Hydel - Greeconomy https://greeconomy.com Economy with environment Thu, 16 Oct 2025 03:57:13 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Hydel - Greeconomy https://greeconomy.com 32 32 सिँचाइतर्फका ठेक्का तोड्न सुरु https://greeconomy.com/contract-to-be-terminated-irregation-plant/?utm_source=rss&utm_medium=rss&utm_campaign=contract-to-be-terminated-irregation-plant https://greeconomy.com/contract-to-be-terminated-irregation-plant/#respond Thu, 16 Oct 2025 03:50:05 +0000 https://greeconomy.com/?p=10107 काठमाडौँ । वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८मा ठेक्का सम्झौता गरेको थियो […]

The post सिँचाइतर्फका ठेक्का तोड्न सुरु first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८मा ठेक्का सम्झौता गरेको थियो । ६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेकोछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दा समेत सम्झौता बमोजिम काम सुरु नगरी बिचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

The post सिँचाइतर्फका ठेक्का तोड्न सुरु first appeared on Greeconomy.

]]>
https://greeconomy.com/contract-to-be-terminated-irregation-plant/feed/ 0
चार जलविद्युत् बनाउन इनर्जी बण्ड जारी हुने https://greeconomy.com/energy-bond-for-hydel/?utm_source=rss&utm_medium=rss&utm_campaign=energy-bond-for-hydel https://greeconomy.com/energy-bond-for-hydel/#respond Fri, 10 Oct 2025 04:10:25 +0000 https://greeconomy.com/?p=10067 काठमाडौँ । मन्त्रिपरिष्दले अनुमति दिएसंगै नेपाल विद्युत् प्राधिकरणले आफ्ना चार जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा २० अर्ब रुपियाँसम्म ऋणपत्र जारी गर्न अनुमति दिएको हो । नेपाल विद्युत् प्राधिकरणले यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ जलविद्युत् आयोजना निर्माणमा वित्तीय स्रोत जुटाउन ऊर्जा बन्ड […]

The post चार जलविद्युत् बनाउन इनर्जी बण्ड जारी हुने first appeared on Greeconomy.

]]>
काठमाडौँ । मन्त्रिपरिष्दले अनुमति दिएसंगै नेपाल विद्युत् प्राधिकरणले आफ्ना चार जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा २० अर्ब रुपियाँसम्म ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ जलविद्युत् आयोजना निर्माणमा वित्तीय स्रोत जुटाउन ऊर्जा बन्ड जारी गर्ने अनुमतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

सोही प्रस्ताव अनुसार मन्त्रालयले बन्ड जारीको स्वीकृति दिन मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेको ऊर्जा सचिव चिरञ्जीवी चटौतले बताए । उनले लागत प्रभावी र आवश्यक आयोजनामा प्राधिकरणले यो उपकरणमार्फत रकम प्राप्त गर्न सक्ने भएको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको अप्पर अरुण, तामाकोशी पाँचौँ, मोदी र चैनपुर सेती जलविद्युत् आयोजना निर्माणका लागि ऋणपत्र जारी गर्नेछ ।

एक हजार ६३.३६ मेगावाट क्षमताको अर्धजलाशययुक्त अप्पर अरुण जलविद्युत् आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका क्षेत्रमा निर्माण गर्न पहुँच मार्ग तथा अन्य पूर्वाधार निर्माण भइरहेको छ । दोलखाको बिगु र गौरीशङ्कर क्षेत्रमा निर्माण प्रस्ताव गरिएको ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजना प्राधिकरणकै सहायक कम्पनी तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको आयोजना हो ।

१४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजना पर्वतमा प्रस्तावित छ । सुदूरपश्चिमको रूपान्तरणकारी आयोजनाका रूपमा बझाङमा बन्न लागेको चैनपुर सेती जलविद्युत् आयोजना २१० मेगावाट क्षमताको छ । यो आयोजनाको पनि अडिट टनेल, पहुँच मार्गलगायतको पूर्वाधार निर्माण भइरहेको छ ।

The post चार जलविद्युत् बनाउन इनर्जी बण्ड जारी हुने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/energy-bond-for-hydel/feed/ 0
१५ अर्ब रुपैयाँको विद्युत् निर्यात https://greeconomy.com/electricity-export-increased/?utm_source=rss&utm_medium=rss&utm_campaign=electricity-export-increased https://greeconomy.com/electricity-export-increased/#respond Tue, 07 Oct 2025 06:58:29 +0000 https://greeconomy.com/?p=10036 काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष २०८१/८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।भारतीय ऊर्जा एक्सचेन्ज […]

The post १५ अर्ब रुपैयाँको विद्युत् निर्यात first appeared on Greeconomy.

]]>

काठमाडौं ।

नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८१/८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

The post १५ अर्ब रुपैयाँको विद्युत् निर्यात first appeared on Greeconomy.

]]>
https://greeconomy.com/electricity-export-increased/feed/ 0
विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान https://greeconomy.com/energy-minister-kulman-at-ldc/?utm_source=rss&utm_medium=rss&utm_campaign=energy-minister-kulman-at-ldc https://greeconomy.com/energy-minister-kulman-at-ldc/#respond Tue, 07 Oct 2025 04:11:09 +0000 https://greeconomy.com/?p=10033 काठमाडौं, ऊर्जा स्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्दको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट […]

The post विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान first appeared on Greeconomy.

]]>
काठमाडौं,

ऊर्जा स्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्दको अनुगमन गरेका छन् ।

काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिए ।

देशका विभिन्न ठाउँबाट छिनछिनमा वत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ ।

बाढी, पहिरोले क्षति पुराएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै  घिसिङले छिनछिनमा वत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही वमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।

उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

सिलवालले बाढी, पहिरोले क्षति भएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही वमोजिम काम भइरहेको जानकारी गराए ।

The post विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान first appeared on Greeconomy.

]]>
https://greeconomy.com/energy-minister-kulman-at-ldc/feed/ 0
वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित https://greeconomy.com/32-hydro-affected-by-flod/?utm_source=rss&utm_medium=rss&utm_campaign=32-hydro-affected-by-flod https://greeconomy.com/32-hydro-affected-by-flod/#respond Mon, 06 Oct 2025 11:10:55 +0000 https://greeconomy.com/?p=10024 असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीले प्रभावित पारेका हुन् । इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार विगतका […]

The post वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित first appeared on Greeconomy.

]]>
असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीले प्रभावित पारेका हुन् ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार विगतका वर्षमा बाढीको पूर्वसूचना अभावमा मानवीय क्षति समेत भएको थियो । तर यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान–प्रदान गर्ने सम्झौतापछि समयमै सूचना प्रवाह हुन सकेको र मानवीय क्षति रोक्न सफल भएको बताए । कार्कीले आवश्यक पूर्वतयारीका कारण भौतिक क्षति पनि तुलनात्मक रूपमा कम भएको जानकारी दिए ।

सञ्चालनमा रहेका आयोजना

सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना कोशी प्रदेशको इलाम जिल्लामा रहेका छन् । ती सबै आयोजनाको उत्पादन बन्द भएको छ । इलाममा मात्रै ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ आयोजना छन् ।

बाँकी दुई आयोजनामध्ये पाँचथरको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशको ५२.४ मेगावाटको लिखु ४ आयोजनामा समस्या आएको छ । लिखु ४ एक घण्टाभन्दा केही बढी समय मात्रै बन्द भए पनि अन्य सबै आयोजनाको उत्पादन रोकिएको छ ।

 

निर्माणाधीन आयोजना

निर्माणाधीन आयोजनामा सबैभन्दा बढी क्षति पहुँचमार्गमा पुगेको छ । मनाङको ४९.९५ मेगावाट दाना खोला आयोजनाले बनाएको १२ किलोमिटर सडकको धेरै भाग पहिरोले बगाएको छ ।

इलामको १० मेगावाटको सिद्धिखोला आयोजनाको उत्पादन तयारीलाई बाढीले पछि सारेको छ । पाँचथरको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला आयोजनाको सामग्री तथा उपकरण बगाएको छ ।

सिन्धुपाल्चोकमा रहेका ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी आयोजनाको पहुँचमार्ग समेत बाढीले बगाएको छ । त्यस्तै, रसुवाको २० मेगावाट लाङटाङ खोला, भोजपुरको १५.५ मेगावाट इर्खुवा खोला बी र १४.५ मेगावाट माथिल्लो इर्खुवा, म्याग्दीको २२.५ मेगावाट माथिल्लो ठूलो खोला, लमजुङको ६.८२ मेगावाट हिडी खोला, रामेछापको ४८.८ मेगावाट खिम्ति २ र धादिङको ४.५ मेगावाट गसाली खोला आयोजना पनि क्षतिग्रस्त भएका छन् ।

इप्पानका अनुसार संचालन तथा निर्माणाधीन आयोजनासम्म पुग्ने मार्ग अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन अझै केही समय लाग्नेछ ।

यी हुन् उत्पादन नै बन्द भएका जलविद्युत् आयोजनाहरु :

यी हुन् बाढीका कारण उत्पादन ढिलाे हुने निर्माणाधीन जलविद्युत् आयोजनाहरु

The post वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित first appeared on Greeconomy.

]]>
https://greeconomy.com/32-hydro-affected-by-flod/feed/ 0
२० जलविद्युत् आयोजनामा क्षति https://greeconomy.com/20-hydro-project-affected-by-flood-and-landslide-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=20-hydro-project-affected-by-flood-and-landslide-nepal https://greeconomy.com/20-hydro-project-affected-by-flood-and-landslide-nepal/#respond Mon, 06 Oct 2025 02:33:05 +0000 https://greeconomy.com/?p=10020 काठमाडौ । बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ । क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै हुन सक्ने इप्पानले जनाएको छ । क्षति भएका कुल २० मध्ये १५ जलविद्युत् आयोजना इलामका छन। […]

The post २० जलविद्युत् आयोजनामा क्षति first appeared on Greeconomy.

]]>
काठमाडौ ।

बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै हुन सक्ने इप्पानले जनाएको छ । क्षति भएका कुल २० मध्ये १५ जलविद्युत् आयोजना इलामका छन। निर्माण सम्पन्न आयोजना बन्द हुँदा ११३.३६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । क्षति हुनेमा सबैभन्दा ठुलो २२ मेगावाटको माइखोला आयोजना रहेको छ । आयोजनामा इन्टेक, पावर हाउस, कल्भर्ट डिसेन्डरलगायतका पूर्वाधारमा क्षति भएको इप्पानले जनाएको छ । आयोजनामा कति रकमको क्षति भयो भन्ने यकिन हुन बाँकी नै छ ।

त्यसै गरी निर्माणाधीन आयोजनामा क्षति पुगेकामध्ये पाँचथरमा दुई, इलाममा एक र सिन्धुपाल्चोकमा दुई छन् । प्रवेश मार्ग, मुहान संरचना, विद्युत्गृह, क्याम्पमा क्षति तथा निर्माण सामग्री बगाएका कारण यी छ आयोजनाको उत्पादन तालिकामा असर पर्ने भएको छ ।
यी हुन उत्पादन बन्द भएका आयोजना:-

The post २० जलविद्युत् आयोजनामा क्षति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/20-hydro-project-affected-by-flood-and-landslide-nepal/feed/ 0
विद्युतीय संरचना जोगाउन उच्च सतर्कता https://greeconomy.com/high-alart-for-electricity-structure-protection/?utm_source=rss&utm_medium=rss&utm_campaign=high-alart-for-electricity-structure-protection https://greeconomy.com/high-alart-for-electricity-structure-protection/#respond Sun, 05 Oct 2025 02:41:45 +0000 https://greeconomy.com/?p=10006 काठमाडौं नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण […]

The post विद्युतीय संरचना जोगाउन उच्च सतर्कता first appeared on Greeconomy.

]]>
काठमाडौं

नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ ।

विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण मुख्य रुपमा ग्रीड, सवस्टेसन, विद्युत उत्पादन गृह र वितरण सवस्टेसन एवं लाइनमा पुग्न सक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्व तयारी गरिएको बताए ।

विद्युत गृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३/३ जना कर्मचारी खटिन गरेकोमा विपद्लाई ध्यान दिएर ६/६ जना जना रहने व्यवस्था गरिएको, सवस्टेसन डुबानमा परेमा पानी फाल्न पम्पहरु तयारी अवस्थामा राखिएको, पहिरोको खतरा भएका ठाउँमा रहेका प्रसारण लाइनका टावर परपरको क्षेत्रमा त्रिपालले ढाकिएको, विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा हेल्पडेक्स एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने र जानकारी पाउन साथ लाइन मर्मतका लागि टोली परिचालन हुने व्यवस्था गरिएको कार्यकारी निर्देशक सिलवालले जानकारी दिए ।

The post विद्युतीय संरचना जोगाउन उच्च सतर्कता first appeared on Greeconomy.

]]>
https://greeconomy.com/high-alart-for-electricity-structure-protection/feed/ 0
विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ https://greeconomy.com/manadevi-shrestrha-appointed-as-dg-of-doed/?utm_source=rss&utm_medium=rss&utm_campaign=manadevi-shrestrha-appointed-as-dg-of-doed https://greeconomy.com/manadevi-shrestrha-appointed-as-dg-of-doed/#respond Sat, 27 Sep 2025 03:19:48 +0000 https://greeconomy.com/?p=9939 ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्। आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्। मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत् इन्जिनियर हुन्। ऊर्जा आयोगमा सरुवा भएका जीवछले यसअघि कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएर नेपाल […]

The post विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ first appeared on Greeconomy.

]]>
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्।

आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्।

मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत् इन्जिनियर हुन्।

ऊर्जा आयोगमा सरुवा भएका जीवछले यसअघि कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन तत्कालीन मन्त्री दीपक खड्कालाई सहयोग गरेका थिए। उनको त्यो कार्य गैरव्यावसायिक र पक्षपातपूर्ण भनी आलोचना भएको थियो।

The post विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/manadevi-shrestrha-appointed-as-dg-of-doed/feed/ 0
विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्र आए मनोज https://greeconomy.com/manoj-silwal-appointed-as-md-of-nea/?utm_source=rss&utm_medium=rss&utm_campaign=manoj-silwal-appointed-as-md-of-nea https://greeconomy.com/manoj-silwal-appointed-as-md-of-nea/#respond Sun, 21 Sep 2025 14:23:33 +0000 https://greeconomy.com/?p=9881 सरकारले नेपाल विध्युत प्राधिकरणमा पुर्व उप कार्यकारी निर्देशक मनेाज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेकेा छ । मन्त्रीपरिषद बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीकेा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालका अनुुसार उनको स्थानमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि वर्तमान ऊर्जामन्त्री […]

The post विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्र आए मनोज first appeared on Greeconomy.

]]>
सरकारले नेपाल विध्युत प्राधिकरणमा पुर्व उप कार्यकारी निर्देशक मनेाज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेकेा छ । मन्त्रीपरिषद बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीकेा पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालका अनुुसार उनको स्थानमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाएर अघिल्लो सरकारले  गत चैत ११ गते शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

झण्डै ६ महिनापछि शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको छ । फरक परिस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणमा ल्याएको छ ।

२०८१ साल माघ ११ गते प्राधिकरण उपकार्यकारी निर्देशककाे ५ वर्षे जिम्मेवारी पूरा गरी ५४ वर्षमा अनिवार्य अवकाश भएका सिलवालले करिब ८ महिनापछि कार्यकारी निर्देशकको जिम्मेवारी प्राप्त गरेका छन् ।

सिलवाल २०४६ सालमा ओभरसियरका रूपमा प्राधिकरणको अस्थायी सेवामा प्रवेश गरेका थिए । ओभरसियरमै स्थायी भएपछि उनी २०५७ सालमा मात्र इन्जिनियरमा बढुवा भई २०६२ सालमा अन्तर्राष्ट्रियस्तरको कार्य अनुभव संगाल्न न्यूजील्याण्डमा समेत रहेर काम गरेका थिए । उनले काठमाडौँ विश्वविद्यालय (केयू) बाट स्नातक र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर (एमएससी) सम्मको अध्ययन पूरा गरेका छन् ।

The post विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्र आए मनोज first appeared on Greeconomy.

]]>
https://greeconomy.com/manoj-silwal-appointed-as-md-of-nea/feed/ 0
बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ https://greeconomy.com/electricity-generatrion-continue/?utm_source=rss&utm_medium=rss&utm_campaign=electricity-generatrion-continue https://greeconomy.com/electricity-generatrion-continue/#respond Fri, 19 Sep 2025 03:10:18 +0000 https://greeconomy.com/?p=9854 काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताएकोले उत्पादन रोक्न नहुने बताएका हुन् । ‘देशका […]

The post बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ first appeared on Greeconomy.

]]>
काठमाडौ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताएकोले उत्पादन रोक्न नहुने बताएका हुन् ।

‘देशका लागि अझै धेरै बिजुली चाहिएको छ, २०/३० हजार मेगावाट बिजुली चाहिन्छ, निजी क्षेत्रले लगानी गर्यो भने सरकारले लगानी नै गर्नुपरेन ।’ उनले भने,‘बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो । अहिले उत्पादन रोक्न तिर लाग्यौ भने १० वर्षपछि ठूलो समस्या झेल्नुपर्छ ।’

इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामोसमयदेखि विद्युत खरिद सम्झौता (पीपीए)नै रोकिराखेको बताउँदै निजी क्षेत्रका लगानीकर्ताको मनोबल उच्च बनाउने गरी लगानी गर्ने वातावरण बनाउन मन्त्री घिसिङलाई आग्रह गरेका थिए ।

यसबारे प्रतिक्रिया दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ बढी लगानीका लागि प्रोत्साहन गरिने बताए ।‘नियमावली निर्देशिका परिवर्तन भए हामी मन्त्री परिषदबाटै गर्छौ, ऐन नै परिवर्तन गर्नुपरेपनि अध्यादेशबाट गर्छौ ।’
उनले ऊर्जा लगायतका पूर्वाधार क्षेत्रको विकासका लागि वन क्षेत्रको समस्या समाधान नगरेमा असम्भव देखिएको बताउँदै यसका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेर नियमावली, निर्देशिकादेखि ऐन संशोधनसम्मको काम अघि बढाउने बताए ।
मन्त्री घिसिङले ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा वनसँग ठोक्किने ठोस समस्या र समाधानका उपायसहित अघि बढ्न पनि इप्पानलाई आग्रह गरे ।
भेटमा मन्त्री घिसिङले आफू केही न केही परिवर्तन गर्ने हुटहुटीसहित मन्त्रि नियुक्त भएको भन्दै निर्णय गर्ने ठाउँमा आइसकेपछि यो वा त्यो भनेर समस्याबाट नभाग्ने स्पष्ट पारे । उनले पीपीए, आरसीओडी म्याद थप, कन्टीजेन्सी लगायतबारे आफूहरु जानकार रहेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताए ।
भेटघाट कार्यक्रममा इप्पान अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरुबारे बुँदागत रुपमा बताएका थिए ।

 

The post बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ first appeared on Greeconomy.

]]>
https://greeconomy.com/electricity-generatrion-continue/feed/ 0