा विशेषगरी मध्यपूर्वमा देखिएको तनावका कारण आगामी दिनमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । यसअघि चाँदी ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

The post सुन तोलामा ५१ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ? first appeared on Greeconomy.

]]>
https://greeconomy.com/gold-price-high/feed/ 0
बर्दघाट एसएमइ भिलेजमा समुन्नत नवलपरासीको बहस https://greeconomy.com/bardaghat-investment-forum-for-nawalparasi-prosperity/?utm_source=rss&utm_medium=rss&utm_campaign=bardaghat-investment-forum-for-nawalparasi-prosperity https://greeconomy.com/bardaghat-investment-forum-for-nawalparasi-prosperity/#respond Fri, 27 Feb 2026 05:38:46 +0000 https://greeconomy.com/?p=11059 नवलपरासी । बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन् । परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रवर्द्धन गर्न सधै तत्पर […]

The post बर्दघाट एसएमइ भिलेजमा समुन्नत नवलपरासीको बहस first appeared on Greeconomy.

]]>
नवलपरासी । बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन् ।

नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन् ।

परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रवर्द्धन गर्न सधै तत्पर रहेको उल्लेख गर्दै बर्दघाट एसएमइ भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले बर्दघाट एसएमइ ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रबद्र्धन गर्न सकिने धारणा राखे ।

उद्योग स्थापना गर्दा लाग्ने लगानी मध्ये एक तिहाई जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनले जोड दिए ।

नवलपरासी जिल्लामा ठूला उद्योगहरु स्थापित भईसकेका, सडक पूर्वाधार बनेकालगायतका कारणले पनि यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाई थियो । उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमुलक उद्योगहरु बढ्नेमा उनले विश्वास व्यक्त गरे ।

कार्यवाहक अध्यक्ष चौधरीले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको जानकारी गराउँदै बर्दघाट एसएमइ ग्रामको विकासका लागि पनि आवश्यक भूमिका खेल्ने बताए ।

नेपाल सरकारका पूर्वसचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणा अनुसार बर्दघाट एसएमइ भिलेज अगाडि बढाइएको बताए । उनले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोग बिना औद्योगिक ग्राम सफल हुन नसक्ने उल्लेख गर्दै ग्रामलाई सफल बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकरणमा टेवा दिने बताए । गोल्छा गु्रप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको समेत उनको भनाइ छ ।

देशमा रोजगारीको ठूलो समस्या रहेको, रोजगारी नभएकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेसिएको उल्लेख गर्दै उनले रोजगारी निजी क्षेत्रले दिने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए ।

उद्योग स्थापना हुँदा धुलो, धुवा आउन सक्ने भएकाले यसलाई सामान्य रुपमा लिन सक्नुपर्नेमा उनले जोड दिए भने उद्योग स्थापना भए रोजगारी बढ्ने, अर्थतन्त्रको विकास हुने भएकाले उद्योग स्थापना अनिवार्य रहेको उनको भनाइ छ ।

गोल्छाले उद्योग ग्राम बनेपछि धेरै संख्यामा उद्योगहरु संचालनमा आउने विश्वास गरे । १०० अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुन अनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा गोल्छाको जोड थियो ।

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमुलक उद्योगहरुको योगदान घटेर ५ प्रतिशतमा आइसकेको स्मरण गर्दै जीडीपीमा उद्योगहरुको योगदान कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए ।

बंगलादेश, भारतले सफल रुपमा औद्योगिक पार्क संचालन गरिरहेको र उनीहरुको अर्थतन्त्रमा योगदान दिएको उल्लेख गर्दै उनले हाम्रोमा पनि उनीहरुले दिएको जस्तो सुविधा दिएर औद्योगिक पार्क/ग्राम सफल बनाइनुपर्ने बताए ।

The post बर्दघाट एसएमइ भिलेजमा समुन्नत नवलपरासीको बहस first appeared on Greeconomy.

]]>
https://greeconomy.com/bardaghat-investment-forum-for-nawalparasi-prosperity/feed/ 0
नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक https://greeconomy.com/nepali-insurance-company-ready-for-international-srevice/?utm_source=rss&utm_medium=rss&utm_campaign=nepali-insurance-company-ready-for-international-srevice https://greeconomy.com/nepali-insurance-company-ready-for-international-srevice/#respond Fri, 27 Feb 2026 05:17:04 +0000 https://greeconomy.com/?p=11055 काठमाडौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली विमा कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह गरेका […]

The post नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक first appeared on Greeconomy.

]]>
काठमाडौ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली विमा कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह गरेका हुन् । “विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरे जस्तै नेपाली इन्स्योरेन्स कम्पनीहरू पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको छ, ”अध्यक्ष ढकालले भने ।

सो अवसरमानेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोच तथा लक्ष्यप्रति प्राधिकरणको नीतिगत सहयोग रहने आश्वासन दिए ।

बीमा प्राधिकरणको नीतिगत सहजीकरण र नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा जाने लक्ष्यले बीमा बजार थप विस्तार हुने देखिएको छ ।
आजै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भव्य भवनबाट सेवा दिने गरी भवन उद्घाटन गरेको छ ।

 

 

The post नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक first appeared on Greeconomy.

]]>
https://greeconomy.com/nepali-insurance-company-ready-for-international-srevice/feed/ 0
आइएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच सम्झौता https://greeconomy.com/tiqumo-and-ime-agreement/?utm_source=rss&utm_medium=rss&utm_campaign=tiqumo-and-ime-agreement https://greeconomy.com/tiqumo-and-ime-agreement/#respond Thu, 26 Feb 2026 06:04:34 +0000 https://greeconomy.com/?p=11052 काठमाडौ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा साउदीको लागि नेपालको […]

The post आइएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच सम्झौता first appeared on Greeconomy.

]]>
काठमाडौ ।

नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ ।

यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी ,आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति थियो ।

साउदी अरब हाल आफ्नो भिजन २०३०मार्फत ‘नगदरहित’ समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम IME र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम TIQMO बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको आइएमई लिमिटेडले जनाएको छ । TIQMO सँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ।

आइएमई  र TIQMO बीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको छ।

 

The post आइएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच सम्झौता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/tiqumo-and-ime-agreement/feed/ 0
चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने https://greeconomy.com/monitary-policy-review-2nd-quarter/?utm_source=rss&utm_medium=rss&utm_campaign=monitary-policy-review-2nd-quarter https://greeconomy.com/monitary-policy-review-2nd-quarter/#respond Wed, 25 Feb 2026 02:07:30 +0000 https://greeconomy.com/?p=11042 काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ८ वटा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा गर्दा ८ वटा नयाँ घोषणा गरेको हो । केन्द्रीय बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम राखेको छ । यी हुन् नयाँ व्यवस्था […]

The post चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने first appeared on Greeconomy.

]]>

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ८ वटा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा गर्दा ८ वटा नयाँ घोषणा गरेको हो ।

केन्द्रीय बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम राखेको छ ।

यी हुन् नयाँ व्यवस्था
कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम/व्यवसायमा कर्जा विस्तार प्रोत्साहन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको क्षेत्रगत कर्जा सीमाको दायरामा पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगहरूसमेत समावेश गरिने समीक्षामा उल्लेख छ । साथै, बैंक तथा वित्तीय संस्थाले त्यस्ता प्रत्येक क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरिने राष्ट्र बैंकले जनाएको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायी चालु पुँजीको अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ । साथै, ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी ३० प्रतिशतभन्दा कम गर्नु पर्ने व्यवस्था मिलाइने उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले गर्ने नन्डेलिभरेबल फरवार्डमा कायम प्राथमिक पुँजीको २५ प्रतिशतको सीमा वृद्धि गरी ३० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी डेटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब, एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिने राष्ट्र बैंकको भनाइ छ । साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिने समीक्षामा उल्लेख छ । विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने, परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइने समीक्षामा उल्लेख छ ।

केन्द्रीय बैंकले नेपाल सरकारबाट हालै स्वीकृत भएको दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–८६/८७) मा उल्लिखित यस बैंकसँग सम्बन्धित कार्यहरू चरणवद्ध रूपमा कार्यान्वयन गरिने समीक्षामार्फत् उद्घोष गरेको छ ।

The post चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/monitary-policy-review-2nd-quarter/feed/ 0
बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत https://greeconomy.com/financial-model-of-budigandaki-accepted-by-cabinet/?utm_source=rss&utm_medium=rss&utm_campaign=financial-model-of-budigandaki-accepted-by-cabinet https://greeconomy.com/financial-model-of-budigandaki-accepted-by-cabinet/#respond Wed, 25 Feb 2026 01:51:51 +0000 https://greeconomy.com/?p=11037 काठमाडौँ। सरकारले बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो लगानी ढाँचा स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । धादिङ र गोरखामा निर्माण प्रस्ताव गरिएको १२ सय मेगावाट क्षमताको सो परियोजनाको वित्तीय लगानीको मोडेल गत मङ्सिर दोस्रो साता ऊर्जा […]

The post बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत first appeared on Greeconomy.

]]>
काठमाडौँ। सरकारले बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो लगानी ढाँचा स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

धादिङ र गोरखामा निर्माण प्रस्ताव गरिएको १२ सय मेगावाट क्षमताको सो परियोजनाको वित्तीय लगानीको मोडेल गत मङ्सिर दोस्रो साता ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अन्तिम स्वरूप दिएर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो ।

अर्थ मन्त्रालयले सो प्रस्तावलाई मन्त्रीपरिषद्मा पठाउन स्वीकृति दिएपछि प्रस्ताव मन्त्रीपरिषद्मा लगिएको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सो आयोजनालाई निर्माणको चरणमा प्रवेश गराउने उद्देश्यसहित कम्पनीलाई वित्तीय लगानीको सम्भाव्य वैकल्पिक ढाँचा तयार गर्न निर्देशन गरेपछि कम्पनीले प्रस्ताव निर्माण गरेको थियो ।

ऊर्जा मन्त्रालयले स्वीकृत गरेको प्रस्ताव अनुसार सो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने योजना छ । करिब तीन खर्ब ७४ अर्ब रुपियाँ आधारभूत लागत तय गरिएको सो आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गराउन खोजिएको छ ।

आठ वर्ष निर्माण अवधि तय गरिएको सो परियोजनामा निर्माण अवधिको ब्याज मात्रै ३२ अर्ब रुपियाँ लाग्ने छ । आयोजनामा स्वपुँजीबापत ९७ अर्व ४७ करोड रुपियाँ र सहुलियत पूर्ण कर्जाका रूपमा एक खर्ब ५० अर्ब रुपियाँ सरकारले लगानी गर्ने भनिएको छ ।

सहुलियत पूर्ण कर्जामा पेट्रोलियम पदार्थमा लगाउँदै आइएको पूर्वाधार करको ५० प्रतिशत पनि समावेश गर्ने प्रस्ताव ऊर्जा मन्त्रालयको थियो ।

आयोजनाका लागि जग्गाको मुआब्जासमेत हालसम्मको खर्चलाई पनि लागत गणना गर्दा सरकारले थप दुई खर्ब २८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गराउनुपर्ने हुन्छ । वित्तीय ढाँचामा बैङ्क तथा वित्तीय संस्थाबाट एक खर्ब चार अर्ब रुपियाँ ऋण लगानी गराउने योजना छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड, सामाजिक सुरक्षा कोषलगायत सार्वजनिक कम्पनीलाई पनि सहवित्तीयकरणमा समावेश गराउने योजना छ ।

The post बुढीगण्डकी जलविद्युतको लगानी ढाँचा स्वीकृत first appeared on Greeconomy.

]]>
https://greeconomy.com/financial-model-of-budigandaki-accepted-by-cabinet/feed/ 0
एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा https://greeconomy.com/hemraj-dhakal-pannel-declared-for-fncci/?utm_source=rss&utm_medium=rss&utm_campaign=hemraj-dhakal-pannel-declared-for-fncci https://greeconomy.com/hemraj-dhakal-pannel-declared-for-fncci/#respond Tue, 24 Feb 2026 01:57:06 +0000 https://greeconomy.com/?p=11033 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूह प्यानल नै घोषणा गरेर मैदानमा उत्रिएको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । चैत २८ गते हुने निर्वाचनका लागि ढकालले घोषणा गरेको आधिकारिक प्यानलबाट उपाध्यक्षको प्रत्यासीमा ज्योत्सना श्रेष्ठ रहेकी छन् […]

The post एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा first appeared on Greeconomy.

]]>
काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूह प्यानल नै घोषणा गरेर मैदानमा उत्रिएको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

चैत २८ गते हुने निर्वाचनका लागि ढकालले घोषणा गरेको आधिकारिक प्यानलबाट उपाध्यक्षको प्रत्यासीमा ज्योत्सना श्रेष्ठ रहेकी छन् । त्यसैगरी, एसोसिएट उपाध्यक्ष पदमा उमेश डालमियाले उम्मेदवारी दिने भएका छन् ।

जिल्ला नगर उपाध्यक्षतर्फ ढकालको टिमबाट कल्पना गैरे र नरेशलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने तयारी छ ।

चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ ।

यसैबीच अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् । उम्मेदवारी घोषणा सभामा उनले भने, ‘अर्को टिमबाट पनि प्यानल घोषणा हुने खबर पाएको छु, मेरो आग्रह छ सके एक भएर जानुहोला, मिल्न नसके स्वस्थ प्रतिस्पर्धा गर्नुहोला ।

The post एफएनसिसिआईमा हेमराज प्यानलको उम्मेदवारी घोषणा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/hemraj-dhakal-pannel-declared-for-fncci/feed/ 0
जलविद्युत् कम्पनीको मनोमानीमा अंकुश https://greeconomy.com/governance-standard-for-hydro-company/?utm_source=rss&utm_medium=rss&utm_campaign=governance-standard-for-hydro-company https://greeconomy.com/governance-standard-for-hydro-company/#respond Tue, 24 Feb 2026 01:35:49 +0000 https://greeconomy.com/?p=11029 काठमाडौ । सार्वजनिक सेयर निष्कासन गर्ने ऊर्जा क्षेत्रका पब्लिक लिमिटेड कम्पनीलाई शेयर धनी प्रति र सर्वसाधारण प्रति थप उत्तरदायी र पारदर्शी बनाउने गरी विद्युत् नियमन आयोगले ‘अनुमतिप्राप्त संस्थाको संस्थागत सुशासनसम्बन्धी मापदण्ड २०८२’ को मसौदा तयार गरेको छ । जनताको रकम लगानीका रूपमा स्वीकृत गर्ने तर सञ्चालक, देखि कर्मचारी नियुक्ती र खरिद प्रक्रियामा आफ्नो मनोमानी गर्ने […]

The post जलविद्युत् कम्पनीको मनोमानीमा अंकुश first appeared on Greeconomy.

]]>
काठमाडौ ।
सार्वजनिक सेयर निष्कासन गर्ने ऊर्जा क्षेत्रका पब्लिक लिमिटेड कम्पनीलाई शेयर धनी प्रति र सर्वसाधारण प्रति थप उत्तरदायी र पारदर्शी बनाउने गरी विद्युत् नियमन आयोगले ‘अनुमतिप्राप्त संस्थाको संस्थागत सुशासनसम्बन्धी मापदण्ड २०८२’ को मसौदा तयार गरेको छ । जनताको रकम लगानीका रूपमा स्वीकृत गर्ने तर सञ्चालक, देखि कर्मचारी नियुक्ती र खरिद प्रक्रियामा आफ्नो मनोमानी गर्ने मुख्य लगानीकर्तालाई अंकुश लगाउने गरी आयोगले सो मस्यौदा ल्याएको छ।

कम्पनीमा असल अभ्यासको प्रवर्धन, उत्तरदायी र जवाफदेही बनाउनुपर्ने, सेयरधनीको संरक्षण र समान व्यवहारलगायतका विषयवस्तुलाई अझै चुस्त बनाउन यस्तो मापदण्ड कार्यान्वयन गराउन खोजिएको हो । मापदण्ड अनुसार अब यस्ता कम्पनीले सञ्चालकको पद रिक्त राख्न नपाइने, सञ्चालक समितिमा एक जना महिला सदस्य हुनुपर्ने व्यवस्था गनुपर्ने छ । कम्पनीले लेखा परीक्षण समिति बनाउनुपर्ने र सो समितिमा अध्यक्ष, प्रमुख कार्यकारी, सल्लाहकार, वित्र् तथा लेखा प्रमुख जस्ता व्यक्तिका एकाघरका व्यक्ति रहन नपाइने व्यवस्था गरिएको छ ।

मसौदा अनुसार आयोगको नियामकीय क्षेत्रमा पर्ने कम्पनीले खरिद प्रक्रिया गर्दा अब सार्वजनिक खरिदका सिद्धान्त र व्यवस्थालाई मान्ने गरी खरिद नियमावली बनाउनुपर्ने र त्यस्तो खरिद नियमावलीका आधारमा खरिद कार्य गर्न पाउने व्यवस्था राखिएको छ । यस अनुसार अब यस्ता कम्पनीले निर्माण गरेका आयोजनासँग प्रत्यक्ष वा परोक्ष सरोकार भएका कम्पनी, फर्म संयुक्त उपक्रम परामर्श सेवा वा समान आपूर्ति गर्न नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै गरी कर्मचारी नियुक्ति पनि विनियमावली लागु गरेर मात्र सोही अनुसार हुनुपर्ने व्यवस्था आयोगले गराएको छ । यस्ता कम्पनीका कार्यकारी अधिकृत, कम्पनी सचिव, तथा उच्चपदस्थ कर्मचारीलाई दुई वर्षको कुलिङ पिरियडको व्यवस्था अनिवार्य गरिएको छ ।

आयोगका सदस्य डा. मधुसुधन अधिकारीले आमजनताको लगानी हुने कम्पनीलाई थप पारदर्शी र व्यवस्थित बनाउनका लागि यस्तो मापदण्ड आयोगले प्रस्ताव गरेको  बताए  । मसौदामा यस्ता कम्पनीको लेखा, लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त बनाउन नियमित लेखा परीक्षण, लेखामान बोर्डको मापदण्ड अनुसार लेखा परीक्षण गराउनुपर्नेलगायतका व्यवस्था राखिएको छ ।

The post जलविद्युत् कम्पनीको मनोमानीमा अंकुश first appeared on Greeconomy.

]]>
https://greeconomy.com/governance-standard-for-hydro-company/feed/ 0