Air - Greeconomy https://greeconomy.com Economy with environment Sat, 24 Jan 2026 04:54:01 +0000 en-US hourly 1 https://greeconomy.com/wp-content/uploads/2021/03/cropped-Screen-Shot-2022-06-04-at-13.23.21-32x32.png Air - Greeconomy https://greeconomy.com 32 32 हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात https://greeconomy.com/snow-fall-at-jumla-huml/?utm_source=rss&utm_medium=rss&utm_campaign=snow-fall-at-jumla-huml https://greeconomy.com/snow-fall-at-jumla-huml/#respond Sat, 24 Jan 2026 04:54:01 +0000 https://greeconomy.com/?p=10842 काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ । हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् । हिमपातले जनजीवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा […]

The post हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात first appeared on Greeconomy.

]]>
काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ ।

हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् । हिमपातले जनजीवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

यस्तै मुस्ताङको सदरमुकाम जोमसोम आसपासका हिमपातपछि सेताम्मे भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित ठिनी गाउँ, मार्फा, स्याङ, कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत हिउँ परेको छ ।

यस्तै जुम्ला सदरमुकाम खलङ्गा बजारमा पनि हिमपात भएको छ । हिमपात भएसँगै खेती सप्रने भएपछि यहाँका किसान खुसी भएका छन् ।

 

The post हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात first appeared on Greeconomy.

]]>
https://greeconomy.com/snow-fall-at-jumla-huml/feed/ 0
तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो https://greeconomy.com/fug-declared-in-taria/?utm_source=rss&utm_medium=rss&utm_campaign=fug-declared-in-taria https://greeconomy.com/fug-declared-in-taria/#respond Mon, 29 Dec 2025 04:26:31 +0000 https://greeconomy.com/?p=10734 काठमाडौं : देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको २०८२ पुष १४ गते सोमबार बिहान ८ बजे जारी आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ । सबै प्रदेशका तराई क्षेत्रहरूमा मध्यान्हको समयसम्म हुस्सु/कुहिरो लाग्ने देखिएको […]

The post तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो first appeared on Greeconomy.

]]>
काठमाडौं :

देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको २०८२ पुष १४ गते सोमबार बिहान ८ बजे जारी आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ ।

सबै प्रदेशका तराई क्षेत्रहरूमा मध्यान्हको समयसम्म हुस्सु/कुहिरो लाग्ने देखिएको छ । यस्तै, देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लागिरहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

The post तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/fug-declared-in-taria/feed/ 0
कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो https://greeconomy.com/carbon-trade-regulation-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=carbon-trade-regulation-nepal https://greeconomy.com/carbon-trade-regulation-nepal/#respond Thu, 11 Dec 2025 05:20:18 +0000 https://greeconomy.com/?p=10645 काठमाडौँ। निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूaनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकामा अब सबै  क्षेत्रलाई कार्बन व्यापारमा सूचीकृत गर्न सकिने भएको छ […]

The post कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो first appeared on Greeconomy.

]]>

काठमाडौँ।

निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूaनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो ।

नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकामा अब सबै  क्षेत्रलाई कार्बन व्यापारमा सूचीकृत गर्न सकिने भएको छ ।

मन्त्रीपरिषद्को मङ्सिर १५ गतेको बैठकले कार्बन व्यापारसम्बन्धी नियमावली अनुमोदन गरेको थियो । नियमावली स्वीकृत भएसँगै अब कार्बन सञ्चितमा योगदान पु¥याउने निजी क्षेत्र तथा गैरसरकारी संस्थाका परियोजनासमेत समेट्न सकिने भएको छ ।

नयाँ नियमावली आएसँगै नेपालले अब पेरिस सम्झौताको दफा ६ बमोजिम दुई देशबिच समझदारी गरेर वा खुला प्रतिस्पर्धा वा गैरबजारमुखी विधिबाट पनि कार्बन व्यापार गर्न पाइने भएको छ । कार्बन व्यापार सङ्घीय मात्र नभई प्रदेश तथा स्थानीय सरकारले पनि गर्न पाउने भएका छन् ।

नेपालमा कार्बन उत्सर्जन गर्ने गतिविधिलाई वातावरणमैत्री बनाउँदै कार्बन उत्सर्जन न्यूनीकरण र त्यो न्यूनीकरण गरिएको परिमाणलाई कार्बन उत्सर्जक मुलुकले गणना गर्न पाउने गरी बिव्रmी गर्ने कार्य कार्बन व्यापार हो । खास गरी औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जन न्यूनीकरणको प्रतिबद्धता आफँैले पूरा गर्न ठुलो मूल्य चुकाउनुपर्ने भएपछि नेपाल जस्ता कार्बन उत्सर्जन न्यूनीकरण सम्भावी मुलुकमार्पmत भएको न्यूनीकरणलाई खरिद गर्ने व्यवस्था सन् २००५ मा पारित क्योटो प्रोटोकलमा उल्लेख छ ।

पारित नियमावली अनुसार कार्बन व्यापारका लागि उपयुक्त आयोजना भएमा नेपाल सरकारमार्फत पनि गर्न सकिने भएको छ । कार्बनको मूल्य निर्धारण क्रेता राष्ट्रसँग सम्झौता भएको भए सोही सम्झौतामा निर्धारित मूल्य अनुसार तथा दुईपक्षीय समझदारीका आधारमा पनि हुने तय भएको छ ।

वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार नियमावली पारित भएसँगै नेपालको जलविद्युत्, वनक्षेत्र, वैकल्पिक ऊर्जा, कृषिक्षेत्र जस्ता बृहत् क्षेत्रलाई अब कार्बन व्यापारमा समावेश गर्न सकिने भएको छ ।

“हामीले पहिलो पटक नियमावली ल्याएर कार्बन व्यापारलाई विदेशी मुद्रा आर्जनको स्रोत बनाउन सक्ने अवस्था आएको छ,” उनले भने, “अब यो विषयमा निजी क्षेत्र ऊर्जा उत्पादक गैरसरकारीलगायत सरोकारावालासँग  बसेर यसको प्रभावकारी कार्यान्वयन सिर्जना गर्ने छौँ ।”

The post कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो first appeared on Greeconomy.

]]>
https://greeconomy.com/carbon-trade-regulation-nepal/feed/ 0
हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना https://greeconomy.com/action-plan-prepared-for-cold-issue-nin-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=action-plan-prepared-for-cold-issue-nin-nepal https://greeconomy.com/action-plan-prepared-for-cold-issue-nin-nepal/#respond Tue, 18 Nov 2025 23:32:27 +0000 https://greeconomy.com/?p=10447 काठमाडौं: सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपात र तराई–मधेसमा हुन सक्ने शीतलहरबाट सुरक्षा प्रदान गर्न राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको परामर्शपछि कार्ययोजनालाई अन्तिम रूप दिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार तयार गरिएको कार्ययोजनामा हिमाली तथा उच्च पहाडी २९ जिल्ला र तराई–मधेसका […]

The post हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना first appeared on Greeconomy.

]]>
काठमाडौं:

सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपात र तराई–मधेसमा हुन सक्ने शीतलहरबाट सुरक्षा प्रदान गर्न राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको परामर्शपछि कार्ययोजनालाई अन्तिम रूप दिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार तयार गरिएको कार्ययोजनामा हिमाली तथा उच्च पहाडी २९ जिल्ला र तराई–मधेसका २१ जिल्ला जोखिममा पर्ने उल्लेख छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शीतलहर र हिमपातको प्रभाव बढी हुने अनुमान गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टका अनुसार कार्ययोजना छिट्टै गृहमन्त्रीको अध्यक्षतामा पारित गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै आवश्यक राहत सामग्रीको अग्रिम व्यवस्था गर्ने प्रावधान कार्ययोजनामा समावेश छ ।

मंसिर १५ भित्र प्रभावित क्षेत्र र लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक गर्ने, पूर्वसूचना प्रणालीलाई सक्रिय बनाउने तथा हिमपात–शीतलहरले पार्न सक्ने प्रभाव न्यूनीकरणका कार्यहरू कार्ययोजनामा समेटिएका छन् ।

The post हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना first appeared on Greeconomy.

]]>
https://greeconomy.com/action-plan-prepared-for-cold-issue-nin-nepal/feed/ 0
आजदेखि मौसममा क्रमिक सुधार हुने https://greeconomy.com/weather-expected-to-improve-from-today/?utm_source=rss&utm_medium=rss&utm_campaign=weather-expected-to-improve-from-today https://greeconomy.com/weather-expected-to-improve-from-today/#respond Sat, 01 Nov 2025 03:21:10 +0000 https://greeconomy.com/?p=10252 काठमाडौं । बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेश, […]

The post आजदेखि मौसममा क्रमिक सुधार हुने first appeared on Greeconomy.

]]>
काठमाडौं ।

बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारततर्फ केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव आज रातिदेखि क्रमशः कमजोर हुँदै जाने र त्यसको असर कम भएसँगै मौसममा सुधार आउनेछ । साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहँदै आएको विभागले जनाएको छ ।

The post आजदेखि मौसममा क्रमिक सुधार हुने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/weather-expected-to-improve-from-today/feed/ 0
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध https://greeconomy.com/road-condition-disturbed-at-daunne/?utm_source=rss&utm_medium=rss&utm_campaign=road-condition-disturbed-at-daunne https://greeconomy.com/road-condition-disturbed-at-daunne/#respond Thu, 30 Oct 2025 05:35:05 +0000 https://greeconomy.com/?p=10228 बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनीले बताए । सूचना अधिकारी नेपालले भने, […]

The post नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध first appeared on Greeconomy.

]]>
बुटवल ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनीले बताए ।

सूचना अधिकारी नेपालले भने, ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।’ नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित भएको चक्रवातको प्रभाव परेको छ । खाडीमा विकसित भएको प्रणाली पूर्वबाट र अरब सागरको पश्चिम नेपालबाट प्रवेश गरेको छ । जस कारण देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा शुक्रबार भारी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ । ठूलो वर्षा हुने भएकोले सतर्कता अपनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

The post नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध first appeared on Greeconomy.

]]>
https://greeconomy.com/road-condition-disturbed-at-daunne/feed/ 0
बंगाली मोन्थाले नेपालमा हिमपात र वर्षा https://greeconomy.com/montha-cyclon-caused-rain-and-snowfall-in-nepal/?utm_source=rss&utm_medium=rss&utm_campaign=montha-cyclon-caused-rain-and-snowfall-in-nepal https://greeconomy.com/montha-cyclon-caused-rain-and-snowfall-in-nepal/#respond Thu, 30 Oct 2025 03:00:27 +0000 https://greeconomy.com/?p=10224 काठमाडौँ । आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेकाे बुलेटिनअनुसार आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का […]

The post बंगाली मोन्थाले नेपालमा हिमपात र वर्षा first appeared on Greeconomy.

]]>
काठमाडौँ ।

आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेकाे बुलेटिनअनुसार आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ।

भोलि दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा समेत वर्षा हुने पूर्वानुमान छ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात हुन सक्ने विभागले जनाएको छ।

मौसमी विश्लेषणअनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ। विभागले आगामी केही दिन पहाडी तथा हिमाली क्षेत्रमा यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

The post बंगाली मोन्थाले नेपालमा हिमपात र वर्षा first appeared on Greeconomy.

]]>
https://greeconomy.com/montha-cyclon-caused-rain-and-snowfall-in-nepal/feed/ 0
तीन प्रदेशमा मध्यम हिमपातको आँकलन https://greeconomy.com/snowfall-predicted-at-three-porvience/?utm_source=rss&utm_medium=rss&utm_campaign=snowfall-predicted-at-three-porvience https://greeconomy.com/snowfall-predicted-at-three-porvience/#respond Wed, 29 Oct 2025 05:09:15 +0000 https://greeconomy.com/?p=10212 काठमाडौं आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात पनि हुन सक्ने छ । विभागको सूचना अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा […]

The post तीन प्रदेशमा मध्यम हिमपातको आँकलन first appeared on Greeconomy.

]]>
काठमाडौं

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात पनि हुन सक्ने छ ।

विभागको सूचना अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा ती नदीका सहायक धारामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने स–साना नदीनालामा पनि आकस्मिक बहाव हुने सम्भावना रहेको विभागले जनाएको छ ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली; मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी; र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम उच्च रहने उल्लेख छ ।

विभागका अनुसार सम्भावित वर्षा र हिमपातका कारण नदी–नालामा आकस्मिक बहाव, पहिरो लगायतका जोखिम बढ्न सक्ने र दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि तथा पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेश तर्फ अगाडि बढिरहेको छ । उक्त चक्रवात भारतमा प्रवेश गरेपछि यसको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रको रूपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।

The post तीन प्रदेशमा मध्यम हिमपातको आँकलन first appeared on Greeconomy.

]]>
https://greeconomy.com/snowfall-predicted-at-three-porvience/feed/ 0
आज र भोली मौसम प्रतिकुल रहने https://greeconomy.com/rain-and-snowfall-forcasted-for-two-days/?utm_source=rss&utm_medium=rss&utm_campaign=rain-and-snowfall-forcasted-for-two-days https://greeconomy.com/rain-and-snowfall-forcasted-for-two-days/#respond Tue, 28 Oct 2025 03:17:11 +0000 https://greeconomy.com/?p=10187 काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम विज्ञान […]

The post आज र भोली मौसम प्रतिकुल रहने first appeared on Greeconomy.

]]>
काठमाडौं ।

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।

२०८२ कात्तिक ११ गते

दिउँसो: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा–हिमपातको पनि सम्भावना रहेको छ ।

राति: बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षारहिमपातको पनि सम्भावना रहेको छ ।

२०८२ कात्तिक १२ गते

दिउँसो : कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

मौसमविदहरुका अनुसार विहीबारदेखि फेरि बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना छ । यसको प्रभाव नेपालको मध्य भागदेखि पूर्वी भागसम्म पर्ने पूर्वानुमान छ ।

The post आज र भोली मौसम प्रतिकुल रहने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/rain-and-snowfall-forcasted-for-two-days/feed/ 0
देशभर साधरणतया बदली रहने https://greeconomy.com/%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%b0%e0%a4%a3%e0%a4%a4%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a6%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%b9%e0%a4%a8%e0%a5%87/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a5%2587%25e0%25a4%25b6%25e0%25a4%25ad%25e0%25a4%25b0-%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25a7%25e0%25a4%25b0%25e0%25a4%25a3%25e0%25a4%25a4%25e0%25a4%25af%25e0%25a4%25be-%25e0%25a4%25ac%25e0%25a4%25a6%25e0%25a4%25b2%25e0%25a5%2580-%25e0%25a4%25b0%25e0%25a4%25b9%25e0%25a4%25a8%25e0%25a5%2587 https://greeconomy.com/%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%b0%e0%a4%a3%e0%a4%a4%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a6%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%b9%e0%a4%a8%e0%a5%87/#respond Thu, 18 Sep 2025 03:31:19 +0000 https://greeconomy.com/?p=9838 काठमाडौँ,। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी […]

The post देशभर साधरणतया बदली रहने first appeared on Greeconomy.

]]>

काठमाडौँ,। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

The post देशभर साधरणतया बदली रहने first appeared on Greeconomy.

]]>
https://greeconomy.com/%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%b0%e0%a4%a3%e0%a4%a4%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a6%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%b9%e0%a4%a8%e0%a5%87/feed/ 0