Climate - Greeconomy https://greeconomy.com Economy with environment Thu, 12 Mar 2026 03:22:11 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Climate - Greeconomy https://greeconomy.com 32 32 मौसम सुधार हुन अझै २ दिन लाग्ने https://greeconomy.com/climate-will-remain-same-for-next-2-days/?utm_source=rss&utm_medium=rss&utm_campaign=climate-will-remain-same-for-next-2-days https://greeconomy.com/climate-will-remain-same-for-next-2-days/#respond Thu, 12 Mar 2026 03:21:44 +0000 https://greeconomy.com/?p=11116 काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका धेरै भू-भागमा केही दिनदेखि तुवाँलोको प्रभाव देखिएको जनाएको छ। महाशाखाले  गरेको विशेष मौसम बुलेटिनमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली कायम रहनु, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्नु र तल्लो तहमा न्यून चापीय गतिविधि नबढ्नुका कारण पर्याप्त वर्षा हुन नसकेको उल्लेख गरेको छ। महाशाखाका […]

The post मौसम सुधार हुन अझै २ दिन लाग्ने first appeared on Greeconomy.

]]>
काठमाडौं :

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका धेरै भू-भागमा केही दिनदेखि तुवाँलोको प्रभाव देखिएको जनाएको छ। महाशाखाले  गरेको विशेष मौसम बुलेटिनमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली कायम रहनु, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्नु र तल्लो तहमा न्यून चापीय गतिविधि नबढ्नुका कारण पर्याप्त वर्षा हुन नसकेको उल्लेख गरेको छ।

महाशाखाका अनुसार वर्षा नहुँदा प्रदूषण वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएको छ, जसका कारण देशका धेरै स्थानमा तुवाँलो लागेको अवस्था छ। विभागले हालको मौसमी अवस्थाका कारण वायुमण्डलीय दृश्यता प्रभावित भएको जनाएको छ।

बुलेटिनमा आइतबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्न सक्ने र देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। यसले क्रमिक रूपमा मौसममा केही सुधार आउन सक्ने महाशाखाको अनुमान छ।

विभागले तुवाँलोका कारण स्वास्थ्य तथा दैनिक जीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिन तथा आधिकारिक सूचना हेर्न आग्रह गरिएको छ।

The post मौसम सुधार हुन अझै २ दिन लाग्ने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/climate-will-remain-same-for-next-2-days/feed/ 0
वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण https://greeconomy.com/world-bank-loan-for-air-pollution-control/?utm_source=rss&utm_medium=rss&utm_campaign=world-bank-loan-for-air-pollution-control https://greeconomy.com/world-bank-loan-for-air-pollution-control/#respond Wed, 11 Mar 2026 05:46:28 +0000 https://greeconomy.com/?p=11107 काठमाडौँ :  विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर सुधार गर्न करिब रु ७ अर्ब ७ करोड २० लाख बराबरको ऋण सहायता स्वीकृत गरेको छ। वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयका अनुसार उक्त रकम ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि अनुमोदन गरिएको हो। परियोजना विशेषगरी वायु प्रदूषणको उच्च जोखिम रहेका काठमाडौँ […]

The post वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण first appeared on Greeconomy.

]]>
काठमाडौँ : 

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर सुधार गर्न करिब रु ७ अर्ब ७ करोड २० लाख बराबरको ऋण सहायता स्वीकृत गरेको छ।

वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयका अनुसार उक्त रकम ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि अनुमोदन गरिएको हो। परियोजना विशेषगरी वायु प्रदूषणको उच्च जोखिम रहेका काठमाडौँ उपत्यका तथा तराईका केही क्षेत्रलाई लक्षित गरेर कार्यान्वयन गरिनेछ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने योजना रहेको छ। उद्योग तथा व्यवसायबाट उत्सर्जन हुने धुवाँ र प्रदूषण कम गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग प्रवर्द्धन गर्ने लक्ष्य परियोजनाले राखेको विश्व बैंकले जनाएको छ ।

उक्त परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभागमार्फत कार्यान्वयन गरिनेछ। विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा परियोजनाले शहरी तथा औद्योगिक क्षेत्रमा वायु प्रदूषण नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

The post वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण first appeared on Greeconomy.

]]>
https://greeconomy.com/world-bank-loan-for-air-pollution-control/feed/ 0
काठमाडौंमा वायुको गुणस्तर निकै खराब https://greeconomy.com/ktm-air-quality-worshening/?utm_source=rss&utm_medium=rss&utm_campaign=ktm-air-quality-worshening https://greeconomy.com/ktm-air-quality-worshening/#respond Tue, 10 Mar 2026 04:40:58 +0000 https://greeconomy.com/?p=11105 काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै […]

The post काठमाडौंमा वायुको गुणस्तर निकै खराब first appeared on Greeconomy.

]]>

काठमाडौं ।

काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् । दिल्ली र ढाका दुवैमा वायु प्रदूषण निकै अस्वस्थको तह पार गरेका छन् ।

प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।

उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

#ResultWithOK

The post काठमाडौंमा वायुको गुणस्तर निकै खराब first appeared on Greeconomy.

]]>
https://greeconomy.com/ktm-air-quality-worshening/feed/ 0
केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना https://greeconomy.com/wether-update-nine-march/?utm_source=rss&utm_medium=rss&utm_campaign=wether-update-nine-march https://greeconomy.com/wether-update-nine-march/#respond Mon, 09 Mar 2026 04:51:16 +0000 https://greeconomy.com/?p=11088 काठमाडौँ, : देशका विभिन्न प्रदेशमा आज बदली भई केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको आंशिक प्रभाव र पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सामान्यतया बदली […]

The post केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना first appeared on Greeconomy.

]]>
काठमाडौँ, : देशका विभिन्न प्रदेशमा आज बदली भई केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको आंशिक प्रभाव र पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि सामान्यतया बदली रहने मौसमविद्ले जनाएका छन्। देशका अन्य भू–भागमा भने आंशिक बदली रहने सम्भावना छ।

यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि बदली रहने सम्भावना रहेको छ भने देशका अन्य स्थानमा आंशिक बदली रहनेछ।

राति गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

विभागले बदली र वर्षाको सम्भावना भएकाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

The post केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना first appeared on Greeconomy.

]]>
https://greeconomy.com/wether-update-nine-march/feed/ 0
जलवायु विपतले महिलालाई थप चुनौति https://greeconomy.com/climate-indused-disastor-affects-more-to-women/?utm_source=rss&utm_medium=rss&utm_campaign=climate-indused-disastor-affects-more-to-women https://greeconomy.com/climate-indused-disastor-affects-more-to-women/#respond Fri, 20 Feb 2026 12:10:53 +0000 https://greeconomy.com/?p=11007 काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ । राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताइन् […]

The post जलवायु विपतले महिलालाई थप चुनौति first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको असर महिलामाथि बढी परिरहेको बताएकी छन् । खासगरी जलवायु जन्य विपतमा यस्तो असर अधिक हुने उनको भनाइ छ ।

राजधानीमा आयोजित पर्यटन सम्बन्धी एक कार्यक्रममा मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताइन् ।

पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने भएकाले पनि विपतले उनीहरु बढी प्रभावित हुने गरेको उनको भनाइ थियो । होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले ‘रेजिलेन्ट फन्ड’ हरुपूर्वाधार विकासमा मात्र केन्द्रित रहेको र यसलाई लैङ्गििक रुपले समावेशी पनि उत्तरदायी बनाउन आवश्यक रहेको औल्याइन् ।

जलवायु परिवर्तनले बसाइसराइ बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको त्रिपक्षीय बोझ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।

The post जलवायु विपतले महिलालाई थप चुनौति first appeared on Greeconomy.

]]>
https://greeconomy.com/climate-indused-disastor-affects-more-to-women/feed/ 0
उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना https://greeconomy.com/weather-forcast/?utm_source=rss&utm_medium=rss&utm_campaign=weather-forcast https://greeconomy.com/weather-forcast/#respond Wed, 11 Feb 2026 03:57:44 +0000 https://greeconomy.com/?p=10959 काठमाडौँ: देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी […]

The post उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना first appeared on Greeconomy.

]]>
काठमाडौँ: देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकामा वायु प्रदूषण कायमै रहने जनाएको छ। प्रतिकूल मौसममा सुरक्षित रहन सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

The post उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना first appeared on Greeconomy.

]]>
https://greeconomy.com/weather-forcast/feed/ 0
छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च https://greeconomy.com/government-expenditure-on-sixmonth/?utm_source=rss&utm_medium=rss&utm_campaign=government-expenditure-on-sixmonth https://greeconomy.com/government-expenditure-on-sixmonth/#respond Fri, 30 Jan 2026 14:11:07 +0000 https://greeconomy.com/?p=10898 काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित प्रयास अघि बढाएको […]

The post छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च first appeared on Greeconomy.

]]>
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित प्रयास अघि बढाएको जनाएको छ ।

मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४६ दशमलव ०६ प्रतिशत बजेट खर्च भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७५ प्रतिशतले बढी हो । चालु आवका लागि सरकारले रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेकामा पुस मसान्तसम्म रू नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख खर्च भएको छ ।

चालु शीर्षकमा रू ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४० दशमलव ८२ प्रतिशत अर्थात् रू चार खर्ब ८२ अर्ब १० करोड ८० लाख र पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ११ दशमलव ६६ प्रतिशत अर्थात् रू ४७ अर्ब ५४ करोड ४० लाख खर्च भएको जनाइएको छ । गत आवको तुलनामा यस अवधिको कुल चालु खर्च तीन दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत खर्च चार दशमलव ८६ प्रतिशतले घटेको छ ।

यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च ५३ दशमलव २९ प्रतिशतले बढेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । विवरणअनुसार पुँजीगत खर्चमा कमजोर मात्र नभई राजस्व सङ्कलनमा पनि ठूलो चाप देखिएको छ ।

चालु आवका लागि सरकारले कुल रू १४ खर्ब ४० अर्बको राजस्व उठाउने लक्ष्य राखेको छ भने पुस मसान्तसम्ममा रू सात खर्ब ११ अर्ब २० करोड ७९ लाख राजस्व उठाउने भनिएको थियो, तर यस अवधिमा रू पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख बराबर मात्रै राजस्व उठेको छ ।

जुन लक्ष्यभन्दा रू एक खर्ब २९ अर्ब ८० करोड कम हो । यस्तै, बेरुजु फछ्र्यौटमा पनि अर्थ मन्त्रालय कमजोर देखिएको छ । मन्त्रालयको कुल रू एक खर्ब २५ अर्ब बेरुजु रहेकामा यस अवधिमा रू आठ अर्ब मात्र फर्छ्यौट भई रू एक खर्ब १७ अर्ब कायम भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

The post छ महिनामा सरकारको बजेट ४६.६ प्रतिशत खर्च first appeared on Greeconomy.

]]>
https://greeconomy.com/government-expenditure-on-sixmonth/feed/ 0
‘चन्द्र नहरको पुनर्निर्माण सम्पन्न https://greeconomy.com/reconstrruction-of-chandra-nahar-completed/?utm_source=rss&utm_medium=rss&utm_campaign=reconstrruction-of-chandra-nahar-completed https://greeconomy.com/reconstrruction-of-chandra-nahar-completed/#respond Wed, 28 Jan 2026 10:41:13 +0000 https://greeconomy.com/?p=10884 काठमाडौं ।   नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली चन्द्र नहरका ३२ प्रमुख संरचनाको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वी तराई सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाअन्तर्गत यी संरचना सुधार गरिएको हो । त्रियुगा नदीलाई स्रोत मानेर विसं १९७९ मा निर्माण सुरु भई विसं […]

The post ‘चन्द्र नहरको पुनर्निर्माण सम्पन्न first appeared on Greeconomy.

]]>
काठमाडौं ।   नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली चन्द्र नहरका ३२ प्रमुख संरचनाको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वी तराई सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाअन्तर्गत यी संरचना सुधार गरिएको हो ।

त्रियुगा नदीलाई स्रोत मानेर विसं १९७९ मा निर्माण सुरु भई विसं १९८४/८५ मा सम्पन्न भएको चन्द्र नहर प्रणालीबाट हाल करिब १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । यसबाट सप्तरीका करिब ३५ हजार कृषक परिवार लाभान्वित छन् ।

आज सप्तरीमा आयोजित कार्यक्रममा पुनर्निर्मित संरचना जाइकाले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले ऐतिहासिक चन्द्र नहरको संरक्षण र कार्यक्षमता अभिवृद्धिमा सहयोग पु-याएकामा जापान सरकारलाई धन्यवाद दिए ।

उनका अनुसार पुनर्निर्माणपछि नहर सञ्चालन सहज भएको, पानी चुहावट नियन्त्रण भएको र पुच्छार क्षेत्रसम्म नियमित रूपमा पानी पुग्न थालेको छ । यसले धान र गहुँ उत्पादनमा प्रत्यक्ष लाभ पुगेको किसानहरूको अनुभव रहेको छ ।

The post ‘चन्द्र नहरको पुनर्निर्माण सम्पन्न first appeared on Greeconomy.

]]>
https://greeconomy.com/reconstrruction-of-chandra-nahar-completed/feed/ 0
हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन https://greeconomy.com/summit-on-green-economy/?utm_source=rss&utm_medium=rss&utm_campaign=summit-on-green-economy https://greeconomy.com/summit-on-green-economy/#respond Mon, 26 Jan 2026 13:15:10 +0000 https://greeconomy.com/?p=10861 काठमाडौं  : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। ‘स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण’ नाम दिइएको सम्मेलनले स्वच्छ ऊर्जाको कार्यान्वयनमार्फत नेपालको अर्थतन्त्रलाई न्यून कार्बनतर्फ लैजाने व्यावहारिक उपायमा केन्द्रित हुने आयोजकले जनाएको छ। यो […]

The post हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन first appeared on Greeconomy.

]]>
काठमाडौं  : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ।

‘स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण’ नाम दिइएको सम्मेलनले स्वच्छ ऊर्जाको कार्यान्वयनमार्फत नेपालको अर्थतन्त्रलाई न्यून कार्बनतर्फ लैजाने व्यावहारिक उपायमा केन्द्रित हुने आयोजकले जनाएको छ। यो सम्मेलन गत वर्ष सम्पन्न उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी राष्ट्रिय सम्मेलनको निरन्तरता हो।

सम्मेलनको उद्घाटन ऊर्जामन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यतामा हुने छ। उद्घाटन सत्रमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” सम्बन्धी प्रस्तुति, दिगो ऊर्जा च्यालेन्ज फण्ड सम्बन्धी पुस्तक विमोचन तथा सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूका मन्तव्य समेटिने छन्।

कार्यक्रमको दोस्रो चरणमा तीनवटा प्राविधिक सत्र सञ्चालन गरिनेछन्। ती सत्रहरूमा स्वच्छ ऊर्जा र कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत डिकार्बनाइजेसन,
तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ–मोबिलिटी) मा लगानी जस्ता विषयमा छलफल हुने आज केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा जारी दिइयाे ।

The post हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/summit-on-green-economy/feed/ 0
हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात https://greeconomy.com/snow-fall-at-jumla-huml/?utm_source=rss&utm_medium=rss&utm_campaign=snow-fall-at-jumla-huml https://greeconomy.com/snow-fall-at-jumla-huml/#respond Sat, 24 Jan 2026 04:54:01 +0000 https://greeconomy.com/?p=10842 काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ । हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् । हिमपातले जनजीवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा […]

The post हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात first appeared on Greeconomy.

]]>
काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ ।

हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् । हिमपातले जनजीवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

यस्तै मुस्ताङको सदरमुकाम जोमसोम आसपासका हिमपातपछि सेताम्मे भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित ठिनी गाउँ, मार्फा, स्याङ, कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत हिउँ परेको छ ।

यस्तै जुम्ला सदरमुकाम खलङ्गा बजारमा पनि हिमपात भएको छ । हिमपात भएसँगै खेती सप्रने भएपछि यहाँका किसान खुसी भएका छन् ।

 

The post हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात first appeared on Greeconomy.

]]>
https://greeconomy.com/snow-fall-at-jumla-huml/feed/ 0